कबालीको लगानी ११० करोड तर रिलिज पूर्व नै कमायो २०० करोड

ENGLISH

ENTERTAINMENT

कबालीको लगानी ११० करोड तर रिलिज पूर्व नै कमायो २०० करोड

22 July, 2016 | Anjana Bhandari | 800 Views | comments

rajni

दक्षिण भारतका सुपर स्टार रजनीकान्तको फिल्म कबाली शुक्रबार रिलिज भएको छ । फिल्मको पहिलो शो बिहान ४ बजे थियो । कबाली संसारभर गरी ४००० स्क्रीन्समा रिलिज भएको छ ।

पी रञ्जितको निर्देशनमा बनेको यो फिल्म ११० करोडमा बनेको हो । ट्रेड एनालिस्टले फिल्मले वल्र्डवाईड एक दिनमै २०० करोड कमाउने अनुमान लगाएका छन् ।

फिल्ममा रजनीकान्तको पहिलो पटक पर्दामा वास्तविक उमरे देखिने छ । उनी फिल्ममा ५६ वर्षको अर्धबैसे र २५ वर्षको युवाको भूमिकामा छन् । प्रस्तुत छन् फिल्मसँग जोडिएका केहि चाखलाग्दा कुराहरु

– रजनीले ग्रे दाह्रीमा ५ दिनसम्म सुटिङ गरेका थिए ।

– रजनी फिल्ममा दोस्रो पटक डन बनेका छन् । उनी यस फिल्ममा ५६ बर्षीय डनको भूमिकामा छन् । यो भन्दा पहिले उनी १९९५ मा आएको फिल्म बाशामा मुम्बई बेस्ड डनको भूमिकामा थिए ।

–कबालीको टिजरमै रजनीकान्तले कार ड्रिफ्ट गरेको देखिएका छन् । उनले यो डबल बडीको सहारा बिना नै गरेको बताईएको छ । रजनीको ड्राईभिङ सीप देखेर सुटिङ स्थलमा उपस्थित सबै छक्क पर्थे भन्ने खबर पनि छ ।

– १७ डिसेम्बर २०१५ बाट शुरु भएको फिल्मको सुटिङ जनवरी ३१,२०१६ मा सकीएको थियो । कूल मिलाएर १०६ दिनमा फिल्मको सुटिङ सकिएको थियो ।
कबालीको लगानी ११० करोड तर रिलिज पूर्व नै कमायो २०० करोड

– रिलिज पहिले नै फिल्मले स्याटलाईट र डिस्ट्रीब्युसन अधिकार २०० करोडमा बेचेको हो । जबकी फिल्मको कूल लगानी ११० करोड छ ।

– फिल्म भारत बाहिर पनि रिलिज भएको छ । विदेशमा १००० स्क्रीन्समा रिलिज भएको यो फिल्म युकेमा ५०० स्क्रीन्समा, युरोपमा १००, श्रीलंका र अस्ट्रेलियामा १७५ र मलेसिया र सिंगापूरमा २२५ स्क्रीन्समा रिलिज भएको छ । भारतमा ३००० स्क्रीन्समा रिलिज भएको छ ।

– मुम्बईको ७० बर्ष पूरानो सिनेमा हल अरोडा थियटरमा बिहान ४ बजे पहिलो शो देखाइृएको थियो ।

– कबालीमो क्रेज देखेर चेन्नई र बेगंलोरका केहि कम्पनिहरुले कर्मचारिहरुलाई २२ जुलाई अर्थात शुक्रबरको लागि छुट्टी दिएका छन् । फिल्म हेर्नको लागि कर्मचारिहरुले छुट्टी माग्ने भएपछि कम्पनिले सबैलाई शुक्रबार छुट्टी दिएको हो ।

– फिल्ममा रजनीकान्तकी पत्नीको भूमिकामा अभिनेत्री राधिका आप्टे छिन् । त्यस्तै अभिनेत्री धंसिका रजनीकी छोरीको भूमिकामा छिन् । त्यस्तै अर्की अभिनेत्री श्रत्विका मीराको रोलमा छिन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK