कर्णेल लामाको फैसला जुरीमा अल्झियो

ENGLISH

कर्णेल लामाको फैसला जुरीमा अल्झियो

31 July, 2016 | Bhawana Pathak | 1290 Views | comments

द्वन्द्वकालमा बन्दीलाई यातना दिएको आरोपमा बेलायतमा पक्राउ परेका कर्णेल कुमार लामा विरुद्धको मुद्दाको छलफल ‘जुरी’ भित्रै सहमति नजुटेपनि शुक्रबार पनि टुंगोमा पुग्न सकेन ।

kumar-lama

पक्ष विपक्षमा मत नमिल्दा मुद्दालाई अन्तिम टुंगो लगायत १२ सदस्यीय जुरी शुक्रबार पनि निष्कर्षमा पुग्न नसकेको हो ।

जस्टिस स्वीनी नेतृत्वको इजलासमा वादी तथा प्रतिवादीका तर्फबाट बहस सकिएपछि गत सोमबार दिउँसोदेखि जारी डेलिबरेसन (गहन छलफल) अझै निष्कर्षमा पुग्न नसकेको हो ।

निर्दोष वा दोषी जे सावित गरेपनि १२ जनाको जुरीबीच १०, २ वा ११, १ मत भएमात्र अन्तिम फैसलाको बाटो खुल्नेछ नत्र पुनस् सुनुवाइ (रि-ट्रायल) हुने कानुनी प्रावधानले पटक(पटक जुरीबीच छलफल चलिरहेको छ ।

शुक्रबारसम्म सहमति हुन नसकेपछि न्यायधीशले सोमबार पुनस् इजलास बस्ने जनाउ दिएका छन् ।

लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौज्दारी अदालत) ओल्ड बेलीमा करिब सात हप्ताको सुनुवाइ सकिएपछि जुरी अन्तिम फैसला लिन डेलिबरेसनमा व्यस्त भएको हो । जुरीमा हरेक क्षेत्रका व्यक्ति सहभागी हुन सक्छन् ।

‘अगष्टदेखि समर छुट्टी हुनु अघि फैसला आउने आशा थियो तर अझै कति समय लम्बिने हो भन्न सकिन्न,’ स्रोत भन्यो । आजको कान्तिपुर दैनिकमा खबर छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

अनमोल केसीलाई ५० लाखको अफर

चार वटा चर्चित चलचित्र दिइसकेका नायक अनमोल केसी को...

साउदीमा एक रुकुमेलीको मृत्यु

रोजगारीको सिलसिलामा साउदी अरबको रियादमा रहेका एक रुकुमेलीको मृत्यु...

भूकम्पपीडितको बस्तीमा आकाशे पानी संकलन केन्द्र उद्घाटन

भक्तपुर नगरपालिका–८ च्यामासिंहस्थित लिवालीमा बनाइएको भएको आकाशे पानी संकलन...

कोदोबारीमा मत माग्दै

कोदोबारीमा मत माग्दै

गुल्मी क्षेत्र–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेकपा (एमाले)...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK