कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी

ENGLISH

POLITICS

कागेश्वरी मनोहरामा काँग्रेसको अग्रता, वडा नं ७ मा समूह विजयी

21 May, 2017 | Bhawana Pathak | 710 Views | comments

कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसको अग्रता छ ।

प्रमुखमा काँग्रेसका उपेन्द्र कार्कीले छ हजार ५६२ र एमालेका कृष्णहरि थापाले पाँच हजार ७८७ मत पाउनुभएको निर्वाचन अधिकृत प्रकाश कोइरालाले राससलाई जानकारी दिनुभयो । नेकपा (माओवादी केन्द्र) का महेश्वर फुयालले दुई हजार २१४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका शम्भु थापाले ६५२ मत ल्याउनुभएको छ ।

उपप्रमुखमा काँग्रेसकै अनिता अधिकारीले छ हजार २८४, एमालेका बिन्दु सिम्खडाले छ हजार १७१, माओवादीका रुकु रणपालले एक हजार ८०१ र राप्रपाका कुस्मा नगरकोटीले ८०९ मत पाउनुभएको छ ।

निर्वाचन कार्यालयले आइतबार दिउँसो वडा नं ७ को मतगणना सकेको छ । ७ नं वडामा अध्यक्षसहित पाँचवटै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । काँग्रेसका जीवन थापा एक हजार २९० मत ल्याई अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका शैलेन्द्र रायमाझीले ८६८ मत पाउनुभयो ।

यसैगरी महिला सदस्यमा शर्मिला कार्की, दलित महिला सदस्यमा शान्ता विशुङ्खे, खुल्ला सदस्यद्वयमा क्रमशः लक्ष्मण पुरी र सहदेव कार्की विजयी हुनुभएको छ । नौ वडा रहेको नगरपालिकामा आज रातिसम्म मतगणना सकी परिणाम सार्वजनिक गरिने निर्वाचन अधिकृत कोइरालाले बताउनुभयो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बैतडीको पाटनमा धानखेती

बैतडीको पाटनमा धानखेती

समयमै वर्षा भएकाले किसानले बैतडीको पाटनमा लगाएको धान खेती...

मृत्यु

वैदेशिक रोजगारमा मृत्यु हुनेको संख्या बढ्यो

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले अघिल्लो आवको तुलनामा गत वैदेशिक...

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK