कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक हुने

ENGLISH

कम्पालामा एनआरएनएको तेस्रो अफ्रिका क्षेत्रीय बैठक हुने

बिजय थापा, कम्पाला , युगान्डा ।

9 August, 2018 | Kabiraj Adhikari | 4015 Views | comments

गैर आवासीय नेपाली संघको तेस्रो अफ्रिका क्षेत्रीय बैठक युगान्डाको राजधानी शहर कम्पालामा यहि डिसेम्बर २९- ३० , २०१८ मा आयोजना हुने भएको छ ।एनआरएनए युगान्डाका अध्यक्ष राजमणि भण्डारीका अनुसार एनसीसी युगान्डाले बैठक भब्य रुपमा आयोजना गर्न तयारी थालेको बताएका छन् ।

दुई दिन सम्म चल्ने उक्त बैठकको पहिलो दिन उदघाटन कार्यक्रम, नेपाली साहित्य गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना हुने र दोश्रो दिन अफ्रिका क्षेत्रका एनसीसीका समस्या, प्रगति विवरण , अफ्रिकाको बाटोबाट हुने नेपाली मानव तस्करी ,केन्या र तान्जानियाका डान्स बारमा काममा आउने नेपाली चेलीहरुको समस्या , अफ्रिकामा नेपाली कामदारको समस्या, अफ्रिकामा कार्यरत नेपालीले भोग्नु परेको श्रम स्वीकृति , पासपोर्ट नविकरण आदिको समस्या र सामूहिक लगानी, नेपाल र अफ़्रिकिन देशबीच व्यापार, पर्यटनमा साझेदारी आदि विषयमा छलफल हुने जानकारी एनसीसी युगान्डाका पूर्व अध्यक्ष रमेश कँडेलले जानकारी गराउनु भयो ।

आयोजक राष्ट्र युगान्डाका आइसिसी सदस्य जीवनाथ पंगेनीले युगान्डाका नेपालीहरु संसार भरका एनआरएन नेतृत्वलाई स्वागत गर्न तयार रहेको र बैठक भब्यरुपमा आयोजना गर्न आफूहरु लागि परेको जानकारी दिनु भयो ।

संघका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले नैरोबी , दार ए सलाममा आयोजीत प्रथम र दोश्रो बैठकका एजेन्डा र निर्णय माथि समिक्षा गर्दै अफ्रिकामा रहेका नेपालीका समस्या र त्यसको न्यूनीकरण र नेपाल सरकारको थप उपस्थिति बारेमा छलफल हुने बताउनु भयो ।

बैठकमा एनआरएनएका अन्तरास्ट्रिय अध्यक्ष भबन भट्ट लगाएत पदाधिकारीहरु र विभिन्न देशबाट अतिथिहरु लगाएत अफ्रिकाका सबै एनसीसी बाट सहभागिताको अपेक्षा गरिएको छ ।

संघका युगान्डा अध्यक्ष भन्डारीका अनुसार उपाध्यक्ष बिनोद थापा , महासचिब रमेश शर्मा , सचिब गङ्गालाल खरेल र कोषाध्यक्ष मन्जुल पाठक लगाएत एनसिसी सदस्य र पदाधिकारीहरु कार्यक्रमको तयारीमा जुटीसकेका छन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK