कता हराइन सृष्टि

ENGLISH

ENTERTAINMENT

कता हराइन सृष्टि

26 May, 2017 | Bhawana Pathak | 545 Views | comments

मिस नेपाल-२०१२ की विजेता श्रृष्टि श्रेष्ठलाई अहिले नेपाली फिल्म क्षेत्रमा संभावना बोकेको अभिनेत्रीको रुपमा हेरिएको छ । गएको बर्ष रिलिज भएको फिल्म ‘गाजलु’ बाट नेपाली रजतपटमा भित्रिएकी श्रृष्टि अहिले युवापुस्ताका दर्शकमाझ सबैभन्दा बढी खोजिने अनुहार हो । ‘गाजलु’ मा उनको अभिनयलाई दर्शकहरुले खुबै रुचाए, जुन श्रृष्टिले सायद कल्पना पनि गरेकी थिइनन् । मिस नेपालको ताज जित्नु भन्दापनि बलीउड फिल्म ‘ज्याकपट’ को ‘कभी बादल बर्से’ गीतमा मोडलिङ्ग गरेपछि उनको चर्चाले शिखर चुमेको थियो । उनको बोल्ड लुक्सको चर्चा त्यसबेला बलीउडमा पनि खुबै भएको थियो । तर, उनलाई मुख्य भूमिकामा लिएर फिल्म निर्माण गर्ने आँट कुनै पनि नेपाली निर्माताले गर्न सकेका थिएनन् ।

यस्तैमा निर्माता रोहित अधिकारी भगवान बनेर आए श्रृष्टिका लागि । उनले अनमोल केसीको अपोटिजमा फिल्म ‘गाजलु’ मा श्रृष्टिलाई लिड रोलमा अनुवन्धित गरे । सायद सपनामा पनि सोचेकी थिइनन् श्रृष्टिले फिल्म ‘गाजलु’ ले स्टार बनाउला र आफू पनि अन्य सेलिब्रेटी जस्तै मिडिया र फ्यानको बिचमा घेरिउला तर सपनीमा नसोचेको कुरा पनि उनलाई ‘गाजलु’ ले विपनीमा पूरा गर्यो ।

‘गाजलु’ हिट भएपछि उनलाई आफ्नो फिल्ममा साइन गर्न लागेको नेपाली निर्माताहरुको भिडमा अहिलेपनि कम भएको छैन् तर उनले अहिलेसम्म ‘गाजलु’ पछि तीन फिल्म मात्र साइन गरेकी छिन् । दुई फिल्मको छायांकन सकिसकेको छ भने एक फिल्म चाँडै फ्लोरमा जाँदैछ । उनको गेस्ट रोल रहेको फिल्म ‘लालपूर्जा’ र मुख्य भूमिका रहेको ‘रोमियो एन्ड मुना’ को छायांकन सकिसकेको छ भने चाँडै ‘लाउरे’ फ्लोरमा जाँदैछ ।

गएको बर्ष रिलिज भएको ‘गाजलु’ पछि कुनै पनि फिल्ममा नदेखिँदा उनका प्रशंसकहरुलाई अहिले श्रृष्टि के गर्दैछिन् ? भन्ने जिज्ञासा पालेर बसेका छन् । केही महिनायता नायक सौगात मल्लसँगको अफेयरका कारण पनि चर्चामा रहेकी श्रृष्टिको संभवत यस बर्ष दुई फिल्म रिलिज हुन सक्छन् ‘लालपूर्जा’ र ‘रोमियो एन्ड मुना’ । हुनत, ‘रोमियो एन्ड मुना’ को रिलिज भदौ ८ गतेलाई फाइनल गरिसकेको छ तर यो मितिमा अनमोल केसी स्टारर फिल्म ‘कृ’ आउने यसअघि नै तय भैसकेको छ । यसकारण पनि ‘रोमियो एन्ड मुना’ यो मितिमा आउने वा नआउने भन्नेमा टंगो लागेको छैन् । यो फिल्ममा श्रृष्टिले एक सोझी गाउँकी यूवती ‘मुना’ को भूमिका निर्वाह गरेकी छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK