कमल थापा राप्रपाको अध्यक्षमा निर्वाचित

ENGLISH

POLITICS

कमल थापा राप्रपाको अध्यक्षमा निर्वाचित

20 February, 2017 | Sandeep Bhattarai | 860 Views | comments

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा निर्वाचित भएका छन् । उनले अर्का अध्यक्ष पदका प्रत्यासी प्रदीपविक्रम राणालाई भारी अन्तरले हराउँदै थापा अध्यक्षमा अत्याधिक बहुमतले निर्वाचित भएका हुन् ।

कुल ३ हजार १३६ मत खसेकोमा थापाले २ हजार ८०४ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी राणाले २५१ मत पाएका दिए ।८१ मत भने बदर भएको छ ।

निर्वाचित भए लगत्तै थापाले सम्बोधन गर्दै राप्रपालाई देशको अग्रणी शक्ति बनाउने घोषणा गरेका छन् । ‘राप्रपालाई देशकै अग्रणी शक्ति बनाउने घोषणा गर्दछु’ थापाले भने, ‘सबैलाई मिलाएर देशमा देखिएको राजनीतिक संकट समाधानका लागि पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’

यसअघि डा. प्रकाशचन्द्र लोहनीले उम्मेदवारी नदिने भएपछि थापा र राणाबीच प्रतिस्पर्धा भएको हो । पार्टीको केन्द्रीय सदस्यको निर्वाचन भने भोलि मंगलबार हुनेछ ।

विधान अनुसार १६३ सदस्यीय केन्द्रीय समितिको ६० प्रतिशत (९८ पदका) लागि हुन लागेको निर्वाचनमा ३६३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाँकी ४० प्रतिशत सदस्य क्षेत्र, भूगोल, विशेषज्ञताका आधारमा पार्टी अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ ।

राप्रपा महाधिवेशनमा ३६३ जनाको उम्मेदवारी

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

रेडियो सुन्दै वृद्धा

रेडियो सुन्दै वृद्धा

नुवाकोट दुईपिपलकी वृद्धा घाँसपातमा गएको बेला रेडियो सुन्दै ।...

अमेरिका

नेपालीले देउसी भैलो खेल्दै अमेरिकामा भाइटीका मनाए

अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले २०७४ सालको...

जापानका नेपालीले तिहार मनाए

जापानका नेपालीले तिहार मनाए

तिहारको पाँचौँ दिनको भाइटीका पर्वमा कला संस्कृतिको जगेर्ना र...

एनआरएनए रसिया

एनआरएनए रसियाद्धारा मानवसेवा आश्रमलाई ६ लाख सहयोग

चितवनको भरतपुरस्थित मानवसेवा आश्रममा आश्रित मनोरोगी तथा असहायहरुका लागि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK