करणसँग बिग्रेको सम्बन्ध बारे काजोलले खोलिन् मुख

ENGLISH

ENTERTAINMENT

करणसँग बिग्रेको सम्बन्ध बारे काजोलले खोलिन् मुख

19 February, 2017 | Bhawana Pathak | 765 Views | comments

केही वर्ष अघिसम्म अभिनेत्री काजोल र निर्माता करण जोहरको मित्रता निकै लोभलाग्दो थियो । उनीहरुको सम्बन्ध देखेर रिस गर्नेहरुको पनि कमी थिएन र प्रशंसा गर्नेहरुको पनि । तर त्यो लोभ लाग्दो सम्बन्ध निरन्तर अघि बढ्न सकेन । उनीहरुको २५ वर्ष पुरानो मित्रता सकिएको करण जोहरले केही समय अघि मात्रै आफ्नो बायोपिकबाट सार्वजनिक गरे । उनले काजोलसँग अब कुनै पनि हालतमा प्याचअप हुन नसक्ने पनि खुलाएका छन् ।

karan-kajol

एकताका काजोलले करणका प्राय सिनेमामा बिना पारिश्रमिक काम गर्थिन् । तर त्यो मित्रता अब छैन । अब भने करणको जीवनमा नत काजोलको लागि ठाउँ छ नत काजोलको जीवनमा करणको लागि ।

करणले बायोपिकमा आफूहरुको सम्बन्ध बिग्रेको कुरा सार्वजनिक गर्दा पनि काजोलले केही पनि प्रतिक्रिया जनाईनन् । तर हालै मात्र एक कार्यक्रममा उनलाई मिडियाले करणसँगको सम्बन्धका बारेमा सोध्दा यस बारेमा आफू बोल्न नचाहेको बताईन् ।

सम्बन्धहरु निकै मुश्किल हुने भन्दै उनले यस बारेमा आफू बोल्न नचाहेको बताएकी छन् । काजोलको यो स्टेटमेन्टले धेरैले उनीहरुको सम्बन्धमा ठूलै भुकम्प आएको अनुमान लगाएका छन् ।

खासमा उनीहरुको सम्बन्ध काजोलका श्रीमान् अजय देवगनका कारण बिग्रेको बुझिन्छ । सन् २०१६ मा अजयको ‘शिवाय’र करणको ‘ए दिल है मुश्किल’ एकै दिन रिलिज भएका थिए । त्यस बखत अजयले कमाल आर खानलाई पैसा दिएर करणले ‘शिवाय’को विरोधमा ट्विट गर्न लगाएको आरोप लगाएका थिए । त्यस क्रममा काजोलले अजयलाई साथ दिएर उक्त ट्विटलाई रिट्विट गरेकी थिईन् । यो सँगै उनीहरुको सम्बन्ध सकिएको बताईन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

लक्ष्मीको पूजा

यमपञ्चकको तेस्रो दिन आज लक्ष्मी पूजा : घर घरमा लक्ष्मीको पूजा आराधना गरी मनाइँदै

यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य...

कुकुर तिहार

कुकुर तिहार

नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन बुधबार घर–घरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK