कपिल शर्माको शोमा कहिले देखिएनन् यी सेलिब्रेटी

ENGLISH

ENTERTAINMENT

कपिल शर्माको शोमा कहिले देखिएनन् यी सेलिब्रेटी

4 January, 2017 | Bhawana Pathak | 830 Views | comments

कपिल शर्माको शो बलिउड फिल्मको प्रोमोशनका लागि एउटा महत्वपूर्ण प्लेटफर्म बनिसकेको छ । सलमान खान, शाहरुखदेखि अमिताभ बच्चनदेखि अक्षय कुमारसम्म बलिउडका थुप्रै चर्चित स्टार्स यो कार्यक्रममा आफ्ना फिल्मको प्रचार गरिसकेका छन् ।

kapil-sharma_ibnlive

तर सेलिब्रिटीको यो भिडमा यस्तो नाम पनि छ जो अहिलेसम्म कपिलको कुनै पनि कार्यक्रम (‘कमेडी नाइट्स विद कपिल’ र ‘द कपिल शर्मा शो’) मा देखिएका छैनन् । उदाहरणका लागि आमिर खानलाई लिनुहोस् ।

सन् २०१३ देखि कपिलले टेलिभिजनमा कमेडी कार्यक्रम प्रस्तुत गरिरहेका छन् । त्यति बेलादेखि आमिरको तीन फिल्म ‘दंगल’ (२०१६), ‘पीके’ (२०१४) र धूम–थ्री (२०१३) रिलिज भइसकेको छ । तर उनी आफ्ना कुनै पनि फिल्मलाई प्रोमोट गर्नका लागि कपिलको कार्यक्रममा पुगेका छैनन् ।

रजनीकान्तः

सन् २०१३ देखि अहिलेसम्म रजनीकान्तको तीन फिल्म ‘कबाली’ (२०१६), ‘लिंगा’ (२०१४) र ‘कोचडयान’ (२०१४) रिलिज भइसकेको छ । तर दर्शकहरुले अहिलेसम्म पनि उनको कपिल शर्माको कार्यक्रममा आउने प्रतिक्षा गरिरहेका छन् ।

संजय दत्तः

सन् २०१३ र २०१४ मा संजय दत्तका चारवटा फिल्म कमेडी नाइट्स विद कपिल सुरु भएपछि रिलिज भए । तर एकपटक पनि उनी आफ्ना कुनै पनि फिल्म प्रचार गर्नका लागि कपिल शर्माको कार्यक्रममा पुगेनन् ।

श्रीदेवीः

श्रीदेवी अहिलेसम्म कपिलको कुनै पनि कार्यक्रममा देखिएकी छैनन् । तर एउटा वास्तविकता यो पनि हो कि सन् २०१३ देखि अहिलेसम्म उनको कुनै ठूलो फिल्म रिलिज पनि भएको छैन । सन् २०१७ मा उनको फिल्म ‘मम’ रिलिज हुने बताइएको छ । अब हेर्नु यो छ कि दर्शकले उनलाई कपिलको कार्यक्रममा देख्न पाउने छन् कि छैनन् ।

नाना पाटेकरः

सन् २०१५ मा नाना पाटेकरको फिल्म ‘अब तक छप्पन टु’ र ‘वेलकम ब्याक’ रिलिज भएको थियो । त्यतिबेला कपिल ‘कमेडी नाइट्स विद कपिल’ शो होस्ट गरिरहेका छन् । अनिल कपुर र जोन अब्राहम ‘वेलकम ब्याक’ को प्रोमोट गर्न पुगेका थिए तर नाना भने एकपटक पनि अतिथी बनेर कार्यक्रममा उपस्थित भएनन् ।

राधिका आप्टेः

सन् २०१३ देखि अहिलेसम्म आप्टेको ‘बदलापुर’, ‘हंटर’, ‘माझीः द माउन्टेन म्यान’, ‘कौन कितने पानी मे’, ‘पाच्र्ड’ र ‘कबाली’ जस्ता थुप्रै फिल्ममा देखिइन् । तर उनी अहिलेसम्म कपिलको कार्यक्रममा आफ्नो कुनै पनि फिल्म प्रोमोट गर्न पुगिनन् ।

स्वरा भास्करः

स्वरा सन् २०१३ देखि अहिलेसम्म ‘रांझणा’, ‘मछली जलकी रानी हे’, ‘तनु वेड्स मनु रिटन्र्स’ र ‘निल बटे सन्नाटा’ जस्ता फिल्मको हिस्सा बनिसकेकी छिन् । तर कुनै पनि फिल्मलाई प्रोमोट गर्नका लागि कपिलको कार्यक्रममा पुगिनन् । यद्यपी, सन् २०१६ अप्रिलमा उनको फिल्म ‘निल बटे सन्नाटा’ द कपिल शर्मा शो को लञ्चभन्दा एक दिन पहिले रिलिज भएको थियो । त्यतिबेला उनले उनको शो फिल्म रिलिज हुनुभन्दा पहिले लञ्च भएको भए प्रोमोसनको लागि मौका पाइन्थ्यो कि भनेकी थिइन् ।

सचिन तेन्दुल्करः

स्रोतलाई मान्ने हो भने कपिल शर्मा आफैंले पनि सचिन तेन्दुल्करलाई आफ्नो कार्यक्रममा निम्त्याउन चाहेका छन् तर उनी अहिलेसम्म कपिलको पाहुना बनेका भने छैनन् ।

महेन्द्र सिंह धोनीः

क्रिकेटर महेन्द्र सिंह धोनी अहिलेसम्म ‘द कपिल शर्मा शो’ को पाहुना बनेका छैनन् । रिपोर्टका अनुसार सन् २०१६ मा जब उनको बायोपिक रिलिज भएको थियो तब उनी सुशान्त सिंह सँगै कपिल शर्माको कार्यक्रममा आउने बताइएको थियो । यद्यपी, न धोनी पुगे न नै सुशान्त ।

अक्षय खन्नाः

अक्षय खन्ना कपिलको कार्यक्रममा कहिले पनि पाहुना बनेका छैनन् । सन् २०१६ मा फिल्म ‘ढिसुम’मा उनले नेगेटिभ क्यारेक्टरको साथमा ४ वर्ष पछि फिल्ममा फिर्ता भए । फिल्मको प्रोमोट गर्नका लागि वरुण धवन, जोन अब्राहम र ज्याकलिन फर्नान्डेज ‘द कपिल शर्मा शो’ मा पुगे । तर अक्षय खन्ना यहाँ उपस्थित भएनन् । जबकी उनी फिल्मको महत्वपूर्ण भूमिकामा थिए ।

रामदेवः

योगगुरु रामदेव सन् २०१६ को अक्टोबरमा डान्सिङ रियालिटी कार्यक्रम ‘सुपरडान्सर’ को पाहुना बनेका थिए र त्यहाँ उनले योगलाई प्रोमोट गरेको देख्न सकिन्थ्यो । यस्तोमा रामदेव कपिल शर्माको शोमा पनि पाहुना बन्ने आशा गरिएको थियो । यद्यपी, यो कहिले हुन्छ त्यो किटान गर्न मुश्किल छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘’ग्रेट लभ’’ मार्फत डेब्यू गर्दै शाश्वत श्रेष्ठ

पहिलो महिला चलचित्र निर्देशक तथा निर्देशक समाजकी अध्यक्ष सुचित्रा...

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो राज्य भेला नयाँ कार्यसमिती चयन गर्दै सम्पन्न

प्रवासी नेपाली मञ्च अमेरिकाको  दोश्रो कोलोराडो राज्यको भेलाले नयाँ कार्यसमिती...

विश्वकप

विश्वकपमा आज हुने तीन खेल

रसियामा जारी फिफा विश्वकप फुटबल २०१८ अन्तर्गत आज (आइतबार)...

नेपालको बजेट बारे हङकङमा अन्तरक्रिया

नेपाल च्याम्बर अफ कमर्स हङकङले नेपालको बजेट बारे अन्तरक्रिया...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK