कतारमा सुमित्राको धुर्मुस सुन्तली नमुना बस्ति सहयोग संकलन अभियान

ENGLISH

NRN GLOBAL

कतारमा सुमित्राको धुर्मुस सुन्तली नमुना बस्ति सहयोग संकलन अभियान

13 June, 2016 | Sandeep Bhattarai | 530 Views | comments

sumitra“बगाउछौ कुलतमा पसिनाको कमाई
क्षणिक, मोज अनि मस्तिमा रमाई
गरौ काम पुन्यको पुनर्जन्मको लागि
नबसौ घमन्ड आडम्बरि पन जमाई !!”

हामी सबैलाई थाहा नै छ देशमा महाभूकम्पले तहस नहस बनाएको पनि १ वर्ष भैसक्यो तर अहिले सम्म पुन निर्माणको काम सरकारी तर्फबाट हुन सकिरहेको छैन बर्खा लागि सक्यो अहिले सम्म पनि धेरै पिडितहरु पाल मुनि बस्न बाध्य छन् । यस्तो अबस्थामा आफ्नो कुनै प्रवाह नगरी धुर्मुस – सुन्तली फाउण्डेसन द्वारा गत वर्ष काभ्रेमा एउटा नमुना वस्ती निर्माण गरेर सम्पूर्ण नेपालीहरुको आँखाको नानि बन्न सफल भएका थिए जसबाट धेरै भूकम्प पिडितहरुले घर पायका थिए यसै गरि अहिले फेरी धुर्मुस – सुन्तली फाउण्डेसनले भूकम्पबाट क्षतिग्रस्थ सिन्धुपाल्चोक जिल्लामा दोस्रो धुर्मुस–सुन्तली एकीकृत बस्ती निर्माण गरि भूकम्प पीडित गरिब समुदायहरुको चोटमा मलम लगाउने प्रयास गर्दैछन् तर उहांहरुसंग आर्थिक अवस्था कम्जोर रहेकोले देश विदेशबाट सहयोगको लागि आग्रह गरिरहेको र देश तथा विदेशबाट सहयोग गर्ने क्रम पनि जारि रहेको छ ।

यसै क्रममा हामि यति धेरै नेपाली रहेको यो देश कतारवाट पनि केहि मात्रामा भएपनि उहाँहरुको उक्त महान कार्यमा सहयोग गरौ भन्ने उद्देश्यका साथ मैले आजको दिन देखि धुर्मुस – सुन्तली फाण्डेसनले निर्माण गर्न लागेको नमुना वस्ती निर्मंणको लागी सहयोग संकलन अभियान सुरु गरेको कुरा तपाइहरु सम्पूर्णमा जानकारी गराउदै सक्दो सहयोग गरि यो सामाजिक अभियानलाई सफल परि दिनुहुन हार्दिक अनुरोध गर्दछु । आसा छ मेरो यो कदममा तपाई सम्पुर्णले साथ दिनुहुने छ ।

माथिको अनुरोध आफ्नो फेसबुकको वालमा पोस्ट गर्दै कतारमा रहेकी सुमित्रा लामिछानेले धुर्मुस सुन्तली नमुना बस्तीलाइ आर्थिक संकलन अभियान सुरु गरे लगतै सहयोगी मनका धनिहरुले उनको अभियानलाइ साथ दिने प्रतिबद्दता जनाउनेक्रम पनि सुरु भयो लामो समय देखि कतारमा व्यवसाय गर्दै आउनुभएका व्यवसायी तथा समाजसेवी सुष्मिता भुसालले १ लाख रुपैया दिने प्रतिबद्दता गरेर सुमित्राको मानवीय अभियानलाई साथ् दिए त्यसै गरि सागर घिसिंगले १० हजार रुपैया, उशन श्रेष्ठले ३००० रुपौया, आरजु भाट कतारी रियाल ५०१, लक्ष्मी प्रसाद उपाध्याय कतारी रियाल १०५, अक्तर हुसैन कतारी रियाल २०५, बालकृष्ण गिरि कतारी रियाल ५१, बिमल सुवेदी कतारी रियाल १०१, दोर्ण कार्की कतारी रियाल १११, लिला अधिकारि कतारी रियाल १११, दर्पण दंगाल कतारी रियाल ५१, बिमल अधिकारी कतारी रियाल ५१, अर्जुन चापागाई कतारी रियाल ५०५, सुनिल कार्की कतारी रियाल ५०१, राजु कोइराला कतारी रियाल २०१, प्रियंका कार्की कतारी रियाल १००५, शिव कार्की कतारी रियाल २५१ लगायतले प्रतिबद्दता र नगद सहयोग गर्दै सुमित्राको अभियानले गति लिएको छ ।

परिवारसंगै कतारमा बस्दै आएकी सुमित्रा विभिन्न संघ संस्थामा आवद्द भै सामाजिक अभियानमा सक्रिय छिन उनले व्यक्तिगतरुपमा सुरु गरेको यो अभियानले मुर्तरुप लिए संगै पछि कतारमा अन्य संस्थाले पनि यस्तै अभियान सुरु गरेका छन जसले जसरि गरे पनि धुर्मुस सुन्तलीको महान अभियानलाईनै सहयोग पुग्ने हुनाले सबैबाट सक्दो रकम संकलन गरि सहयोग पठाउनु पर्छ भन्ने उनको धारणा रहेको छ । उनले मेरो यो अभियानलाई कतारमा रहेका समाजसेवी व्यवसायी बुद्दिजीवी र संघसंस्था र पत्रकार मिडियाकर्मीहरुले साथ सहयोग रहोस भन्ने अपिल गर्दै अझै सहयोगी हातहरुको आपेक्षा गरेको छु भन्दै संकलित रकम सम्बन्धित धुर्मुस – सुन्तली फाउण्डेसनमा छिट्टै पठाउने जानकारी दिएकी छिन ।

ds

सुमित्राको यो अभियानलाई सम्मान गर्दै हामीले आआफ्नो ठाउबाट सहयोग गरौ । सरकारले गर्न ढिलाई गरेको काम धुर्मुस सुन्तलीले थोरै नै भए पनि गरेर देखाएका छन् हाम्रो सानो सहयोगले उनीहरुको अभियानलाइ सफल बनाउन सक्छ भने किन नगर्ने ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

फुटबलबाटै बाल शिक्षण

फुटबलबाटै बाल शिक्षण

कर्णाली प्रदेशको जुम्लामा स्थापित बालमैत्री एशिया ईन्टरनेश्नल मोडेल ईङ्लिस...

‘धुम–४’ मा अभिषेकलाई नखेलाउने निष्कर्षमा निर्माता

बलिउड अभिनेता अभिषेक बच्चन ‘धुम–४’ मा नदेखिने भएका छन्...

मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको शल्यक्रिया

पार्किन्सन्सबाट पीडित मदनकृष्णको दोस्रो शल्यक्रिया

गत भदौ २८ गते वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सन्सको...

एसिया कप

एसिया कप : अफगानिस्तानसंग पराजित भएसंगै श्रीलंका समूह चरणबाटै बाहिरियाे

श्रीलंका एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरियाे छ ।...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK