काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खस्यो- ११को मृत्यु (अपडेट)

ENGLISH

काठमाडौँतर्फ आउँदै गरेको बस त्रिशुली नदीमा खस्यो- ११को मृत्यु (अपडेट)

28 October, 2017 | Bipin Acharya | 1310 Views | comments

राजविराजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान ५ बजेतिर त्रिशूली नदीमा खसेर हराएको छ ।

खचाखच यात्रु लिएर आएको बस गजुरी गाउँपालिकाअन्तर्गत घाटबेँसीको मोडबाट त्रिशूली नदीमा खसेर हराएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले बताउनुभयो ।

बिहान अँध्यारामै गाडी नदीमा परेपछि गाडीको झ्यालबाट नदीमा परेका १३ घाइते यात्रुलाई स्थानीयवासी र प्रहरीले उद्धार गरी गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी अस्पतालमा उपचारका लागि पु¥याएका छन् । गाडीबाट पानीमा झरेका दुई जना पौडी खेलेर बाहिर निस्किएपछि सम्पर्कविहीन भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिनुभयो ।

घाटबेँसीको बाङ्गेस्थित दुर्घटना भएको सो स्थानमा त्रिशूली नदी सडक किनार छेउमा आएको र बाटो घुमाउरो भएकाले रात्रि बसले धेरै गतिका कारण नियन्त्रणमा लिन नसकेर नदीमा परेको हो । गाडीमा भएका यात्रु र तिनको अवस्थाका बारेमा जानकारी हुन सकेको छैन । प्रहरीले गाडीको नंसमेत नखुलेको जनाएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोलको ‘कृ’सँग जुध्ने भयो ‘प्याडम्यान’

जनवरी २५ मा ‘पद्मावत’ आउने भएपछि अक्षय कुमार अभिनित...

ओमविक्रम

अमेरिकामा गायक विष्टको सहयोगार्थ सांगीतिक कार्यक्रम

वरिष्ठ पप गायक ओमविक्रम विष्टको स्वास्थ्योपचारका लागि आर्थिक सहयोग...

थानेश्वर

यसरी हस्तान्तरण गरियो सरकारलाई थानेश्वरलाई बचाउन संकलित रकम(भिडियो सहित)

वैदेशिक रोजगारको क्रममा परिबन्धले साउदी अरेवीयाको जेलमा बन्दीको जीवन...

जहाँ बहुविवाह नगरे जेल जानुपर्छ

इरिट्रिया -संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK