कतारवाट सकारात्मक जवाफको आशा : परराष्ट्रमन्त्री अदिल अल–जुवैर

ENGLISH

NRN GLOBAL

कतारवाट सकारात्मक जवाफको आशा : परराष्ट्रमन्त्री अदिल अल–जुवैर

5 July, 2017 | Bipin Acharya | 680 Views | comments

साउदी अरबका परराष्ट्रमन्त्री अदिल अल–जुवैरले आफुहरुले राखेको मागको सकारात्मक जवाफ कतारले पठाउने आशा राखेको वताएका छन् ।

साउदी अरब, युएई, बहराइन र इजिप्टले राखेको १३ बुँदे मागको बिषयमा कतारले आफ्नो धारण सोमवार मध्यस्तता गरिरहेका कुवेतका अमिर शेख साबाह अल—अहमद अल जविर अल—साबाहलाई बुझाएको थियो । कतारले ती मागवारे राखेको जवाफ सार्वजनिक गरिएको छैन् ।

‘यो संकटलाई समाधान गर्नको सकारात्मक जवाफको आशामा छौं,’ साउदीको जेद्दामा आयोजित पत्रकार सम्मेलनमा साउदी परराष्ट्रमन्त्री जुवैरले भने,‘अबको परिक्षा कतारको जवाफमा भरपर्नेछ ।’

साउदीले १० दिनभित्र ती मागलाई सम्बोधन गर्न कतारलाई अल्टिमेटम दिएको थियो । १० दिनको सिमा नाघेपछि आइतवार थपेको ४८ घण्टाको समयभित्र कतारले जवाफ पठाएको थियो ।

कतारको जवाफवारे वुधवार इजिप्टमा हुन गइरहेको साउदी अरव, युएई, बहराइन र इजिप्टका परराष्ट्रमन्त्रीस्तरीय वैठ्कमा छलफल हुने जनाइएको छ । आतंककारीलाई आर्थिक सहयोग गरेको लगायत आरोप लगाउदै यी देशले जुन ५ देखि कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गर्दै जल, हवाई र स्थलमार्ग समेत विच्छेद गरेका थिए । कतारको स्थल सम्बन्ध साउदीसँगै मात्रै छ ।

साउदीले ‘कतारले इरान संगको कुटनीतिक सम्बन्ध अन्त्य गर्नुपर्ने, गल्फ काउन्सिल (जिसिसी)को सुरक्षामा दखल नपर्ने गरी इरानसंगको व्यापार तथा वाणिज्य कारोबार गर्न पाउने, कतारमा राख्ने भनिएको टर्की सैनिक बेस तत्काल हटाउने र टर्कीसंगको सैन्य अभ्यास बन्द गर्नुपर्ने, साउदी, युएई, बहराइन र इजिप्टले आतकंकारी घोषणा गरेको र भविष्यमा गर्ने संगठनसंगको सम्बन्ध आधिकारिक रुपमा अन्त्य गर्नपर्ने र सहगोग गर्न नपाउने, कतारमा रहेका साउदी, युएई, बहराइन र इजिप्ट, अमेरिका लगायत अरु देशले आतकंकारी घोषणा गरेको संगठन वा व्यक्तिलाई उनीहरुको आफ्नै देशमा बुझाउनपर्ने र उनीहरुको सम्पत्ति फ्रिज गरी उनीहरुको बसाई क्रियाकलाप र अन्य विवरण पेश गर्नपर्ने, अल जजिरा नेटर्वक र यसका अन्य संस्थाहरु खारेज गर्नपर्ने’ लगायत माग राखेको छ ।

त्यस्तै, छिमेकी देशको आन्तरीक मामिलामा हस्तक्षेप गर्न नपाउने, साउदी, युएई, बहराइन र इजिप्टले खोजी गरेका नागरिकलाई कतारी नागरिकता दिन नपाउने, कतारको नीतिले ज्यान तथा सम्पत्ति गुमाएका आफनो नागरिकलाई क्षतिपूर्ति दिनुपर्ने, साउदी अरवले २०१४ मा गरेको सम्झौता अन्र्तगत कतारले अरव देशसंग सैन्य, राजनीति, सामाजिक र आर्थिक सम्बन्धमा सहमत जनाउन पर्ने लगायत छ ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK