कतारमा सुतेकै ठाउँमा एक नेपाली मृत फेला

ENGLISH

NRN GLOBAL

कतारमा सुतेकै ठाउँमा एक नेपाली मृत फेला

12 July, 2017 | Bipin Acharya | 825 Views | comments

रोजगारीका सिलसिलामा कतारमा पुगेका खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ बाकाचोलका सर्वधन सुनुवारको मृत्यु भएको  छ। सामान्य जरोको बिरामी बनेका सुनुवारको सुतेकै ठाउँमा मृत्यु भएको जानकारी आएको बाकाचोलका वडाध्यक्ष सन्तबीर तामाङले बताए।

शनिबार बिहान ज्वरोको औषधि सेवन गरेर काममा गएपछि दिउँसो फर्किएर कोठामा सुतेका सुनुवार पुन साँझमा काममा जानेक्रममा ओछ्यानमा मृत भेटिएको सँगै रहेका साथीहरुको भनाई छ। काममा हिँड्नेबेलासम्म पनि नआएपछि बोलाउन जाँदा उनी मृत फेला परेका थिए। उनको शव हमाद अस्पतालमा राखिएको छ।

१२ वर्षदेखि कतारमा काम गर्दै आएका सुनुवार बेला–बेलामा घर आउने जाने गरेका थिए। उनी पछिल्लोपल्ट असार तेश्रो साता घर आएर कतार फर्किएको वडाध्यक्ष तामाङले जनाए ।

कतारको श्रम कानून परिवर्तनपछि उनीले ५ महिनाअघि कम्पनी परिवर्तन गरेर नयाँ कम्पनीमा काम गर्न थालेका थिए। सुनुवार सेवा समान कतार शाखाको प्रथम उपाध्यक्ष रहेका उनको शव घरैमा ल्याउने तयारी भइरहेको छ।

नागरिक बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK