कतारमा न्यूनतम तलब ९ सय रियाल नै

ENGLISH

कतारमा न्यूनतम तलब ९ सय रियाल नै

22 November, 2017 | Kunjar Bhattarai | 885 Views | comments

होम कार्की-कतारले न्यूनतम तलब ७ सय ५० रियाल तोके पनि नेपाल सरकारले पुरानो निर्णयअनुसार ९ सय रियाललाई नै यथावत् राखेको छ । साताअघि कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले अस्थायी रूपमा विदेशी कामदारको न्यूनतम तलब ७ सय ५० रियाल (करिब २१ हजार रुपैयाँ) तोकेको थियो । यो नेपालले तोकेको भन्दा १ सय ५० रियाल अर्थात् १८ प्रतिशत कम हो ।

कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाका अनुसार दूतावासले ९ सय रियाल दिन तयार भएका कम्पनीको मात्रै मागपत्र प्रमाणीकरण गर्दै आएको छ ।

‘मैले कतारको श्रम मन्त्रालयसँग कामदारको न्यूनतम तलबको विषयमा कुरा राखेको छु । अझै केही कम्पनीले ६ सय रियाल, ५ सय रियाल दिइरहेको कतारी श्रममन्त्रीको भनाइ छ । त्यसलाई रोक्नका लागि कम्तीमा ७ सय ५० रियाल कायम गरिएको भन्ने भनाइ छ,’ कोइरालाले कान्तिपुरसँग भने, ‘नेपालको भने पूर्ववत् निर्णय यथावत् छ ।’

कम्पनीले कामदारको रोजगार करारपत्र कतारको श्रम विभागबाट प्रमाणीकरण गरेपछि मात्रै कामदारलाई काममा लगाउन पाइन्छ । श्रम विभागले कम्पनी र कामदारको हस्ताक्षर भएको करारपत्रलाई प्रमाणीकरण गर्ने व्यवस्था छ । श्रम विभागले ७ सय ५० रियालभन्दा कम तलब दिने कम्पनीको रोजगार करारपत्र प्रमाणित रोकिएको कतारी श्रममन्त्री इसाविन साद अल जफैल अल नुएमी बताउँछन् ।

राजदूत कोइरालाले निकै कम तलब दिने कम्पनीविरुद्ध रहेको कतारी नियम सकारात्मक रहेको बताए । ‘नेपालले तोकेकोभन्दा कम तलबमा कामदार ल्याउन अनुमति दिनेछैन । हामी यो तलब अझै बढाउने पक्षमा छौं । अहिलेको महँगीअनुसारको कामदारलाई खानाका लागि मात्रै छुट्टै ५ सय रियाल पुर्‍याउनुपर्छ भनिरहेका छौं,’ उनले भने ।

कतारी श्रममन्त्री नुएमीका अनुसार कामदारको बसोवास, खाना र स्वास्थ्य सेवा रोजगारदाताको दायित्वभित्र पर्छ । तर, सबैले कामदारलाई खाना उपलब्ध गराएका छैनन् । कामदार आपूर्ति गर्ने कम्पनीहरूले खानाबापत २ सय रियाल मात्रै दिने गरेका छन् ।

सन् २०१३ मै नेपालले खानाबापत ३ सय रियाल दिनुपर्ने व्यवस्था गरेको थियो । खानाबापत ३ सय र न्यूनतम तलब ९ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरिएको छ । तर, झन्डै ५० प्रतिशत कम्पनीले कामदारलाई खानाबापत २ सय र तलब ८ सय रियाल मात्रै दिने गरेको भेटिन्छ ।

कामदारहरूका अनुसार नयाँ तलबमान कामदारको हितभन्दा कम्पनी र कतारलाई बढी फाइदा हुने गरी तोकिएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार फिफा वल्र्डकप फुटबलको तयारीका लागि बन्ने पूर्वाधारका लागि ५० करोड डलर खर्च गर्दै आइरहेको छ ।

गत जुनदेखि छिमेकी ३ देशबाट नाकाबन्दी खेपिरहेको कतारले आफ्नो आर्थिक अवस्था हेर्दै तत्कालीन कदमका रूपमा तलब थोरै मात्र बढाएको मन्त्री नुएमीले बताए । श्रममन्त्री नुएमी ७ सय ५० रियाल तलबको समीक्षा हुने बताउँछन् । ‘श्रम मन्त्रालयले यो तलबको विषयमा समीक्षा गर्छ,’ उनले भने, ‘सबै पक्षको विचार गरेर मात्रै थप तलब तोक्ने काम हुन्छ ।’

-कान्तिपुरबाट

कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रचण्ड

चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा प्रचण्ड निर्वाचित

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहनुभएका...

को को ‘हेवीवेट’हरुको विजय यात्रामा लाग्यो ग्रहण ?

निर्वाचन एउटा प्रतिस्पर्धा हो र जनताको मत पाउनेले जित्छ,...

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालाबाट देखिएको माछापुच्छ्रे हिमाल

पोखरा रङ्गशालामा निर्माणाधीन बहुउद्देश्यीय कबर्ड हल र पृष्ठभागमा देखिएको...

पशुपतिनाथको मन्दिर

क्यानडामा पशुपतिनाथको मन्दिरमा ज्योतिर्लिङ्ग स्थापना

मंसिर २३ गते तदानुसार २०१७ डिसेम्बरको ९ तारिख शनिबारको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK