कराते खेलाडी ठकुरी लाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त

ENGLISH

NRN GLOBAL

कराते खेलाडी ठकुरी लाई नर्थ क्यारोलिनामा वर्ल्ड च्याम्पियनशिप बेल्ट प्राप्त

विजय थापा,वाशिंगटन डिसी

15 May, 2017 | Bipin Acharya | 670 Views | comments

डीसीका कराते खेलाडी ठकुरी लाई नर्थ क्यारोलिनामा मे १३ तारिख आयोजित कुरो बुशि वर्ल्ड मार्शल आर्ट प्रतियोगितामा वर्ल्ड च्याम्पियनशिप बेल्ट (पेटी ) प्राप्त गरेका छन् ।

उनले उक्त प्रतियोगितामा भिडन्त गरेर प्राप्त नगरी अहिले सम्म कसैले प्रस्तुत नगरेको बिशेष प्रस्तुति गर्दा उनलाई आयोजकले बिशेष सम्मान गर्दै बिश्व प्रतियोगिताको पेटी प्रदान गरेका हुन् ।

उक्त अन्तर्राष्ट्रिय किक बक्सिङ्ग तथा वर्ल्ड मार्शल आर्ट च्याम्पियनशिपमा उनले पहिलो प्रस्तुतीमा ४० पाउण्ड तौल दातले उठाएर शरीरमा ४० पाउण्ड तौल् बाधेर हातमा काँचो अण्डा बोकेर २ खुट्टा पुरै फांग गरी अण्डा नफुटाइ ३ वटा काठको बोर्ड फुटाएका थिए ।

त्यसै गरि दोस्रो प्रस्तूतिमा ४० पाउण्ड दातले उचालेर हातमा काँचो अण्डा बोकेर १० वटा काठ को बोर्ड २ खुट्टा पुरै फांग गरी फुटाएका थिए ।
उनको तेश्रो प्रस्तुतिमा उनले दात र शरीरमा गरी १ सय ४० पाउन्ड तौल उचालेका थिए भने चौथो प्रस्तूतिमा उनले २ खुट्टा पुरै फांग गरी आफ्नो दात ले १ सय पाउण्ड उचालेर दर्शकलाई चकित पारेका छन् ।

करिब् १० मिनेट को ठकुरीको उक्त प्रस्तुतिमा बिभिन्न राज्यबाट आएका खेलाडिहरुले कर्तल ध्वनि को साथ उनलाई हौशला दिएका थिए ।उनले आफ्ना सवै प्रस्तुति गरि पछी ठकुरीलाई कुरो बुशि मार्शल आर्ट संगठनका संस्थापक अध्यक्ष ग्रान्ड मास्टर एर्नेस्ट दुकेशले वर्ल्ड च्याम्पियनशिप पेटी तथा सम्मान पत्र प्रदान गरेका थिए ।

अमेरिकामा उनलाई संघ/संस्थाले अधिकांशले सम्मान गर्दछन भने नेपाली अहिले सम्म ठकुरीले अमेरिकाको बिभिन्न राज्यहरुमा मार्शल आर्ट खेल तथा प्रस्तुति गरि १५ वटा स्वर्ण पदक ,वर्ल्ड टाइटल् बेल्ट ,प्रमाणपत्र तथा थुप्रै पुरस्कारहरु जिति सकेका छन ।

काठमाडौं निवासि ठकुरी बिगत डेढ दशक देखि डीसी महानगर क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK