कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

ENGLISH

NRN GLOBAL

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

विजय थापा, वाशिंगटन डिसी

16 October, 2018 | Sandeep Bhattarai | 3725 Views | comments

सम्मान र भाषण बिना कार्यक्रम भव्यरुपमा सम्पन्न

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

गत अक्टोबर १३ शनिबार केसी डान्स सेन्टर द्वारा प्रस्तुत कलिवउड नाइट २०१८ मा अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालिकाहरु तथा महा-आमाहरुको बेजोड प्रस्तुति साथ भब्य सफलतापूर्वक सम्पन्न भएको छ । नायक सरोज खनाल ,कलाकार किरण प्रताप केसी तथा पहिलो पटक अभिनय गरेकी कलाकार रिमा केसीद्वारा प्रस्तुत गरिएको विशेष नाटकले निकै प्रशंसा पाएको छ भने प्रस्तुतिमा दर्शकहरु भावबिभोर भएका थिए ।

अमेरिका आएको छोरालाई स्थाई आवासीय पत्र ( ग्रिन कार्ड)प्राप्त गरे पछि खुसिले नेपाल कुरा गर्दै जाँदा नेपाल भूकम्प जाँदा आमाको मृत्यु भएको अवस्थामा आमाको मुख हेर्न नेपाल जान नपाएको ,अमेरिका आएका नेपालीहरुले नछोडेका कु-संस्कार, आचरण आदि बारेको व्यंग्य , नेपालमा रहेका बैनी र घाइते बुवाले अर्ति उपदेश दिएको चित्रण गरिएको थियो । उक्त नाटकको कथा स्वयं अभिनेता खनालले लेखेका हुन् ।

भाषण, सम्मान तथा खादा नओढाउने पूर्व घोषणा गरे अनुसार कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमको शुभारम्भमा दशैँ तिहारको सामूहिक प्रस्तुति सर्बो त्कृष्ट रहेको थियो । साथै अमेरिकामा जन्मेका दोश्रो पुस्ताका बालिकाहरु जो नेपाली भाषा सम्म बोल्न अकमकाउने र गाह्रो मान्ने ले समेतले नेपाली गीतहरुमा ६ महिना देखि मेहनत गरेको प्रस्तुति उत्कृष्ट रहेको थियो ।

कलिउड नाइट २०१८ मा हेर्न लायक विशेष प्रस्तुति तथा आकर्षण भनेको महा-आमा (सुपर मम )को प्रस्तुति अत्यन्तै व्यवसायिक रुपमा ब्यबसायिक कलाकारहरुले प्रस्तुत गरे झैँ उक्त प्रस्तुति बेजोड रहेको थियो । डिसी क्षेत्रमा बसोबास गर्दै आएका आमाहरुले एकै किसिमको फरिया लगाई गरिएको प्रस्तुति उत्कृष्ट रहेकोले दर्शकहरुले भब्य ताली द्वारा सम्मान गरेका थिए l

नायिका सारंगा श्रेष्ठ तथा नायक सरोज खनाल एक साथ आफ्ना पुराना गीतमा नृत्य प्रस्तुति गरेका थिए । यसै गरि नृत्य निर्देशक नविन केसी र सारंगा श्रेष्ठ तथा लुना श्रेष्ठ तथा नबिन श्रेष्ठको पनि प्रस्तुति रहेको थियो ।

यसै गरि कलाकार सुनिक्षा मैनाली तथा कलाकार राहुल केसी तेजेन्द्र ,कनेक्टिकट बाट आएका नुन चिनी पानीका संचालक तथा कलाकार अर्जुन दाहाल, गायिका सरिश्मा अमात्य, संजिव प्रधान, हास्य व्यंग्य कलाकार पुस्कर पन्त, लोक गायक राम प्रसाद खनाल र अन्य स्थानीय अमेरिकामा जन्मेका बालिका तथा किशोरीहरुले प्रस्तुत गरेका थिए ।

कलिउड नाइटमा अमेरिकामा जन्मेका बालिकाहरुको बेजोड प्रस्तुति

कार्यक्रमको अन्त्यमा सामूहिक रुपमा सुपर मम, अमेरिकामा जन्मेका किशोरहरु, बालिकाहरु, नविन केसी ,लुना श्रेष्ठहरुको प्रस्तुतिमा दर्शकहरुले कर्तल ध्वनिले सम्मान गरेका थिए । कार्यक्रम संचालन संचारकर्मी परसु तिमिल्सिना तथा पूर्व मिस नेपाल युएसएकि सुजिता बस्नेतले गरेका थिए l

कलिउड नाइट डिसीमा भव्यरुपमा सम्पन्न

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK