कानुनमा फेल भएका माग्ने बुढा,दर्शकको नजरमा सधै पास

ENGLISH

ENTERTAINMENT

कानुनमा फेल भएका माग्ने बुढा,दर्शकको नजरमा सधै पास

3 May, 2017 | Bhawana Pathak | 700 Views | comments

कलाकार केदार घिमिरे यतिबेला सिनेमा ‘छक्का पञ्जा–२’ को छायांकनमा व्यस्त छन् । पहिलो सिनेमा ‘छक्का पञ्जा’मा केसीको भूमिकामा उनलाई दर्शकले खुबै रुचाएका थिए । दर्शकले उनलाई सिक्वेलमा पनि यस्तै चाखलाग्दो भूमिकामा देख्न पाउने कुरा पक्का छ ।

सिरियलबाट अभिनयको थालनी गरेका उनी अहिले सिने कलाकारको रुपमा पनि स्थापित भईसकेका छन् । कानुन विषयमा अध्ययन गर्नको लागि ०५० सालमा काठमाण्डौ आएका केदारले एक सफल कलाकार हुनुभन्दा पहिले धेरै थरि काम गरेका छन् । काठमाण्डौमा टिक्नको लागि उनले जिरा र धनियाँको धूलो मात्रै बेचेनन् लगनखेलको बाटोमा कपडा पनि बेचे ।

कानुन पढेर ठूलो मान्छे बन्ने अनि देशको सेवा गर्ने सपना देखेका उनी काठमाण्डौ आएर ठूलो मान्छे त भए तर एक कमेडि कलाकारको रुपमा । कानुनमा उनले राम्रो गर्न सकेनन् तर कलाकारितामा भने उनलाई जो कोहीले उछिन्न गाह्रै पर्छ । आज हामीले केदारले अध्ययन गर्ने समयमा घटेका दुई चाखलाग्दा क्षणलाई यहाँ समेटेका छौँ ।

१ नम्बर नपुगेर एस एल सीमा फेल केदारलाई मनपर्ने विषय नेपाली हो । उनी स्कुले जीवन देखि नै कविताहरु पनि लेख्थे । तर उनी त्यही विषयमा एक नम्बर नपुगेका कारण एस एल सीमा फेल भए । उनलाई आफू नेपालीका कारण एस एल सी फेल भएको पत्यारै लागेन । उनी, यो हुनै सक्दैन ! आफूलाई मनपर्ने विषय नेपाली तर त्यही विषयमा फेल हुँदा साहित्यकारको बेईज्जत भयो भन्दै सिधै विद्यालय हेडमास्टरकहाँ पुगे ।

उनले त्यहाँ पुगेर आफू नेपालीमा फेल हुन नसक्ने र जाँचमा पनि राम्रो गरेको उल्लेख गर्दै निवेदन पेश गरेपछि परीक्षा नियन्त्रण कार्यालय जान अनुरोध गरियो । उनी परीक्षा नियन्त्रण कार्यालयमा पुगे र जाँचको कपी फेरि जाँच्न लगाए । हुन पनि उनी पास भएका रहेछन् । उनको नेपालीमा ३८ नम्बर आएको रहेछ । अन्ततः केदार एस एल सी पास भए ।

देशको सेवा गर्न कानुन पढे तर भए फेल परिक्षाकापी फेरि जाँच गराउँदा उनको समय खेर गएको थियो । त्यस बखतसम्म सँगैका साथीहरु कलेज जान थालिसकेका थिए । उनलाई चाहि कुन विषय पढ्ने भन्ने नै थाहा थिएन । यहि क्रममा एक पटक सँगैकी साथी बोर्ड टपर गरीमा रानाको अन्र्तवार्तामा हेरेपछि उनलाई कानुन विषय पढ्ने भूत चढ्यो ।

गरीमाले उक्त अन्र्तवार्तामा आफू कानुन विषय पढेर देशको सेवा गर्न चाहने कुरा व्यक्त गरेकी थिईन् । त्यहि कारण केदारलाई पनि कानुनमा रुची बढ्न थाल्यो । उनको त्यो उमेरमा जे देख्यो त्यहि बन्न मन लाग्थ्यो ।

तर त्यतिबेलासम्म नेपाल ल क्याम्पसमा भर्ना गर्ने म्याद सकिएको थियो । त्यस कारण केदारले काठमाण्डौ बहुमुखी क्याम्पसमा पढ्ने योजना बनाए । तर उचित स्रोत र साधनको कमी भएका कारण उनले कानुनमा राम्रो गर्न सकेनन् । दोस्रो वर्षमा उनी फेल भए । अनि उनले कानुन पढ्नै छाडिदिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK