कर्मचारी सरुवा नियमित प्रक्रिया हो सबै बेइमान छैनन्

ENGLISH

कर्मचारी सरुवा नियमित प्रक्रिया हो सबै बेइमान छैनन्

इमान्दार कर्मचारीले डराउनु पर्दैन

27 January, 2017 | Yadab Devkota | 590 Views | comments

NEA

नेपाल विद्युत् प्राधिकरणमा कर्मचारी सरुवाको विषयलाई लिएर केही पार्टी निकट अनलाइनन संचारहरुमा अनेकथरि टीका टिप्पणीसहितका समाचार विवरण सार्वजनिक गरेपछि नेपाल विद्युत प्राधिकरणले यसबारे प्रष्ट पारेको छ ।

प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले आज साँझ एक विज्ञप्ति प्रकाशित गरी सबै कर्मचारी गैर जिम्मेवार नभएको र दोषी भेटिएका कर्मचारी मात्रै कारबाहीको भागिदार हुने भएकाले सरुवाबाट कोही कसैले पनि आत्तिन नहुने बताउनुभयो ।

प्राधिकरणको कर्मचारी सेवा सर्त विनियमावलीमा तोकिएको अवधि पूरा गरेका कर्मचारीको सरुवा हरेक वर्षको साउन र माघ महिनामा अधिकार प्राप्त अधिकारीद्वारा गर्न सकिने व्यवस्था भएकाले कर्मचारीको सरुवा स्वभाविक प्रक्रिया र मापदण्डअन्तर्गत गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।

विज्ञप्तिमा भनिएको छ, “इमान्दारिताका साथ काम गर्ने कर्मचारीको मनोबल उच्च राख्दै संस्थाको गरिमा अभिवृद्धि गर्ने कार्यमा कर्मचारीको अधिकतम योगदान प्राप्त गर्न प्राधिकरण व्यवस्थापनले सदैव भेदभावरहित ढङ्गले दक्षता र क्षमताका आधारमा काम गर्ने वातावरण तयार गर्ने तथा भविष्यमा समेत समयसापेक्ष निर्णय गर्दै जानेछ ।”

कर्मचारीको सरुवा जस्तो नियमित प्रक्रियालाई लिएर कुनै पनि कर्मचारी त्रसित हुनुपर्ने अवस्था नरहेको हुँदा स्वभाविक र सामान्य रुपमा लिइदिन समेत प्राधिकरणले सबैमा आग्रह गरेको छ ।

विद्युत् चोरीमा संलग्न भएको भन्दै १६ कर्मचारी महानगरीय अपराध महाशाखाले नियन्त्रण लिएको थियो । दुई हजार ५०० कर्मचारीको सरुवा र विद्युत् चोरीमा संलग्नको पक्राउ सँगसँगै भएकाले सबै कर्मचारी विद्युत् चोर जस्तो भएको भन्दै केही कर्मचारीले आपत्ति जनाएपछि प्राधिकरणले एक विज्ञप्तिमार्फत सरुवा प्रक्रिया नियमित भएको जनाएको हो ।

यस्तै नेपाल विद्युत् प्राधिकरण नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन (संयुक्त) का अध्यक्ष खगेन्द्र शाहीले पनि एक विज्ञप्ति प्रकाशित गरी इमान्दार कर्मचारी सरुवाको विषयलाई लिएर आतङ्कित नहुन आग्रह गर्नुभएको छ ।

उहाँले प्राधिकरणले आन्तरिक रुपमा गरेको सरुवालाई लिएर कोही कसैले पनि गलत ढङ्गले नलिन र त्यसलाई अन्यथा नठान्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK