कम्पनी ऐन,२०६३ स्वीकृत

ENGLISH

BUSINESS

कम्पनी ऐन,२०६३ स्वीकृत

21 February, 2017 | Krishna Adhikari | 1635 Views | comments

company-regव्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले कम्पनी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७३ लाई आज संशोधनसहित स्वीकृत गरेको छ ।

समितिको  बैठकले संशोधनसहित समितिबाट पारित भएको उक्त विधेयक संसद्को आगामी बैठकमा प्रस्तुत गरिने निर्णय गरेको छ । उक्त विधेयकले उद्योग क्षेत्रमा लगानीमैत्री बनाउनाका साथै श्रमिकको सम्मान गर्ने विश्वास गरिएको छ । विधेयकले उद्योग खोल्नेलाई विस्तार गर्न र बन्द गर्न पाउने अधिकारको सुनिश्चितता गरेको समितिका सभापति भीष्मराज आङ्दाङ्वेले जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयका सचिव शङ्कर कोइरालाले उद्योग क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गर्न विधेयकले महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्दै विधेयक पारित भएपछि उद्योग क्षेत्रमा सकारात्मक सन्देश जाने र नीतिगत सुधारलाई सरल र सहज तुल्याउने बताउनुभयो ।

समितिका सदस्य एवम् पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेयले संशोधित विधेयकले मुलुकमा उद्योग व्यवसाय सञ्चालनका लागि आकर्षण पैदा गर्नाका साथै वैदेशिक लगानीका उद्योग सञ्चालनमा बढावा दिने छ भन्नुभयो ।

बैठकमा राजनीतिक सङ्क्रमणलगायत विविध कारणले उद्योग क्षेत्र धराशयी भई सञ्चालकले तिर्नुपर्ने जरिवानाको अङ्क सुनेर रुवावासी हुने अवस्थालाई विधेयकले अन्त्य गर्ने धारणा राखिएको थियो ।

विधेयकमा आवश्यक सर्त र मापदण्डसहितको कागजात पेस गरिएका अवस्थामा उद्योग सञ्चालनका लागि निवेदन दिइएको सात दिनभित्र अनुमति दिनुपर्ने र त्यसो हुन नसकेमा प्रस्तावित कम्पनीलाई तीन दिनभित्र नहुनाको कारणसहितको जानकारी दिनुपर्ने प्रस्ताव गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK