कमल गिरीलाई बचाउन प्रवासबाट चार लाख सहयोग

ENGLISH

NRN GLOBAL

कमल गिरीलाई बचाउन प्रवासबाट चार लाख सहयोग

27 October, 2017 | Sandeep Bhattarai | 1115 Views | comments

सहयोग

गुल्मीको मुसिकोट नगरपालिका वडा नं १ पौदीअमराइ, बालुवाका कमल गिरीको उपचारका लागि विदेशमा रहेका नेपालीको तर्फबाट रु तीन लाख ८१ हजार हस्तान्तरण गरिएको छ ।

कमल गिरी बचाउ अभियानअन्तर्गत सहयोग रकम संकलन गरी विहिबार औपचारिक कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो ।

पौदीअमराइमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले विदेशी भूमिमा पसिनासँग साटेको रकम उठाउने कुरा सहज नभएको भन्दै मानवीय नाताले आफ्नो खर्च कटाइ सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको थियो ।

सापकोटाले अभियानका संयोजक कृष्ण खत्री र सञ्चारमाध्यमबाट घटनालाई बाहिर पुर्याउने ‘ओझेलका खबर’ रेडियो कार्यक्रम सञ्चालक तथा पत्रकार प्रेम सुनारलाई धन्यवाद दिनुभएको थियो ।

झण्डै दुई वर्ष अगाडि सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका २२ वर्षीय कमल गिरीको भरतपुरमा रहेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र आर्थिक अभाव भएपछि कमल बचाउ अभियान शुरु गरिएको थियो । अभियानकोतर्फबाट रु चार लाख ७१ हजारभन्दा बढी रकम बोल भएपनि रु तीन लाख ८१ हजार नगद जम्मा भएकाले सो रकम हस्तान्तरण गरिएको हो ।

सो अभियान ‘ओझेलका खबर’ संचालक तथा पत्रकार प्रेम सुनारले शुरु गर्नुभएको थियो । ओझेलका खबरमार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पीडितहरुले उपचार पाउँदै आएका छन् । कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, कार्यपालिका सदस्य, पत्रकार, स्थानीय बुद्धिजीवी लगायतको सहभागिता रहेको थियो ।

प्रवासबाट बोनम्यारो पीडित क्षेत्रीलाई आर्थिक सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK