कतार नेपाली एकता समाज अलखोर रस्लाफानको एरिया समिति गठन

ENGLISH

NRN GLOBAL

कतार नेपाली एकता समाज अलखोर रस्लाफानको एरिया समिति गठन

उद्धव मगर,दोहा कतार

3 July, 2017 | Sandeep Bhattarai | 755 Views | comments

कतार नेपाली एकता समाज

कतार नेपाली एकता समाज अलखोर रस्लाफान एरिया समिति गठन भएको छ ।सनैया सी एरिया समितिका कोषाध्यक्ष थमन पुनको विशेष पहलमा जुन ३० का दिन एरिया समिति गठन भएको हो ।

उक्त कार्यक्रममा अध्यक्षता दिपेश भण्डारीको रहेको यस कार्यक्रममा प्रमुख अतिथी कतार नेपाली एकता समाजका लुमाकान्त पुन विशेष अतिथी कतार नेपाली एकता समाजका केन्द्रिय सदस्य राम प्रसाद पराजुली र हाँक सापताहिक पत्रकार उद्धव मगरको उपस्थिती रहेको थियो ।

सचिव दिल बहादुर ओलीको संचालन उक्त कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले कतार नेपाली एकता समाज स्थापना गर्नुको मुख्य उद्देश्यको विषयमा प्रस्ट पार्नु भएको थियो । उहाँले कतारमा विभिन्न जिल्लावासी संगठन लगायत यहाँ क्रियाशिल संगठनहरु लगभग १५० को हाराहारीमा रहेको र त्यस संगठन भन्दा कतार नेपाली एकता समाजको छुट्टै भिजन भएकोले कतारमा रहेका आम मजदूरहरु यस संगठनप्रति अति नजिक रहेको बताउनु भयो ।

साथै कतार नेपाली एकता समाजले विशेष त आम शोसित पिडित मजदूरहरुकै आवाज उठाउदै आएको र आगामी दिनहरुमा पनि कतार नेपाली एकता समाजले आम मजदूरले भोक्दै आएका दुःख पिडाको विषयमा आफ्नो संगठनले निरन्तर लागि पर्ने कुरा राख्दै गठन हुदै गरेको समितिलाई अग्रिम शुभकामना दिनु भएको थियो ।

समितिका पदाधिकारीहरु यस प्रकार छन्
अध्यक्ष, दिपेश भण्डारी, उपाध्यक्ष, पुष्प लाल पुन, कोषाध्यक्ष, धर्मजित वि.क, सचिव दिल बहादुर ओली, सदस्यहरु चन्द्र घताने, सुरेन्द्र पुन, सन्तोष मल्ल, भुमीराज रम्जाली , हुमराज दजी, अशोक वि.क, राजेश धिमाल, दिपेश मण्डल, दिलेन्द्र रोकका, रामकाजी कट्टुवाल, फत बहादुर वि.क., श्याम पुन, निर बहादुर सिंजाली मगर, रहनु भएको छ भने ४ सदस्यी सल्लाहाकार चयन गरिएको छ ।

अन्तमा कार्यक्रममा सुरुदेखि अन्तसम्म उपस्थित रहनु भएका सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम अत्यन्तै सौंहद्रपुर्ण वातावरणमा समापन भएको समितिका अध्यक्ष दिपेश भण्डारीले घोषणा गर्नु भएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK