कतार प्रदेश नं १ को समन्वय समिति गठन

ENGLISH

NRN GLOBAL

कतार प्रदेश नं १ को समन्वय समिति गठन

25 November, 2017 | Sandeep Bhattarai | 775 Views | comments

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य पुर्नसंरचनाको कार्यन्वयको क्रममा पहिलो पटक प्रदेश सभाको निर्वाचन हुनु केहि दिन अगाडि कतारमा प्रदेश स्तरिय संस्था स्थापना भएको छ ।

बिशेष गरी कतार स्थापित भई कतार र नेपालका आ–आफ्नो क्षेत्रमा उल्लेखनिय गतिविधिहरु गरिरहेका १ नं. प्रदेश अन्र्तगतका जिल्ला संस्थाहरुलाई समन्वय गर्ने उद्देश्यका साथ प्रदेश नं. १ समन्वय समिति गठन भएको छ । प्रदेश १ नं. अन्र्तगतका जिल्ला संस्थाका प्रमुख, पुर्व प्रमुख, अग्रज तथा प्रतिनिधिहरुको भेलाले चुडामणी कार्की (झापा) को संयोजकत्वमा प्रकाश गुरुङ (खोटाङ) र रामसागर मेहता (सुनसरी) सह–संयोजक, टि. एन. बराल (मोरङ) सदस्य-सचिव, गोपाल खतिवडा (ताप्लेजुङ) आर्थिक संयोजक एवं प्रदेश नं. १ का १४ वटा जिल्लाबाट १/१ जना प्रतिनिधि सदस्य रहने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

उक्त समितिले विधान वा कार्यसम्पादन निर्देशिका बनाउने लगायतका आवाश्यक तयारी सम्पन्न गरी चाडै नै साधारण सभा आयोजना गर्ने छ ।समितिलाई आवाश्यक सुझाव, सल्लाह तथा उर्जा प्रदान गर्न १५ जना अग्रज व्यक्तित्वहरुलाई समितिको सल्लाहकार चयन गरिएको छ । जसमा टि. बि. कार्की, उमेश अधिकारी, बिनोद भट्टराई, बिनेश तामाङ, कुमार कार्की, नविन पोख्रेल, राम गुरुङ, दिल किरण खजुम, लोक बहादुर तामाङ, छबिरमण कटुवाल, तुल्सी सुवेदी, चेतनारायण श्रेष्ठ, नरेश श्रेष्ठ र हरी कुमार बस्नेत छन् ।

यो समितिले जिल्ला संस्थाहरुलाई आधार मानेर तिनका गतिविधिहरुलाई थप प्रभावकारी बनाउन आवाश्यक सहयोगात्मक कार्यहरु गर्ने, संस्थागत, सामाजिक नेतृत्व विकास उत्प्रेरक भुमिका निर्वाह गर्ने, समग्र १ नं. प्रदेशको सरोकार रहने बिषयहरुलाई साझारुपमा अघि बढाउने, प्रादेशिक स्तरका मानविय, कल्याणकारी, सांस्कृति, सांगितिक, सामाजिक गतिविधिहरु संचालन गर्ने र कतारको नेपाली समाजमा प्रदेश नं. १ को अझ जिम्मेबार एवं प्रभावकारी उपस्थिको लागि समन्वयात्मक भुमिका खेल्ने बताईएको छ । आजको भेला अशोक कुमार तामाङको संयोजकत्वमा सम्पन्न भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK