कमजोर बन्दै पुंजीबादी नर्थपोल

ENGLISH

कमजोर बन्दै पुंजीबादी नर्थपोल

हरेक दृष्टिकोणले यो एक्जिट ‘प्याराडाइम सिफ्ट’

24 June, 2016 | Krishna Adhikari | 5835 Views | comments
madhab pant

माधब पन्त

युरोपियन युनियनको एक ठुलो ब्यापारिक साझेदार शक्तिशाली मुलुक बेलायत “एक्जिट कि रिमेन” भन्ने लामो बादबिबाद पछि जनमत संग्रहको जनादेश बाट प्याराडाइम सिफ्ट हुनेछ। “युके भोट्स टु लिभ इयु”खसेको मतको ५२% मत बाहिरिनेमा र ४८ % रहने पक्षमा आएको छ। उबेला ४३ बर्षसम्म सदस्य  राष्ट्र रहेको युके जनमत संग्रहबाटनै आबद्ध भएको थियो।

नतिजा संगै प्रधानमन्त्री डेबिड क्यामरुनले राजिनामा दिने घोषणा गरेका छन। उनि इयुबाट छुट्टिनु अर्थतन्त्र र सुरक्षाका हिसावले खतरा हुन्छ भन्ने मत राख्दै आएका थिए। लण्डन र स्कटल्याण्डले उनको पक्षमा बढि मत दिए पनि बेलायती नागरिकले १२६९५०१मतान्तरले इयुबाट बाहिरिने जनादेश दिएका छ्न ।

यो बिषयमा अनेकखाले बिश्लेषण हुदै छन।यो घटनाले युरोपियन साम्राज्यको विश्व अर्थतन्त्रमा रहेको पुजिबादी एकाधिकार स्याट्ब्याक हुनेछ। कुनै एक कालखण्ड थियो जहा एसिया,अफ्रीका र ल्याटिन अमेरिकामाथि पस्चिम युरोप र अमेरिकाको उपनिबेश थियो। बिस्तारै बिभिन्न स्वरुपमा क्रान्तिकारी तथा मुक्तिसंग्राम आन्दोलन्द्वारा स्वतन्त्र हुँदै आए। तरपनि पुजिबादी साम्राज्य अनेकखालका रुप र रंगमा कायम नै छ।

युरोप यस्तो कन्टिनेन्ट हो जहा पुजिबादी साम्रज्यबाद र सामाजिक साम्राज्यबाद मिलेर बिस्वअर्थतन्त्रमाथि एकाधिकार कायम राख्न चाहन्छन।दोस्रो बिस्वयुद्धमा नाजिजम र फासिष्ट कहलिएका जर्मन(हिटलर),इटाली(मुसोलिनी)दुबै युरोपमै छन भने तेस्रो इकोनोमी जापान चाहि एसियामा छ।

युरोप र अमेरिकाले यस्तो सुत्र प्रयोग गरे “एक तिर दुई सिकार” फासिश्टहरुको प्रयोग गरि समाजबादी ब्यबस्था बिरुद्ध रुसमाथि हमला अनि तीनै फासिश्ट को अन्त्य।तर स्टालिन को रेड आर्मीको अगाडि केहि चलेन। दोस्रो बिस्वयुद्धको रियल हिरो स्टालिन हुनुपर्ने तर अमेरिकालाइ बनाइन्छ ।

बिश्व दोस्रो बिस्वयुद्ध पछि दुई धुर्बमा (समाजबादी र पुजिबादी)बिभाजित रह्यो।फाशिस्टको पतन पछि पुजिबादिहरु समाजबादको पतनतिर लागे र शितयुद्ध सुरु गरे।जब ९० को दशकमा पुर्बी युरोपमा कम्युनिस्ट शसन र सोभियत संघ धल्यो।अनि पुजिपतीहरुको साम्राज्य एकाधिकार बन्यो।सुप्रा-नेशनल स्टेट(इयु)को गठन बिस्वअर्थतन्त्रमा एकाधिकारको एक बलियो दृष्टान्त हो।

जो बिबिन्न परिघटना र युकेको इक्जिटले मक्किएको छ,निकै कमजोर बन्दैछ। एउटा हाइपोथेसिस चर्चामा छ-“एक्काइसौ सताब्दी एसियाको हुनेछ”हिजो उपनिबेशमा रह्र्का मुलुकहरु आज आर्थिक राजनितिक हिसावले सम्बृद्ध र स्वतन्त्र छन।हिन्द-चाइना इकोनोमी निकै बलियो बनेको छ।जियोग्राफी,डेमोग्राफी,इकोनोमी र विपन सबै तरिकाले साउथपोल आज पावरसेन्टर बन्दैछ।

ब्रीक्स,सार्क र आसियानजस्ता क्षेत्रीय संगठनको बिकासले इयुलाइ काउन्टर गर्दैछ्न। बिकाश र सम्बृद्धिका दृश्टिकोणले समेत आज दक्षिणी धुर्ब फ्रन्टनै छ।यो समग्र सिनारियोले बिस्वअर्थतन्त्रमा फेरबदल आउने देखिन्छ।धर्म र सभ्यताको शीतयुद्ध चलिरर्हेको यो मोडर्न एरामा श्रम र पुजिसमेत सिमाबिहिन बन्दैछन।यसमा हाम्रो भुमिका के रहन्छ ? सोच्न जरुरी छ।

हामी दुई उदाउदा भयङ्कर इकोनोमीबिचको पुल मात्रै होइन यसको सामरिक अन्तर्सम्बन्ध र महत्वका आधारमा डिप्लोमेसीको अभ्यास गर्न सक्नुपर्छ। यो नै हाम्रा लागि बिकाश सम्बृद्धी र बलियो आर्थिक आधार निर्माण गर्ने अबसर बन्नसक्छ। पावरसेन्टर र उत्पादन समबन्धका दृश्टिकोणले पनि यो इक्जिट प्याराडाइम सिफ्ट हुनेछ।

 त्रिभुवन बिश्व-बिध्यालयका राजनीतिशास्त्रका बिद्यार्थी पन्त लाइ फेसबुकमा पनि भेट्न सक्नुहुनेछ | 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK