कर्नेल कुमार लामाको मुद्धा फिर्ता

ENGLISH

कर्नेल कुमार लामाको मुद्धा फिर्ता

6 September, 2016 | Sandeep Bhattarai | 2195 Views | comments

कुमार लामा

ब्रिटेनका सरकारी अभियोजकले नेपाली सेनाका महासेनानी कुमार लामाविरुद्ध विश्वव्यापी क्षेत्राधिकारको कानुन अन्तर्गत दायर गरिएको यातनाको मुद्दा फिर्ता लिएका छन्।

झण्डै एक महिनाअघि लण्डनस्थित केन्द्रीय फौज्दारी अदालतको जुरीले एकजना सर्वसाधारण करम हुसैनलाई यातना दिएको अभियोगमा दायर मुद्दाको हकमा कर्णेल लामालाई सफाइ दिएको थियो।

तर अर्का उजुरीकर्ता जनकबहादुर राउतसंग सम्बन्धित अभियोगका बारेमा भने जुरी कुनै ठोस निर्णयमा पुग्न सकेको थिएन।बीबीसी नेपालीका अनुसार न्यायाधीश जस्टीस स्वीनीको इजलासमा ब्रिटिश अभियोक्ताको कार्यालय सिपिएसका एकजना वकीलले राउतलाई यातना दिएको भन्ने अभियोगमा पनि महासेनानी लामालाई दोषी ठहर गर्न पर्याप्त आधार नदेखिएकाले उनी विरुद्धको मुद्दा अगाडि नबढाउने निर्णय गरेको जनाएका थिए।

आरोप

यसै वर्षको अगष्ट महिनामा ओल्ड बेली भनिने ब्रिटेनको केन्द्रीय फौजदारी अदालतले उनीमाथि लागेको एउटा अभियोगमा सफाइ दिएको थियो

दश वर्षे सशस्त्र द्वन्द्वका बेला सन् २००५ मा कपिलवस्तुको गोरुसिङ्गे ब्यारेकमा दुई जना बन्दीलाई यातना दिएको आरोप उनीमाथि लगाइएको थियो।

कर्णेल लामालाई ब्रिटेनको फौजदारी न्याय सम्बन्धी कानुनको धारा १३४ अन्तर्गत मुद्दा चलाइएको थियो जसमा ब्रिटेनको नागरिक नभएपनि र देशबाहिर गरिएको कसुर भएपनि आरोपीलाई मुद्दा चलाउन मिल्ने प्रावधान छ।

यसै वर्षको अगष्ट महिनामा ओल्ड बेली भनिने ब्रिटेनको केन्द्रीय फौजदारी अदालतले उनीमाथि लागेको एउटा अभियोगमा सफाइ दिएको थियो।तर यातनाको दोस्रो अभियोगमा जुरी सहमतिमा पुग्न विफल भएको थियो र त्यसबारेमा उनी विरुद्ध पुन: मुद्दा चलाउने या नचलाउने भन्ने निर्णय गर्नुपर्ने थियो।

अभियोग
सरकारी अभियोजक डंकन पेनी क्युसीले सरकारले कर्णेल लामा विरुद्धको बाँकी अभियोगका प्रमाण “सावधानी तथा विस्तारपूर्वक” अध्ययन गरी दोषी ठहरिने वास्तविक कारण नपाएको बताएका थिए।

उनले लामा विरुद्ध पुन: मद्दा चलाउन राज्यले अनुमति नमाग्ने उल्लेख गरे।नेपाली अनुवादक उपलब्ध नभएको समस्याका कारण सन् २०१५ मा सो मुद्दाको सुनवाइ रोक्नु परेको थियो।

उक्त मुद्दालाई अघि बढाउन ब्रिटिश सरकारको १० लाख पाउन्ड भन्दा बढी रकम खर्च भएको अनुमान गरिएको छ।

बीबीसी नेपाली

यो पानी हेर्नुस – कर्णेल लामालाई एउटा मुद्दामा सफाइ, सुनुवाई अर्को एक महिना सर्‍यो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK