काठमाडौँमा थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल हुँदै

ENGLISH

BUSINESS

काठमाडौँमा थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल हुँदै

28 September, 2016 | Sandeep Bhattarai | 1610 Views | comments

सायाम लंचंग बैंककको आयोजनामा असोज १४ देखि १८ गतेसम्म यहाँ थाइल्यान्ड – नेपाल मैत्री दसैँ फेस्टिबल हुने भएको छ ।

थाइल्यान्ड - नेपाल मैत्री दसैँ फेस्टिबल हुने

मङ्गलबार यहाँ अयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार त्यस फेस्टिबलमा थाइल्यान्डका ४० र बङ्गलादेशका ३० स्टलसहित कुल १५० भन्दा बढी व्यापारिक प्रतिष्ठानको निर्माण सामग्री, तयारी पोसाक, प्लास्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्यपदार्थ र छालाजन्य उत्पादन बिक्री–वितरण गरिनेछ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल अधिराज्यका लागि थाइल्यान्डका राजदूत भुटृी भुटिसान्तले यस मेलाबाट नेपाल र थाइल्यान्डबीचको मैत्री सम्बन्ध विकास गर्न सहयोग पुग्नुका साथै अल्पविकसित मुलुक नेपालले उत्पादन गर्न नसकेका उच्च गुणस्तरका सामान नेपाली गृहिणीसम्म पु-याउन पाउँदा सन्तोष लागेको बताउनुभयो ।

थाइल्यान्ड–नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अजयकुमार मुडभरीले थाइल्यान्डमा नेपाली वस्तु निर्यात गर्न चाहने व्यवसायीलाई प्रोत्साहन गर्न पनि यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

ललितपुर चेम्बर्स अफ कमर्सका अध्यक्ष सबिन श्रेष्ठले नेपाललाई सस्तो सामान डम्पिङ गर्ने मुलुकको सूचीमा राख्न यो फेस्टिबल गर्न लागेको होइन भन्दै उत्कृष्ट तथा उच्च गुणस्तरका सामान उत्पादन गर्दै आएको थाइल्यान्डका सामान नेपाली उपभोक्तामाझ पु¥याउने उद्देश्य फेस्टिबलको रहेको बताउनुभयो ।

थाई एअरवेजका महाप्रबन्धक पेरापोङ्ग जुत्तागानोनले थाइल्यान्डको थाई एअरवेजले नेपालमा सन् १९६८ देखि हवाईसेवा सञ्चालन गर्दै आएको जानकारी दिँदै सुरक्षा र प्रविधिको दृष्टिले उच्चस्तरको थाई एअरवेजले आगामी दिनमा पनि नेपाली पर्यटक थाइल्यान्डमा भित्र्याउन निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपालका लागि थाई अधिराज्यको राजदूतावास, थाईल्यान्ड नेपाल चेम्बर अफ कमर्स तथा ललितपुर उद्योग वाणिज्य सङ्घको विशेष सहयोगमा सो मेला हुन लागेको हो ।

नेपाल– बैँकक फेस्टिवल’ काठमाडौँमा हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK