कबालीले तोड्यो तिनै खानको कमाई , पहिलो दिनमै कमायो १०० करोड

ENGLISH

ENTERTAINMENT

कबालीले तोड्यो तिनै खानको कमाई , पहिलो दिनमै कमायो १०० करोड

24 July, 2016 | Anjana Bhandari | 1260 Views | comments

Kabali

विश्व सिनेमामा बलिउड भारतको मुहार हो। बलिउडका ३ खानहरू शाहरूख खान, आमिर खान तथा सलमान खान त्यो अनुहारका सबैभन्दा बिकाउ अनुहार। वक्सअफिसमा उनीहरूको बलिउडमा दर्हो उपस्थिति हुने गर्छ। तर यी तीन खानहरुको उपस्थितिलाई दक्षिण भारतिय तमिल सिनेमाका सुपरस्टार रजनीकान्तले तोडिदिएका छन्।

रजनीले तीनै खानका फिल्मका हालसम्मका ‘ओपनिङ् रेकर्डलाई तोडेका छन्। रजनीले उनीहरूलाई कमाइको मामालामा कोशौं टाढा छोडिदिएका छन्। शुक्रबार रिलिज भएको ‘कबाली’ भारतको घरेलु बजारबाट मात्रै २५० करोड भारू कमाएको छ।

‘कबाली’को यो रेकर्डतोड कमाइले शाहरूख खानको सन् २०१४ मा रिलिज भएको ‘ह्यापी न्यू इयर’को ४४.९७ करोडको किर्तिमानी कमाइलाई ठूलै फराकले पछाडी पारिदिएको छ। त्यस्तै ४०.०३ करोड कमाइका साथ सलमान खानको ‘प्रेम रतन धन पायो’ सूचिको तेस्रो स्थानमा रहेको छ।

‘कबाली’ तमिलसहित डब संस्करणमा हिन्दी तथा तेलेगु भाषामा समेत रिलिज भएको थियो। फिल्म संसारभर करिब ८००० देखी १०००० पर्दामा एकसाथ रिलिज भएको थियो। फिल्म अमेरिकामा ४८०, मलेसियामा ४९० तथा गल्फ देशहरूका किब ५०० पर्दामा रिलिज गरिएको थियो।

रिलिज भएको पहिलो दिनमा फिल्मले बलिउडले सफलताको मानक मान्दै आएको १०० करोड भारूको कारोबार गरेको थियो जबकी बलिउडका ठूला स्टारका फिल्मले यति कमाइ गर्न ३ दिन लगाउने गर्छन्।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK