कराते खेलाडी ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण पदक

ENGLISH

NRN GLOBAL

कराते खेलाडी ठकुरीलाई अमेरिकामा दुई राष्ट्रिय स्वर्ण पदक

24 July, 2016 | Bhawana Pathak | 2725 Views | comments

बिजय थापा ,अमेरिकाको नर्थ क्यारोलिनाको ग्रिन्सबोरोमा भैरहेको युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेलमा डिसीका कराते खेलाडी उज्ज्वल ठकुरीले दुई राष्ट्रिय स्वर्ण पदक हात पारेका छन् l

usa2

उक्त राष्ट्रिय खेलमा ठकुरीले भिडन्तमा एक स्वर्ण पदक तथा फांग गरि गोजुरियो करातेको परम्परागत तेन्सो कातालाई फ़ाङ्ग गरेर स्वर्ण पदक प्राप्त गर्दै नयाँ किर्तिमान सिर्जना गर्न सफल भएका छन् l

यस्तो प्रकारको फ़ाङ्ग गरेर किर्तिमान अहिले सम्म विश्वमै कसैले नगरेको ठकुरीले दाबी गरेका छन् l युएसए मास्टर्स गेम्स नामक राष्ट्रिय खेल प्रतियोगिता गत जुलाई २१ देखि जुलाई ३१ तारिख सम्म चल्ने छन् l र यो राष्ट्रिय खेल पहिलो पटक यसै बर्ष सन् २०१६ बाट सुरु गरिएको हो भने हरेक दुई बर्षमा यसको आयोजना गरिने आयोजकले जनाएका छन् l उक्त राष्ट्रिय खेलमा कराते ,भकुण्डो ,भारत्तोलन ,भलिबल ,पौडी ,गल्फ ,बेसबल ,बास्केट बल लगायत अन्य चौबिस खेलहरु समाबेस गरिएका छन् l

ठकुरीले २ मिनटको समय भित्र पम्परागत तेन्सो कातालाई सृजना गरे l ठकुरीले अहिले सम्म १२ स्वर्ण ,४ रजत र ४ कास्य जित्न सफल भएका छन् l जस मध्ये ८ वटा स्वर्ण पदक करातेमा ,कातामा १ स्वर्ण ,१ तेक्वान्दोमा र २ वटा करातेको ब्रेकिङ्ग (तोड्ने )मा स्वर्ण पदक प्राप्त गरेका छन् l ठकुरीले दाबी गर्दै फ़ाङ्ग गरेर दाँतले १ सय पौण्ड उठाउने प्रतिबद्धता सहित गिनिज विश्व पुस्तकको लागि अभ्यास गरि रहेको बताए l ठकुरीले हरेक खेलमा नेपालको झन्डा फरफराउने गरेका छन् l

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK