काँग्रेस महामन्त्रीमा केसीको घोषणा

ENGLISH

POLITICS

काँग्रेस महामन्त्रीमा केसीको घोषणा

1 March, 2016 | Sandeep Bhattarai | 435 Views | comments

arjun-kcनेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले काँग्रेसको आसन्न १३औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मदेवारी घोषणा गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कार कार्यक्रममा नेता केसीले आफ्नो उम्मेदवारी वरिष्ठ नेता शेरबहादुर देउवाको समूहबाट हुने जानकारी दिँदै आफूले १८ वर्षसम्म संस्थापन समूहबाट न्याय नपाएपछि फरक समूहमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, “महामन्त्रीमा अरू जोसुकै मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन, यो अन्तिम निर्णय हो ।” देउवा समूहको औपचारिक घोषणा बुधबार हुने जनाइएको छ ।

उहाँले काँग्रेसमा व्याप्त विरासतको राजनीति, एकाधिकार र सानो झुन्डको हालिमुहाली तोड्न आफूले देउवा समूहबाट उम्मेदवारी दिन लागेको तर्क गर्दै संस्थापन पक्षका नाममा दुई÷चारजनाले सिङ्गो पार्टी कब्जा गर्न खोजेको आरोप लगाउनुभयो ।

लेखकको उम्मेदवारी केन्द्रीय सदस्यमा
काँग्रेसका युवा नेता रमेश लेखकले महाधिवेशनले सक्षम, सबल र गतिशील नेतृत्व चयन गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

महाधिवेशनमा खुलाबाट केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गर्नुभएका नेता लेखकले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आदर्श र सिद्धान्तमा होइन, पार्टी सञ्चालनको विधि र प्रक्रियामा नेताबीच अहिले केही मतभेद रहेको र काँग्रेसभित्र नै अहिले सहकार्य, सहमति र एकता कायम गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले संविधान लेखन र शान्तिप्रक्रियालाई निष्कर्षमा पु-याउन आफूले गरेको योगदानको कदर सबैबाट हुने विश्वास व्यक्त गर्नुुभयो ।

नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशनमा गुट संस्थागत नहुने गरी निर्वाचनमा जान नेता कार्यकर्ताले सुझाव दिएका छन् ।

देशको सबैभन्दा ठूलो पार्टीका रुपमा रहेको काँग्रेसमा गुटबन्दी बढ्दै जाँदा पार्टी कमजोर हुने भन्दै एकबद्ध भएर आउन उनीहरुले केन्द्रीय शीर्षनेतालाई आग्रह गरेका हुन् । क्षेत्र नं ४ चितवनका क्षेत्रीय सभापति सरिता केसीले भन्नुभयो–‘‘महाधिवेशनलाई कसरी एकताको बनाउने भन्नेतर्फ नेताहरु चिन्तित नभएको सन्देश बाहिर गएको छ ।’’

बर्दिया जिल्ला क्षेत्र ३ बाट महाधिवेशन प्रतिनिधिका रुपमा काठमाडौँ आउनुभएकी कालिकादेवी विष्टले नेताहरु गुट–उपगुटमा छुट्टिएर आउँदा आफूहरुलाई निकै अप्ठेरो पर्ने बताउनुभयो । छपन्न वर्षदेखि झापामा रही काँग्रेसको आस्थामा बस्नुभएका ७५ वर्षीय महाधिवेशन प्रतिनिधि जितबहादुर पुरीले देशको ठूलो पार्टीका हैसियतले देशप्रति पार्टीको ठूलो दायित्व बहन गर्नुपर्ने अवस्थामा आफ्नै पार्टीभित्र गुट–उपगुट चलाएर लडाइँ गर्नु उचित नभएको धारणा राख्नुभयो ।
कैलालीका प्रतिनिधि डा रणबहादुर रावलले भने पार्टीमा गुट–उपगुटलाई महत्व दिँदा मूल उद्देश्य ओझेलमा पर्छ कि भन्ने हो तर यसलाई स्वस्थ प्रतिस्पर्धाका रुपमा लिन सकेमा खासै ठूलो समस्या देखिँदैन भन्नुभयो ।

केन्द्रीय सदस्यका उम्मेदवार बन्न लाग्नुभएका मोहनबहादुर बस्नेत भने गुट र उपगुटमा धेरै देखिनु गलत भए पनि कुनै पनि दलमा मन मिल्नेहरुको समूह बन्नु अस्वाभाविक नभएको बताउनुहुन्छ । उहाँले भन्नुभयो—‘‘पार्टीलाई नै कमजोर बनाउने गरी गुट–उपगुटमा छुट्टिनु राम्रो होइन तर स्वस्थ प्रतिस्पर्धा गर्न समूहमा मिल्नु अनुचित होइन ।” काँग्रेसको आगामी महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘फेशन ट्रेड सिजन -२’ सम्पन्न

फेसियल हाउसको आयोजनामा ‘फेशन ट्रेड सिजन -२’ सम्पन्न भएको...

दुई वर्षदेखि साउदीको जेलमा रहेका दिलबहादुरलाई रिहा गर्न जुटे रोल्पाली

साउदी जेलमा रहेका रोल्पा नगरपालिका– १० का दिलबहादुर घर्तीको...

आशा तामाङ र दिपु गुल्मेलीको “पागल प्रेमी” सार्वजनिक (भिडियो सहित)

लोक तथा दोहोरी गायिका आशा तामाङ र गायक दिपु...

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK