कतार : ३२ प्रतिशत युवाको रोजाइको गन्तव्य

ENGLISH

NRN GLOBAL

कतार : ३२ प्रतिशत युवाको रोजाइको गन्तव्य

कतार : ३२ प्रतिशत युवाको रोजाइको गन्तव्य

22 July, 2017 | Sandeep Bhattarai | 1035 Views | comments

कतार : ३२ प्रतिशत युवाको रोजाइको गन्तव्य

देशमै पर्याप्त रोजगारीको अवसर नहुँदा वैदेशिक रोजगारीका लागि पलाएन हुने युवाको संख्या बढ्दो छ । वैदेशिक रोजगारीमा जाने युवामध्ये ३२ प्रतिशतको रोजाइ कतार भएको छ ।

आर्थिक वर्ष २०७३/७४ मा मात्रै दुई लाख पाँच हजारभन्दा बढी युवा वैदेशिक रोजगारीका लागि कतार पुगेको वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयले जनाएको छ । गत आवमा वैदेशिक रोजगारीका लागि बिदेसिएका युवाको संख्या भने ६ लाख ४० हजार ६ सय ४२ छ ।

कतार जाने युवाको संख्या दुई लाख पाँच हजार सात सय ५६ रहेको छ । आर्थिक वर्ष २०७२/७३ मा कतार जानेको संख्या करिब साढे एक लाख हाराहारी थियो । सरकारले २०७२ असारदेखि लागू गरेको फ्री भिसा तथा टिकटको निर्णयसँगै ओरालो लागेको वैदेशिक रोजगारीको क्षेत्रसमेत लयमा फर्केको हो ।आव ०७२/७३ मा चार लाख १८ हजार नेपाली कामका लागि बिदेसिएका थिए भने आव ०७१/७२ मा पाँच लाख १२ हजार युवा रोजगारीका लागि बाहिरिएका थिए ।

सरकारले ल्याएको फ्री भिसा तथा टिकट र २०७२ सालको शक्तिशाली भूकम्पले पनि रोजगारीका लागि विदेशिने युवाको संख्यामा कमी आएको थियो ।

आव २०७२/७३ मा विदेश जानेको संख्यामा झन्डै ३५ प्रतिशतले वृद्धि भएको कार्यालयले जनाएको छ ।

म्यानपावर व्यवसायीले सरकारको फ्री भिसा तथा टिकटको निर्णयले वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी आएका बताएका थिए । तर, लागू गरेको वर्ष व्यवसायीको आन्दोलन तथा हड्तालले बिदेसिने युवाको संख्यामा कमी आए पनि गत आवका त्यसमा सुधार भएको थियो ।

सरकारले नेपालबाट एक सय १० भन्दा बढी राष्ट्रमा वैधानिक रूपमा श्रम स्वीकृति दिएर युवालाई रोजगारीका लागि विदेश पठाउने गरेको छ । सबैभन्दा बढी युवा रोजगारीका लागि जाने मुलुक मलेसियासहित खाडीका ६ राष्ट्र हुन् । देशले प्राप्त गर्ने रेमिटेन्स रकममा पनि यी राष्ट्रको ९० प्रतिशत योगदान छ ।
आव २०७३/७४ मा नयाँ कामका लागि मात्रै म्यानपावरमार्फत तीन लाख ५५ हजार एक सय ४४ युवा विदेश पलायन भएका थिए ।

वैदेशिक रोजगारीमा जाने युवाले पनि म्यानपावर व्यवसायीले भनेको शुल्क तिर्ने र विदेशमा गएर समस्या आएपछि मात्रै आफू ठगिएको उजुरी गर्ने चलन बढ्दो छ ।

त्यसमा कतार पहिलो नम्बरमा छ । कतारमा एक लाख १३ हजार चार सय ४८ जना र मलेसिया ९५ हजारभन्दा बढी छन् । मलेसिया नयाँ काममा लागि जानेको संख्यामा पनि सुधार आएको छ । तर, कतार जाने संख्या भने निरन्तर बढ्दो छ । पछिल्लो दूई महिना कतारमा गल्फ राष्ट्रले लगाएको नाकाबन्दीको ४० प्रतिशतसम्म गिरावट आएको थियो । यो संख्या पनि विस्तार बढ्दै गएको कार्यालयको भनाइ छ ।

गत आवमा मात्रै विदेशबाट नेपाल आई पुनः विदेश जानेको संख्या पनि दुई लाख ५६ हजार सात सय ७० छ । जसमा कतार जानेको संख्या नै बढी छ । कतार जाने ८४ हजार, साउदी अरब ६८ हजार र मलेसिया २४ हजार छन् । यसैगरी गत आवमा व्यक्तिगत भिसामा मात्रै आठ हजार चार सय ४८ युवा विदेश पलायन भएका थिए भने एकल बैधानीकरण गरेर जानेको संख्या २० हजार दुई सय ६७ छ ।

रोजगारीका लागि विदेश जाने ६ लाख ४० हजारमध्ये ३३ हजार तीन सय ३२ महिला छन् । सरकारले मलेसियालगायत खाडीका ६ राष्ट्रमा म्यापावर कम्पनीले १० हजार सेवा शुल्य लिएर कामदार पठाउनु पर्ने नियम लागू गरेको दुई वर्ष हुँदा पनि कार्यान्यवन हुन सकेको छैन । म्यानपावर व्यवसायीले कागजी रूपमा १० हजारको रसिद काटे पनि युवाले एक लाख रुपैयाँसम्म बुझाएका छन् । सरकारले पनि व्यवस्थित रूपमा फ्री भिसा तथा टिकटको कार्यान्यवन गर्न नसक्दा व्यवसायी खारेजीमा लागेका छन् । वैदेशिक रोजगारीमा जाने युवाले पनि म्यानपावर व्यवसायीले भनेको शुल्क तिर्ने र विदेशमा गएर समस्या आएपछि मात्रै आफू ठगिएको उजुरी गर्ने चलन बढ्दो छ ।

कतारमा आकर्षण किन
दुई वर्षदेखि कतारका रोजगारदाता कम्पनीले नेपालबाट धेरै कामदार लगिरहेका छन् । कतारमा २०२२ मा हुन लागेको विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माण गर्ने काममा धेरै युवा कतार पुगेका हुन् ।

सरकारले फ्री भिसा तथा टिकटको निर्णय लागू गरेपछि मलेसियालगायत दुबई, साउदी अरबबाट म्यानपावर व्यवसायीले राम्रा कम्पनीको डिमान्ड नल्याउँदा पनि युवा कतार जान बाध्य भएका छन् । मलेसियाका रोजगारदाता कम्पनीले पनि नेपालका म्यानपावर व्यवसायीलाई कामदार पठाएबापत सेवा शुल्क पनि नदिने हुँदा व्यवसायीले कामदारलाई फकाई फुलाई कतार पठाउने गरेका छन् ।

दुई वर्ष पहिले मलेसिया पहिलो र साउदी अरब दोस्रो गन्तव्य राष्ट्र थिए । पछिल्लो सयम कतारलाई एक्लाउने गल्फ राष्ट्रहरूको कदमले कामदारमा केही त्रास सिर्जना गरेको छ ।

अन्नपूर्ण पोस्टबाट

एनआरएनएलाई खाडीका कामदार पुग्यो जस्तो छ

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK