कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले एमालेबारे अचानक लियो नसोचेको निर्णय

ENGLISH

POLITICS

कांग्रेससँग गठबन्धन गरेको माओवादी केन्द्रले एमालेबारे अचानक लियो नसोचेको निर्णय

1 September, 2017 | Kabi Adhikari | 2130 Views | comments

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले असोजमा हुन लागेको दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले बिहीबार काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा एमालेसँग तालमेल गर्न लागेको खुलासा गर्नु भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले रौतहट उद्योग वाणिज्य संघले गरेको कार्यक्रममा एमालेसँग तालमेल हुनसक्ने संकेत गरेलगत्तै  नेता रायमाझीले यस्तौ खुलासा गर्नुभएको हो ।

रौतहटमा सञ्चारकर्मीलाई जवाफ दिँदै प्रचण्डले भन्नुभएको थियो, ‘स्थानीय तह निर्वाचनमा कांग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल, राजपा र कुनैकुनै स्थानमा एमालेसँग गठबन्धन हुने कुरालाई नकार्न सकिँदैन ।’
कांग्रेससँग निकट रहेको माओवादी केन्द्रबाट एमालेसँग तालमेल गर्न भइरहेको प्रयास सतहमा आएपछि यसलाई नयाँ राजनीतिक कोर्षका रुपमा पनि व्याख्या गर्न थालिएको छ ।

‘हामी सबै दलसँग चुनावी तालमेल वा सहकार्य गर्न तयार छौं, यो विषयमा हामी चाँडै टुंगोमा पुग्छौं’, रायमाझीले भन्नुभयो, ‘चुनावी तालमेलका लागि सबैसँग खुल्ला छलफल गर्छौँ, यदि सहमति नभएमा एक्लै पनि चुनाव लड्ने तयारीमा छौँ ।’

रायमाझीले अहिले नै तालमेल गर्ने पार्टीको टुंगो भइनसकेको बताउँदै सबै पार्टीसँग गम्भीर छलफल भइरहेको बताउनुभयो । ‘सबै पार्टी हाम्रा लागि प्राथमिकतामा छन्’, रायमाझीले थप्नुभयो, ‘एमालेसँग पनि हामी तालमेल गर्छौं, सम्भावना छ ।’

‘माओवादीले जहिल्यै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण र निर्णायक भूमिका निर्वाह गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘मधेसी, आदिवासी, जनजाति, थारु, महिला सबैको अधिकारको लागि अन्तिम समयसम्म लड्ने पार्टी माओवादी हो, त्यही भएर मधेसमा माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको छ ।

माओवादी केन्द्रको आधार क्षेत्रमै बागी उम्मेदवार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK