‘कान्छी’को गीतलाई २४ घण्टामै ४ लाख भन्दा धेरै पटक हेरियो

ENGLISH

ENTERTAINMENT

‘कान्छी’को गीतलाई २४ घण्टामै ४ लाख भन्दा धेरै पटक हेरियो

4 November, 2017 | Kunjar Bhattarai | 1545 Views | comments

माघ २६ गतेबाट रिलिज हुने चलचित्र‘कान्छी’ को ‘चरी चट्ट परी भुरुरु’ बोलको गीतलाई युटुबमा २४ घन्टामै ४ लाख भन्दा धेरै पटक हेरिएको छ । युटुबमा कुनै चलचित्रको गीत २४ घन्टामा सर्वाधिक हेरिएको रेकर्ड अब ‘कान्छी’ले राखेको छ ।

आजभोली गीतसंगीतको सफलताको मापन  युटुबबाट गरिन्छ । कुन गीत कती चल्यो भन्ने जान्न युटुबमा पाएको दर्शकको संख्यालाई आधार बनाइन्छ । यही आधारमा  चलचित्रमा समावेश लोक लयको  गीतले युुटुबमा रेकर्ड राखेको छ ।

चलचित्रको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । यस्तै यो गीतमा अन्जु पन्त र राजनराजको स्वर सुन्न सकिन्छ। आकाश अधिकारीले निर्देशन गरेको यस चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ, निर शाह, अनु शाह, प्रज्वल सुजल गिरी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो गीतलाई दर्शकले मन पराइदिनु भएको भन्दै नायिका तथा निर्मात्री स्वेता खड्का उत्साहित छिन् । उनले भनिन्–‘हामीले यो गीतबाट धेरै आशा राखेका थियौ, दर्शकले सोही अनुसारको माया दिनुभएको छ । चलचित्रले पनि उहाँहरुलाई निराश बनाउने छैन ।’ यो समाचार तयार पार्दासम्म यो गीतलाई युटुबमा छ लाख ९ हजार भन्दा बढी पटक हेरिएको छ ।

दयाहाङ र श्वेताको ‘कान्छी’को पहिलो गीत सार्वजनिक

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK