कर्मचारी सञ्चय कोषको साथ एनआरएनएको हजारे अभियानलाई

ENGLISH

कर्मचारी सञ्चय कोषको साथ एनआरएनएको हजारे अभियानलाई

19 June, 2016 | Sandeep Bhattarai | 1165 Views | comments

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको आम्दानीलाई सञ्चयकोष मार्फत वचत गर्ने प्रक्रिया अगाडि बढाउन हजारे अभियान थालेको गैर आवासीय नेपाली संघलाई कर्मचारी सञ्चय कोषले साथ दिने भएको छ । एनआरएनए र कर्मचारी सञ्चयकोष बीच दुई पटकसम्म भएको छलफल पश्चात् उक्त पहलकदमीले अग्रसरता पाएको हो ।

nrnaaaaaaaaaaaaaaa

यो अग्रसरतासँगै प्रवासी नेपालीहरुले पनि सञ्चय कोषको सुविधा लिनसक्ने बाटो खुल्ने देखिएको छ। कर्मचारी सञ्चयकोष ऐनको संशोधनको तयारी भईरहँदा भएको उक्त पहलले प्रवासीनेपालीहरु तथा स्वरोजगार नेपालीहरु समेत लाभान्वित हुने निश्चित छ ।सोही प्रक्रियाका लागि कोषले सञ्चयकर्ता सेवा तथा सामाजिक सुरक्षा विभागका प्रमुख विरेन्द्रमोहन भट्टराईको संयोजकत्वमा ६सदस्यीय कार्यदल गठन गरेर अध्ययन अनुसन्धान अगाडि बढाएको छ ।
जुन कार्यदलले ती सञ्चयकर्ताहरुलाई कसरी समाहित गर्न सकिन्छभनेर वैदेशिक रोजगारसँग सम्बन्द्ध निकायहरुसँग छलफल चलाईरहेको सोही कार्यदलका अर्का सदस्य जितेन्द्र धिताले बताए ।

गैर आवासीय नेपाली संघका महासचिव डा। बद्री केसी को नेतृत्वमा गएको हजारे अभियानको टोलीले कोषले गठन गरेको उक्त कार्यदलसँग छलफल गरेर कोष र एनआरएनए बीचमा कसरी सहकार्य गरेर अगाडि बढ्न सकिन्छ र कसरी बढी भन्दा बढी प्रवासी नेपालीहरुलाई आ आफ्नो आम्दानी मध्येको केही रकमसञ्चय गर्न अभिप्रेरित गर्न सकिन्छ भन्ने विषयमा बिस्तृत छलफलगरेको छ ।

छलफलका क्रममा महासचिव केसी ले एनआरएनए संसारका ७५ वटा देशमा आफ्नो राष्ट्रि समन्वय समिति गठनगरिसकेको संस्था भएकोले एनआरएनएसँगको सहकार्यमा कोष सञ्चयअभियान अगाडि बढाउँदा सहज र उपलब्धीमूलक हुने र यसरी अघि बढ्दा विशेष गरी कानूनी बाटो अपनाएका कामदार मात्र होइन गैर कानूनी रुपमा रहेका मध्यपूर्वका बहुसंख्यक कामदारहरुलाई समेत समेट्न सकिने कुरा औंल्याए ।

उनले थपे हाम्रो हजारेअभियानलाई मात्र पनि अगाडि बढाउने हो भने वार्षिक करिब ५०अरब रुपैयाँ संकलन हुने र त्यसले समग्र देशको विकासमा समेत टेवापुर्याउने बताए ।त्यसैगरी हजारे अभियानका सदस्य दामोदर नेपालले कर्मचारी सञ्चय कोष सारा नेपालीहरुको विश्वासको केन्द्रभएकाले पनि यो अभियान सफल हुने विश्वास व्यक्त गरे ।

त्यसैगरी कोष मार्फत सञ्चय कर्ताले जम्मा गरेको रकमका आधारमा उनीहरुलाई सरल एवं सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने,कोषमा आवद्ध भएका सञ्चयकर्तालाई सामाजिक सुरक्षा अन्तर्गत दुर्घटनाखर्च, औषधोपचार खर्च, सुत्केरी खर्च, मृतकका परिवारलाई काज किरिया खर्च, शैक्षिक कर्जा, घर कर्जा, विशेष सापटी कर्जा आदिको सुविधा दिनसकिने कोषका पदाधिकारीहरुले बताए ।

त्यस्तै यो अभियानमा गैरआवासीय नेपालीहरु, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु मात्र होइन रोजगारीका लागि छिमेकी मुलुक भारतमा कार्यरत नेपालीहरुलाई पनि समेट्न सकिने कोषका पदाधिकारीहरुले बताए।छलफलको अन्त्यमा एनआरएनए हजारे अभियानलाई सफल बनाउन आगामी जुलाईमा कतारको दोहामा हुने गैर आवासीय नेपाली संघको मध्यपूर्व क्षेत्रीय बैठकमा आफ्ना एजेण्डा सहित प्रस्तुत हुनका लागि कोषलाई संघले औपचारिक निमन्त्रणा पत्रदिएको थियो ।

उक्त पत्र बुझ्दै अध्ययन कार्यदलका संयोजकभट्टराईले भने हामी यो अभियानमा लागिसकेका थियौं,तपाइँंहरुसँग पनि सम्पर्क गरेर छफल गर्ने योजना थियोतपाइँहरु आफैँ आउनु भयो ।त्यसको लागि धन्यवाद दिन चाहन्छौं भन्दै हाम्रो अहिलेको छलफलले हाम्रो यो कार्यलाई अझ झन् सरल बनाएको भन्दै अब वैदेशिकरोजगारीमा रहेका नेपालीहरुलाई समेट्ने कुरामा हामी मिलेर अगाडि बढौं ।

यो पनि हेर्नुस – एनआरएनए एशिया प्रशान्त क्षेत्रद्वारा चोभारमा बृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK