कतारमा मोती जयन्ती तथा अनेसासको पाँचौ अधिवेशन सम्पन्न

ENGLISH

NRN GLOBAL

कतारमा मोती जयन्ती तथा अनेसासको पाँचौ अधिवेशन सम्पन्न

16 September, 2015 | Sandeep Bhattarai | 975 Views | comments

घनश्याम पराजुली/दिलिप पराजुली , दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्यापटरको पाँचौ अधिवेशन सम्पन्न भएको छ । दोहाको टपर्फम रेष्टुरेन्टमा अनेसास कतारको अधिवेशन , १५० औं मोती जयन्ती समारोह–२०१५, खुल्ला गजल प्रतियोगिता तथा अनेसास नबोदित साहित्यिक वाचन श्रृंखलाको ४९ औं डबली एकै साथ आयोजना गरिएको थियो ।

moti

अनेसासका अध्यक्ष तिर्थसंगम राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथीमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडे रहेका थिए ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्यापटरको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनबाट पुनः तिर्थसंगम राई निर्वाचित भएका छन । प्रथम उपाध्यक्षमा श्यामराज रानाभाट , द्धितिय उपाध्यक्षमा प्रेम प्रसाद भट्टराई , महासचिवमा सिताराम थापा , सचिवमा निरन्जन प्रभात लुईटेल , कोषाध्यक्षमा मणी पौडेल र सह–कोषाध्यक्षमा ईनोसेन्ट राजन निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा महेश्वर नेपाल , लेख कार्की , विन्देश्वर ठाकुर र हरि बिनोद अधिकारी निर्वाचित भएका छन । पाँचौ अधिवेशनलाई सम्पन्न गर्नका लागी निर्वाचन समितीमा संयोजक बिल गुरुङ्ग साथै सदस्यमा क्रान्ति सिं र कुमार कार्की सदस्य रहका थिए । निर्वाचन समितीले नयाँकार्यसमितीको घोषणा गर्दै बधाई तथा शुभकामना दिएको थियो ।

राष्ट्रिय विभूती युवाकवि मोतीराम भट्टलाई कतारमा साहित्य अनुरागीहरुले सम्झे । नेपाली साहित्यको श्रीवृद्धीका लागी महत्वपुर्ण योगदान पुर्याएका युवाकवि भट्टले नेपाली साहित्य श्रृङ्गार रसलाई गजल बिधा र गद्यय कविता मार्फत भित्राएका थिए । उनै युवाकवि मोतीराम भट्टको १५० औं मोती जयन्तीको अवसरमा खुल्ला गजल प्रतियोगिता समेत आयोजना भयो ।

गजल प्रतियोगितामा २० जना सहभागी मध्ये रुप रसाईलीको गजल प्रथम भएको छ । उनले रु १० हजार नगद पुरस्कार र प्रमाण पत्र हात पारेका छन । त्यस्तै दोश्रो स्थानमा ईश्वर शाही , तेश्रो स्थानमा खगेन्द्र खिलाफी , चौथो स्थानमा मणी पौडेल र पाँचौ स्थानमा टिका खड्काले वाचन गरेका गजल छानिए । उनीहरुले क्रमशः रु ७ हजार , ५ हजार , ३ हजार र २ हजारका दरले नगद पुरस्कार हात पारे । गलज प्रतियोगितामा सहभागी २० जनालाई प्रमाण पत्र दिईएको थियो ।

कार्यक्रम प्रमुख अतिथी गणेश प्रसाद बन्जाडेले मोती जयन्तीको बारेमा बोल्दै अनेसासको नयाँ कार्यसमितीलाई शुभकामना दिए । प्रवासमा रहेका साहित्यिक अनुरागीहरुको उच्च मुल्याङ्कन भईरहेको बताउदै गजल प्रतियोगितामा विजय हुने गजलकारहरुलाई बधाई दिए । उनले प्रवासमा रहेर पनी आफ्नो प्रतिभालाई सबैमाझ प्रस्फुटन गर्नुपर्ने बताए । सभापती राईले कार्यक्रम समापन गर्दै सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नबोदित साहित्यिक बाचनालयका अध्यष रबिन्द्र श्रेष्ठले‘उठाएर देशको झण्डा भन म नेपाली हो ’ गजल बाचन गर्दै मोतीको बारेमा प्रष्ट पारे ।

प्रेम प्रसाद भट्टराईले सन्चालन गरेको कार्यक्रममा जनसम्पर्क समितीका बिमल सुबेदी , प्रवासी नेपाली मन्चका निर्वतमान उपाध्यक्ष चानक पोख्रेल , जनप्रगतीशिल मन्चका सनीकुमार वली , आदिवासी जनजाती महासंघका सियाराम चौधरी लगायत कतारका साहित्यिक अनुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

आगामी जेठ ११ बाट प्रदर्शन हुने चलचित्र ‘सुनकेशरी’को टीजर सार्वजनिक

नायिका ऋचा शर्मा निर्मित तथा अभिनित भुतको कथा समेटिएको...

कुबेतमा नेपाली श्रमिकहरुका समस्या समाधान बिषयमा अन्तरक्रिया कार्यक्रम

‘नेपाली श्रमिकहरुका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरुका...

स्पेनको एक टोलीले नेपाल भ्रमण गर्ने

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने...

प्रियंका कार्की अभिनित ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो सहित)

चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीत ‘सपनीमा आउनेलाई’...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK