कलिउड नाइट डिसीमा भव्यरुपमा सम्पन्न

ENGLISH

NRN GLOBAL

कलिउड नाइट डिसीमा भव्यरुपमा सम्पन्न

विजय थापा, वाशिंगटन डिसी

16 October, 2017 | Sandeep Bhattarai | 2845 Views | comments

डिसी

गत अक्टोबर १४ तारिख नेपालका राष्ट्रिय कलाकार सहितको कलिवुड नाइट २०१७ नामक कार्यक्रम मनोरंजन तथा सफलतापूर्वक सम्पन्न भएको छ l विशेष गरि कार्यक्रममा भाषण, प्रमाण पत्र वितरण तथा खादा नओढाउने घोषणा गरे अनुसार भएपछि कार्यक्रम सुनमा सुगन्धित रहन पुग्यो l

कार्यक्रमको विशेष आकर्षण र महिनौ अगाडी देखि पूर्व अभ्यासमा विशेष ध्यान दिइएको महा-आमा (सुपर मम ) को प्रस्तुति बेजोड रहेको थियो l र ,एकै प्रकारको फरियामा महिला कलाकारहरुको प्रस्तुति उत्कृष्ट रहेकोले पुन: प्रस्तुति गर्न समेत दर्शकले माग गर्दै कर्तल ध्वनिले सम्मान गरेका थिए l

कार्यक्रमको प्रारम्भमा अमेरिमा जन्मेका किशोरीहरुको तिहारको भैलिनी गीत ,मखमली चोली चाहिदैन सहितको धुनमा गरिएको नृत्य बेजोड रहेको थियो l यसै गरि कार्यक्रममा २ सय भन्दा ज्यादा चलचित्र अभिनय गरि सकेका नृत्य गर्न सिपालु र नायक दिलिप रायमाझी र कलाकार सुनिक्षा मैनालीको कुटुमा कुटु सुपारी दाना उत्कृष्ट प्रस्तुति रहेको थियो l

डिसी

नायिका झरना थापाले मलाई छम छम नाच्न मन लाग्यो भन्ने गीतमा पहिलो प्रस्तुति गरेकी थिइन् भने दोश्रो उनले नायक जीवन लुइँटेल लाई साथ दिएकी थिइन् l उनले अमेरिकामा पहिलो पटक प्रस्तुति गरेकी थिइन् l

नायक जीवन लुइँटेलले नृत्य निर्देशक लुना श्रेष्ठ संग मेरो लाहुरे आउछ रे ,म त मर्छु पो क्या हो ठुली भन्ने गीत गाउदा दर्शकले सिट्ठी बजाउनुको ताली बजाएका थिए l नेपाल ताराका प्रथम बिजेता दिपक लिम्बुले मैले माया गर्न जानिन होला र हेन्डसम हेन्डसम कान्छा दुई वटा गीत प्रस्तुत गरेका थिए l नायक राज बल्लव कोइरालाले कविता प्रस्तुत गरे भने कलाकार स्व कृष्ण श्रेष्ठलाई सम्झना गर्दै केहि कुरा राखेका थिए l

डिसी

हास्य कलाकार रतन सुबेदीको हवल्दारको प्रस्तुति र रातो भाले क्वायाक क्वायक सुत्केरीलाई ख्वाए गीतको प्रस्तुति मनोरंजन रहेकोले दोहोर्याउन समेत दर्शकले आग्रह गरेका थिए l कलाकार अमृत लामाले सुनिक्षा मैनाली संग नृत्य प्रस्तुति गरेका थिए l

हास्य कलाकार गोपाल नेपाल( फिस्टे ) र पुस्कर पन्तको प्रहसन विशेष रहेको थियो भने युवा नृत्य निर्देशक नविन केसी तथा लुना श्रेष्ठले मलाई थाहा छैन भन्ने गीतमा गरेको नृत्य प्रस्तुति बेजोडको रह्यो l लोक गायक राम प्रसाद खनाल ,कलाकार राजेश नाथ (बैतडी बाजे )तथा अन्य केहि स्थानीय कलाकारहरुले प्रस्तुति गरेका थिए l कलाकार मिनाक्षी बन्दना तथा संचारकर्मी परसु तिमिल्सिनाले कार्यक्रम संचालन गरेका थिए l

डिसी

कार्यक्रम अगाडी र पछाडी कुनै भाषण तथा सम्मान कार्यक्रम नगरी सबैलाई एकसाथ मंचमा बोलाउदै कार्यक्रम समापन गरिएको थियो l

तस्बिर :राजिव श्रेष्ठ

सिनसिनाटी र सेन्ट लुइसमा ‘वुमन इन कन्सर्ट युएस यात्रा’ भव्य, अक्टोबरमा एट्लान्टामा

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK