कतार स्टेडियममा बिनातलब काम गर्दै नेपाली

ENGLISH

NRN GLOBAL

कतार स्टेडियममा बिनातलब काम गर्दै नेपाली

28 September, 2018 | Kabiraj Adhikari | 9485 Views | comments

कतारले सन् २०२२ मा विश्वभरका अर्बौं मानिसको ध्यान आकर्षित गर्दै विश्वकप फुटबल आयोजना गर्दैछ । तर, त्यही विश्वकप आयोजना गर्ने स्टेडियम बनाउन वर्षौंदेखि काम गर्दै आएका नेपालीलाई भने २ वर्षसम्म काम लगाएर बिनातलब नेपाल फर्काएको छ ।

सन् २०२२ को फिफा विश्वकपको संरचना निर्माणको जिम्मा पाएको मर्करीमिना नामक कम्पनीले ३४ नेपाली कामदारलाई दिनुपर्ने झन्डै ६८ लाख रुपैयाँ भुक्तानी नदिइ नेपाली युवालाई भोकभोकै नेपाल फर्काएको पाइएको छ । बिनातलब युवा स्वदेश फर्कनुमा त्यहाँस्थित नेपाली दूतावासको बेवास्ता नै प्रमुख कारण रहेको पीडितले गुनासो गरेका छन् । सो कम्पनीमा कार्यरत ३४ नेपालीले पटकपटक नेपाली नियोग, वैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीलाई सहयोगका लागि अनुरोध गर्दा पनि सुनुवाई नभएपछि बिनातलब स्वदेश फर्किएका थिए । ति कामदार फर्केको महिनौं बिते पनि नेपाल सरकारले सो कम्पनीबिरुद्ध कुनै प्रतिक्रिया दिएकोे छैन । विगतदेखि नै श्रमिक भर्ना गर्ने एजेन्सीहरूको गैरकानुनी कामकारवाहीलाई नेपाल सरकारले रोक्न कडा कदम चाल्न नसक्दा सयौं कामदार अभैm पनि कतारमा बिनातलब काम गरिरहेका छन् ।

यसरी हेर्दा कतारमा आफ्ना नागरिकहरूलाई यथेष्ट सहयोग उपलब्ध गराउन पनि नेपाली निकायहरू बिफल भएको एम्नेस्टी इन्टरनेसनलले बिहीबार सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ । उदाहरणका लागि मर्करीमिनाका नेपाली श्रमिकहरू सन् २०१७ मा महिनौंदेखिको तलब भुक्तानी नपाएको अवस्थामा आवासमा अलपत्र रहेको जानकारी हुँदासमेत सरकारले बेवास्ता गरेको रिपोर्टमा उल्लेख छ । नेपाली निकायहरूलाई आफ्ना नागरिकले वर्षौंसम्म तलब नपाउने अवस्थाका बारेमा कम्तिमा पनि चारपटक जानकारी गराइएको थियो । त्यसमध्ये दुईपटक श्रमिकहरू आफैंले र दुई पटक एमनेस्टी इन्टरनेसनलले जानकारी गराएको थियो । तर, आफ्नो बाँकी तलब भुक्तानी वा घर फर्कने व्यवस्थाका लागि सहयोग गर्न उनीहरूले गरेको अनुरोध निकायले बेवास्ता गरको पीडितले बताएका छन् । अधिकांश नेपालीले जनही न्यूनतम २ लाख रुपैयाँबराबर तलब नपाएको बताएका छन् । यतिधेरै नेपाली कामदारलाई तलब नदिने सो मर्करीमिनालाई नेपाल सरकारले कालोसूचीमा सूचिकृत नगरेको रिपोर्टमा उल्लेख छ ।

कतारले सन् २०१७ मा घोषणा गरेको श्रम सुधारका कार्यक्रम र हालै घर स्वेच्छिक घर फिर्ताबाहेकका कतारको श्रम कानुन अझै पनि अन्तर्राष्ट्रिय मापदण्डहरूसँग मेल नखाने रिपोर्टमा उल्लेख छ । कतारका रोजगारदाताले अझै पनि श्रमिकहरूलाई काम परिवर्तन गर्नबाट रोक्न सक्नेसम्म कानुन रहेको उल्लेख छ । अबको विश्वकप आयोजना गर्ने तयारीमा जुटेको कतारका रोजगारदातासँग अभैm पनि अनुमतिबेगर काम परिवर्तन गर्ने श्रमिकहरूलाई भगौडाको आरोप लगाएर मुद्दा चलाउनसक्ने अधिकार छ । कतारले समस्यामा परेका श्रमिकहरूका लागि कोष स्थापना गर्ने र न्यूनतम पारिश्रमिकको नयाँ दर निर्धारण गर्ने जस्ता सुधारका कार्यक्रम सार्वजानिक गर्ने जनाएपनि काम भने हुन सकेको छैन ।

जबर्जस्ती श्रमसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धिलगायत नेपाल र कतारले अनुमोदन गरेका विभिन्न अन्तर्राष्ट्रिय सन्धिअनुसार आप्रवासी श्रमिकहरूलाई संरक्षण प्रदान गर्नका लागि नेपाल र कतारले काम गर्न नसकेको उल्लेख छ । विश्वकप २०२२ अघि नै श्रमिक अधिकारको आफ्नो रेकर्ड सुधार्ने विषयमा कतार सरकार लागिरहेका बेला यस्ता समस्याका विषयमा नेपाल सरकारले ध्यान दिन जरुरी छ । मर्करीमिनाले भने अविश्वासिलो व्यावसायिक साझेदारहरूको कारण श्रमिक, ठेकेदार तथा ग्राहकसँग हुने कयौँ भुक्तानीहरूमा पनि विवाद हुने गरेको बताएको छ । -कारोबारबाट ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK