कष्टकर जीवन बिताइरहेका २३ नेपालीको पोर्चुगलबाट उद्धार (भिडियो)

ENGLISH

NRN GLOBAL

कष्टकर जीवन बिताइरहेका २३ नेपालीको पोर्चुगलबाट उद्धार (भिडियो)

कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य

7 July, 2016 | arjun baral | 2705 Views | comments

nepali

२३ जना नेपालीहरु बसेको घरको कोठामा न त पानीको सुविधा नै थियो न त बिजुलीको सुविधा नैु, त्यति धेरै आप्रवासीका लागि एउटा मात्रै भत्किसकेको शौचालय  थियो ।

मानव तस्करहरुबाट पोर्चुगलसहितका युरोपेली देशमा पुर्याइएका नेपालीहरुलाई कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य पनि बाहिर आएको पछि , पोर्चुगलको अध्यागम विभाग ‘सेफ’ ले गरेको “पोखरा” अपरेशनका क्रममा कष्टकर अवस्थामा जीवन बिताइरहेका २३ नेपाली सहितका आप्रवासीलाई उद्धार गरेको हो ।

आकर्षक काम र तलबको प्रलोभनमा मानव तस्करहरुले पोर्चुगल पुर्याएका २३ जना नेपालीलाई त्यहाँको अध्यागमन विभागले उद्धार गरेको छ । सेफले पोखरा अपरेशनका क्रममा कृषि काममा लगाइएका २३ जना नेपालीलाई मंगलबार उद्धार गरेको हो । उद्धार गरिएका सबै नेपालीको नाम, ठेगाना र उनीहरुको विवरण भने सेफले गोप्य राखेको छ ।

उद्धार गरिएका नेपालीसहितका आप्रवासीहरुलाई कसरी पोर्चुगल पुर्याइयो भन्ने खुल्न सकेको छैन । तर सेफले गरेको अनुसन्धानका क्रममा नेपालीसहितका आप्रवासीसँग गरिएको कामको सम्झौतापत्र पनि त्यहाँको कानुनअनुसार अवैध भएको पाइएको छ । नेपाली आप्रवासीहरुलाई गाईबस्तु राखिने जस्तै झ्याल पनि नभएको घरको भुइँ कोठामा कोचाकोच अवस्थामा राखिएको पाइएपछि कारबाही प्रकिया अघाडी बढाइएको छ ।

पोर्चुगलमा काममा लगाउने एजेन्टले खानेकुरा दाल, चामल, प्याज र आलुसहित सहुलियतमा किनेर चर्को मूल्य असुलेको पाइएको छ। सेफले छापामा मारेको स्थान फोहोर र जेलजस्तै झ्याल पनि नभएको भेटिएको थियो। नेपालीसहितका आप्रवासीलाई एउटै कोठामा सातजनासम्मलाई सुताइएको पाइएपछि सेफले कारबाही अघि बढाएको छ ।

२३ जना नेपालीहरु बसेको घरको कोठामा न त पानीको सुविधा नै थियो न त बिजुलीको सुविधा नैु, सेफले भनेको छ, त्यति धेरै आप्रवासीका लागि एउटा मात्रै भत्किसकेको शौचालय भएकाले उनीहरुको जीवन कष्टपूर्ण थियो ।

आप्रवासीहरुलाई तोकिएको भन्दा धेरै समय काम लगाउँदा पनि थोरै तलब दिइएको पाइयोु, सेफले भनेको छु, उद्धार गरिएका कामदारहरुले आफूहरु चर्को श्रमशोषणमा परेको बयान दिएका छन् ।  मालिकले आफ्नो र कामदारहरुकबीचको सम्बन्ध सुमधुर रहेको बयान दिएपनि कामदारको अवस्था भने दयनीय भएको पाइएको छ । श्रमशोषण गरिएका कामदारहरुबाट पोर्चुगलको पीआर मिलाइदिने भन्दै लाखौं रुपैयाँ असुलेको बयान पनि नेपाली कामदारले दिएका छन् ।

मानव तस्करहरुको जालोमा परेर पोर्चगुल पुगेका नेपालीहरुलाई उद्धार गरेर सेफले उनीहरुको सुरक्षा र घटनाबारेमा थप अनुसन्धानका लागि विशेष आवास गृहमा सारिसकेको जनाएको छ । पोर्चुगलको अध्यागमन विभाग सेफको कारबाही र अनुसन्धानबाट नेपालीहरु मानवतस्करको हातमा पर्दै युरोपसम्म पुगेको तथ्य पनि खुलेको छ । सेफले पोर्चुगलमा नेपालीसहितका आप्रवासीलाई शोषण गर्ने कम्पनी, त्यसका मालिक र त्यहाँसम्म पुर्याउने दलालबारे केही पनि बोलेको छैन ।

पोर्चुगलको अध्यागमन विभाग सेफ को कारबाही र अनुसन्धानबाट नेपालीहरु मानवतस्करको हातमा पर्दै युरोपसम्म पुगेको तथ्य पनि खुलेको छ । मानव तस्करहरुबाट पोर्चुगलसहितका युरोपेली देशमा पुर्याइएका नेपालीहरुलाई कृषि काममा लगाएर श्रम शोषण गरिएको तथ्य पनि बाहिर आएको छ। सेफले पोर्चुगलमा नेपालीसहितका आप्रवासीलाई शोषण गर्ने कम्पनी, त्यसका मालिक र त्यहाँसम्म पुर्याउने दलालबारे केही पनि बोलेको छैन ।

भिडियो:-

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जसले पनि

गायक राजेशको “जस्ले पनि“बोलको गीत सार्वजनिक (भिडियो सहित)

राईइज किङ्ग अर्थात गायक राजेश पायल राईको स्वरमा “जस्ले...

डा. केसी

ह्वाईट हाउस अगाडी डा. केसीको प्राण रक्षाको लागी नेपाली समुदायको ऐक्यबद्धता

डा. गोविन्द केसीको समर्थनमा डिसी क्षेत्रका नेपाली समुदाय सदस्यहरु...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK