कतारमा बसन्त फिल्मस् द्वारा राष्ट्रिय कलाकारहरु सम्मानित

ENGLISH

NRN GLOBAL

कतारमा बसन्त फिल्मस् द्वारा राष्ट्रिय कलाकारहरु सम्मानित

कुमार “अविरल” पन्थी, कतार

4 January, 2017 | Sandeep Bhattarai | 1110 Views | comments

प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, संस्कृति र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढी रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।

कलाकारहरु सम्मानित

आइबोस ग्लोबल कतारले आयोजना गरेको (New Year Welcome Night 2017) न्यु एयर वेलकम नाइट मा भाग लिएर नेपाल फर्कन लागेका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच भब्य बिदाइ तथा सम्मान गरेको हो ।कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रम एक भब्य साँस्कृतिक कार्यक्रम जस्तो देखिन्थ्यो । कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा आईबोस ग्लोबलका सिइयो हब खड्का प्रमुख अतिथि रहेका थिए ।

त्यस्तै व्यवसायी तथा समाज सेवी महल के.सी., बसन्त फिल्मस प्रालिकी प्रमुख सल्लाहकार माया के.सी., आइबोस ग्लोबलका प्रमुख सल्लाहकार नेत्र न्यौपाने, समाज सेवी बिमल सुबेदी, पाल्पा सेवा समाजका अध्यक्ष लिलम चिदि मगर, समाज सेवी भुपराज दवाडी, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर साथै आइबोस ग्लोबलका सम्पूर्ण टिमहरु विशेष अतिथि रहेका थिए । नमस्ते नेपाल कतार शाखाका उपाध्यक्ष लिला अधिकारी, सुप सेवा समाजका महासचिव महेश कार्की लगायत अतिथि रहेका थिए ।

कलाकारहरु सम्मानित

संस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको कार्यक्रममा गित संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि ८ जना कलाकारहरुलाई एकै साथ सम्मान गरेको हो ।

मोडल तथा कोरियो ग्राफर स्मृति तिमिल्सिना,गायिका साहिमा श्रेष्ठ, कार्यक्रम प्रस्तोता, तथा मोडल सुर्जनी केसी, गायक रुप कुमार राई, मोडल रश्मि तामांग, र मोडल तथा निर्देशक शंकर बिसी, बहुचर्चित हाँस्य कलाकार जितु नेपाल “मुन्द्रे”, गायिका तथा मोडल कोपिला गुरुङ सम्मानित भएका हुन् ।

कार्यक्रममा पाल्पा जिल्ला चाप्पानी-२ बोझादीमा जन्मिएकी मोडल तथा नृत्य निर्देशक स्मृति तिमिल्सिनालाई उनको कला र प्रतिभाले सिङ्गो पाल्पावासीहरूको मान, प्रतिष्ठा बढाउने काम गरेको भन्दै पाल्पाली सेवा समाज कतारले पनि आफ्नो सस्थाका अध्यक्ष लिलम चिदि मगर, प्रथम उपाध्यक्ष चोलाकान्त डोटेल, प्रमुख सल्लाहकार भुपराज दवाडी लगायत अन्य सस्थाका प्रतिनिधिहरुले सयुक्त रुपमा दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान समेत गरेका थिए ।

कलाकारहरु सम्मानित

बसन्त फिल्मसले हाम्रोलाई भन्दा राम्रोलाई समृद्ध कलाकार भन्दा न्यून आए भएका र विशेषत: रेगिस्तानमा दबिएर रहेका प्रतिभालाइ उच्च प्राथमिकता दिने गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गर्दै सम्पूर्ण कलाकारहरुलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफुले गर्नुपर्ने सारा काम बसन्त फिल्मसले गरेको र त्यहि कार्यक्रमको हिस्सा बन्न पाउदा औधी खुसि लागेको बताए ।

फिल्मसकी प्रमुख सल्लाहकार माया केसीले सबै कलाकारलाई साँगितिक यात्रा सफलताको शुभकामना व्यक्त गरिन । कार्यक्रममा बोल्दै गुरुआमा फिल्मस् प्रालि कि म्यानेजिङ् डाइरेक्टर समेत रहेकी तिमिल्सिनाले यति धेरै माया र सम्मानले आफु बसन्त फिल्मस् परिवार तथा पाल्पाली सेवा समाज कतारको आजिबन ऋणी भएको यो खादा खादा मात्र नभएर माया हो भन्दै यो मायालाई सधै जीवित राख्ने प्रतिबद्धता व्यक्त गरिन ।

तेस्तै कलाकारहरुले आईबोस ग्लोबल कतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसि भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे ।

संस्थाका सचिव अबु अलिको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले गीत सङ्गीतमा आबद्ध सम्पूर्ण प्रति लक्षित गर्दै एक पटक बसन्त फिल्मस् संग सहकार्यको लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यकर्मको समापन गरेका थिए ।

कलाकारहरु सम्मानित

बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

बसन्त फिल्मसद्वारा कतारमा राष्ट्रिय कलाकार सम्मानित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यति एयर

चरा ठोक्किएपछि यति एयरको जहाज आकस्मिक अवतरण

भरतपुरबाट काठमाडौँका लागि आइतबार अपराह्न उडेको यति एयरको जेटस्ट्रिम...

"वर्ल्ड भिलेज फेस्टिबल" फिनल्याण्डमा सम्पन्न

“वर्ल्ड भिलेज फेस्टिबल” फिनल्याण्डमा सम्पन्न

फिनल्याण्डको राजधानी हेल्सिन्किमा मे २६ मा नेपाली समुदायले आफ्नो...

प्रम

समय, देश र जनताले माग गरेअनुसार संविधान संशोधन हुनेछः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जनतालाई अधिकार, अवसर, सुरक्षा...

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

एल्बम ’एकतर्फी माया’ सार्वजनिक

श्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK