कहिले पाउंछन् लाप्राकबासीले घरको साँचो ?

ENGLISH

कहिले पाउंछन् लाप्राकबासीले घरको साँचो ?

सन्दीप भट्टराई

30 December, 2017 | Sandeep Bhattarai | 5140 Views | comments

कहिले पाउंछन् लाप्राकबासीले घरको साँचो ?

२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भयो । ति मध्ये केहि स्थानमा मात्र पुन निर्माण कार्य संचालन भयो ।

भूकम्प गएको डेढ वर्ष भन्दा बढि भएपनि अहिले पुन निर्माणको कार्य भने १० प्रतिशत सम्म पनि भएको छैन । भूकम्प पीडित अहिले पनि चिसो टहरामा नै बस्न बाध्य भएका छन् । भूकम्पपछि नेपाली हाँस्यव्यंग्यका जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे(धुर्मुस सुन्तली) ले तीन एकीकृत बस्ती बनाए तर सरकारले भने कुनै पनि बस्ती बनाउन सकेको छैन । देश विदेशबाट आएको सहयोग अहिले राष्ट्रको ढुकुटीमा थन्किएको छ ।

त्यस्तैमा गैर आवासीय नेपाली संघ(एनआरएनए) ले विभिन्न क्षेत्रमा राहत तथा सहयोग वितरण गर्यो । यस्तैमा भूकम्पको केन्द्रबिन्दु गोरखाको लाप्राकबाट गैर आवासीय नेपाली संघ (एनआरएनए)ले भूकम्प पीडितहरुका लागि घर बनाइदिने अनुमति पायो । २०७३ साल बैशाख १२ गते गुप्सीपाखामा राष्ट्र पति विद्यादेवी भण्डारी, पुननिर्माण प्राधिकरणका तत्कालीन सिइओ गोविन्द पोखरेल, सहरी विकास मन्त्रालय र एनआरएनएका तत्कालीन अध्यक्ष घलेले घर बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

विनाशकारी भूकम्पले लाप्राक गाविसका सबै ५९२ घर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने २५ जनाको ज्यान गुमाएका थिए । भूकम्पले लाप्राकमा कुनै घर सङ्लो रहेन । सम्झौता मुताबिक एनआरएनएले सरकारी तथ्याङ्कको सूचीअनुसार गुप्सीपाखामा दुई वर्षभित्र ५७३ घर निर्माण गर्ने बताएको तियो । सो सम्झौतापछि प्रतिघर रु दुई लाख ५० हजार लागतमा नमुना एकीकृत बस्ती निर्माण गर्ने कार्यको प्रारम्भ भएको छ ।

प्रतिघर निर्माणमा जनही रु दुई लाख खर्च हुने र गाविस भौगोलिक विकट क्षेत्रमा भएकाले प्रतिघरको सामग्री ढुवानीमा रु ५० हजार खर्च हुने अनुमान एनआरएनएले गरेको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखाको लाप्राकस्थित नमुना बस्तीको शिलान्यास गर्दै बस्ति निर्माणको कार्यको शुभारम्म भएको थियो ।

लाप्राक पुनःनिर्माणको कामलाई गति दिन एनआरएनएका निवार्तमान अध्यक्ष शेष घले नेतृत्वको टोली गत पुस ११ गतेदेखि शुक्रबारसम्म लाप्राकस्थित गुप्सीपाखामा बसेका थिए । पुनःनिर्माणका लागि आवश्यक स्वयम्सेवक बस्ने आवास गृह, खानेपानीलगायत पूर्वाधार खडा गर्नका लागि पूर्व तयारी गर्न भन्दै घले गुप्सीमा बसेका थिए । गोरखाको लाप्राक गाउँमा एकीकृत नमूना वस्तीको काम चलिरहेको भए पनि यसको प्रगति सोचेजस्तो छैन ।

बस्ती निर्माणमा सहयोग गर्न झण्डै २० देशका ४० जना अन्तर्राष्ट्रिय स्वयंसेवी खटिरहेका छन् । एनआरएनको आव्हानमा विदेशमा रहेका तथा स्वदेशकै स्वयंसेवी युवा, नेपाली सेना तथा पीडितहरुको अथक मेहेनतले बस्ती ठडिने काम द्रुतगतिमा भैरहेको छ ।

एनआरएनको आव्हानमा विदेशमा रहेका तथा स्वदेशकै स्वयंसेवी युवा, नेपाली सेना तथा पीडितहरुको अथक मेहेनतले बस्ती ठडिने काम द्रुतगतिमा भैरहेको छ ।भूकम्प पीडित सात लाख परिवार सरकारी अनुदानमा घर बनाउने सपना देखेरै तीन वर्ष बिताइसकेका छन् । भूकम्प लगत्तै लाप्राकमा एकीकृत नमूना बस्ती बनाउने घोषणा गरेर तयारी थालेको एनआरएनएलाई घर बनाउने स्वीकृत लिनै दुई वर्षभन्दा बढी लाग्यो । संघले १० महिना अगाडि मात्रै लाप्राकमा एकीकृत नमुना वस्ती विकास गर्ने अनुमति पाएको थियो ।

अति दुर्गम र विकट लाप्राकमा घर बनाउने योजना सोचेजस्तो सजिलो नभएर पनि लक्ष्य अनुसार काम हुन सकेको छैन । तैपनि लाप्राकलाई मुलुककै नमुना वस्ती बनाउन अग्रसर लिएको एनआरएनले प्रति घर १२ लाख रुपैयाँ खर्च गरी यहाँ झण्डै ५७३ घरको नमुना वस्ती निर्माण गर्दैछ ।

नमुना वस्ती निर्माणमा नेपाली सेनाले पनि सहयोग गरिरहेको छ । जहाँ नेपाली सेनाले केही दक्ष निर्माणकर्मी खटाइदिएको छ । गएका ६ महिनामा गैरआवासीय नेपाली संघले जसरी युद्धस्तरमा घर निर्माणको काम गर्योट, त्यसले यतिबेला लाप्राकबासी चकित परेका छन् ।

बस्ती निर्माणको काम ३२ प्रतिशत सम्पन्न भएको छ ।करिब एक अर्ब लगानीमा पाँच सय ७३ घर पुननिर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको स्थान निकै लोभलाग्दो देखिन्छ ।एनआरएनएका निवर्तमान अध्यक्ष शेष घलेले आफ्नै कार्यकालमा पुननिर्माण सिध्याएर गाउँलेलाई हस्तान्तरण गर्ने भनिए पनि विकट भूगोल, कामदार अभाव लगायतका कारणले त्यो पूरा हुन सकेन । घलेले गत असोजमा घर हस्तान्तरण गर्ने बताएपनि बस्ती पूर्ण रुपमा सम्म्पन गर्न केहि बढी समय खर्च भइरहेको छ ।

कामको तिब्रतासँगै पुनर्निर्माणले गति लिएको छ । अन्तिम चरणमा भने थुप्रै घरहरु निर्माण भइरहेका छन् । अहिले दुई घर पुननिर्माण भएका छन् भने करिब चारसय घरको डिपिसी ढलान भएको जनाइएको छ।

निर्माण हुने पाँच सय ७३ घर मध्ये अझै २५० घरको डिपीसी नै भएको छैन। अहिले सम्म करिब ३२ प्रतिशत काम सम्पन्न भएको साइड म्यानेजर इन्जिनियर दीपेश सिंहले जानकारी दिए।नेपाली सेनाबाहेक १५० जना काम दार पनि गुप्सी पुननिर्माणमा खटिरहेको सिंहले जानकारी दिए। गुप्सीमै उत्पादन हुन्छ आवश्यक इँटा एनआरएनएले पाँचसय ७३ वटा घर निर्माणका लागि गुप्सीपाखामा नै इटा तयार गरिरहेको छ। डिपिसी गरिएका तीनसय घरका लागि आबश्यक इट्टा तयार भइसकेको पनि कार्यक्रममा जानकारी गराइएको थियो। सोही ठाउँको माटो परिक्षण गरी एनआरएनले मेसिनहरु खरिदगरी इट्टा उत्पादन गरेको हो। इट्टा उत्पादनमा स्थानीय, नेपाली सेना र एनआरएन मार्फत लाप्राक आएका विदेशी स्वयमसेवकहरु खटिएका छन्।

स्थानीयहरुले बस्ती निर्माणका लागि श्रमदान गरिरहेका छन्। लाप्राकको कमान्ड सम्हालेर बसेका नेपाली सेनाका मेजर राजन ढकालका अनुसार १४५ जना नेपाली सेनाले नियमित काम गरिरहेका छन्। ढुङ्गा स्थानीयले जुटाएका छन्। गुप्सीमा रोजगारको सिलसिलामा बिभिन्न देशमा पुगेका गैरआवासीय नेपालीहरुले पनि विदामा आएर श्रमदान गरिरहेका छन्।

बस्तीमा वातावरण मैत्री जस्ताको छाना रहने छन्। डिपिसीसम्म ढुंगामाटो, तल्लोतलामा इकोब्रिकको गारो र माथिल्लो तलामा ट्रिट गरिएको बाँस रहेछन् । बस्तीका लागि सरकारले यसअघिनै १८३२ हेक्टर क्षेत्रफल जग्गाको भोगाधिकार दिइसकेको छ । त्यस्तै नयाँ बस्ती निर्माणाधिन गुप्सीपाखामा खानेपानीको ब्यवस्थाका लागि केयर नेपालले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गोरखाको समन्वयमा काम गरिरहेको छ । खानेपानीको काम पनि अन्तिम चरणमा पुगेको बताइएको छ। आशा गरौ अब लाप्राकबासीले चाडै नै  नयाँ घरको साँचो पाउनेछन् ।

लाप्राकमा यसरी ठडिदैछ एनआरएनएको नमूना एकीकृत बस्ती

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

nepal-diwas

नर्थ क्यारोलाइनामा साँस्कृतिक झाँकीसहित दोस्रो नेपाल दिवस मनाइयो

नर्थ क्यारोलाइन (अमेरिका)– अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिसभिल सहरमा...

mawarak-pawarak-lake

मावरक–पावरक ताल

सुनसरी जिल्लाको उत्तरी सिमा जोडिएको धनकुटाको पर्यटकीय स्थल राजारानीमा...

rabindra-adhikari

पुनःनिर्माणका लागि सबैको साझा मत आवश्यक : मन्त्री अधिकारी

संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रबिन्द्र अधिकारीले जातीय र...

the-darkness-becon

चलचित्र ‘द डार्कनेस बेकन’ मा भूकम्पको पीडा

तीन वर्ष अघिको विनाशकारी भूकम्प पछि सिन्धुपाल्चोककी एक बालिकाको...

MOST POPULAR

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

FACEBOOK