कता गायब भए आर्यन

ENGLISH

ENTERTAINMENT

कता गायब भए आर्यन

19 January, 2017 | Bhawana Pathak | 865 Views | comments

वर्ष ०७३ साल नायक आर्यन सिग्देलका लागि फिल्म बिहिन वर्ष हुन जाने भएको छ । केमियो रोल गरेको ब्ल्कबस्टर फिल्म ‘छक्का पञ्जा’ बाहेक आर्यनको यो साल कुनै पनि फिल्म प्रदर्शनमा आउने छैनन् भने उनले कुनै फिल्मको सुटिङ पनि गरेका छैनन् । आर्यनको यो वर्ष विदेश घुमघाम र आराम गर्दैमा बित्ने छाँटकाँट देखिएको छ । त्यसैले पनि फिल्म नगरीमा चर्चा चल्न थालेको छ, आर्यनले फिल्म नपाएका कि नखेलेका ?

aaryan-sigdel-hero

उसो त आर्यनले निर्माता सुवास गिरीसँगको साझेदारीमा फिल्म ‘क्लासिक’ निर्माण गर्दा नै होम प्रोडक्सन भन्दा बाहिरका फिल्म अभिनय नगर्ने बताएका थिए । बाहिरी ब्यानरका फिल्ममा अभिनय गर्ने तर आफ्नो ब्यानरसँग साँझेदारी गर्नु पर्ने आर्यनको सर्त थियो । कतै यो सर्त मान्न निर्माता तयार नभएका त होइनन् ? अर्कोतिर गत साल प्रदर्शनमा आएको फिल्म ‘क्लासिक’ ले सोचे जस्तो उत्कृष्ट व्यापार नगरेका कारण पनि आर्यन फिल्म बनाउन र अभिनय गर्नबाट पछि हटेको फिल्मी बजारमा विश्लेषण छ । यो सँगै नयाँ फिल्म बनाउने निर्माता तथा निर्देशक नयाँको खोजीमा लाग्दा आर्यन जस्ता चल्तीका नायक नायिकालाई घाटा पुगेको छ ।

‘पर्व’ पछि निर्देशक दिनेश राउतलाई लिएर फिल्म खिच्न फ्लोर पस्ने योजनामा रहेका आर्यन सञ्चारकर्मी श्याम अर्यालले निर्माण गर्ने ‘मरिना’ को सेटमा उत्रिएला कि नउत्रिएलान् ? त्यो चसोको विषय बनिरहेको छ । जे होस् बर्षमा एउटा पनि फिल्म रिलिज र सुटिङ नहुँदा चाहिं आर्यनले कतै फिल्म नै नपाएका त होइनन् ? भन्ने चर्चा फिल्म नगरीमा चलिरहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK