कतारमा नेपाली युवतीको शव करिब दुई सातादेखि अलपत्र

ENGLISH

NRN GLOBAL

कतारमा नेपाली युवतीको शव करिब दुई सातादेखि अलपत्र

23 December, 2016 | Bipin Acharya | 670 Views | comments

कतारमा रहस्यमयरुपमा मृत्यु भएकी दोलखा लापिलाङ गाविसकी एक युवतीको शव करिब दुई सातादेखि अलपत्र परेपनि स्वदेश ल्याउने पहल हुन सकेको छैन।

मृतकका दाइ सपुन थामीले मृतकको शरीरमा चोटपटक र निलडाम रहेको र सुशीलासँग विवाद हुनुनै हत्याको प्रमाण भएको बताए। तर प्रमाण नष्ट गरेर हत्यारालाई उन्मुक्ति दिने र आफूहरुलाई थप पीडा दिने काम भइरहेको उनको गुनासो छ।

वैदेशिक रोजगारीको सिलसिलामा डेढ वर्षअघि कतार पुगेकी दोलखा लापिलाङ गाविस–३ निवासी मसली थामीको २८ वर्षीया छोरी विन्दु थामीको गत मङ्सिर २४ गते रहस्यमयरुपमा मृत्यु भएको थियो।

कतारको दोहास्थित आफू बस्ने घरको तेस्रो तल्लामा उनलाई मृत अवस्थामा भेटिएको हो। तर दुई साता बित्न लाग्दा समेत घटनाको छानबिन र शव स्वदेश ल्याउनेबारे सम्बन्धित निकायले कुनै पहल नगरेको मृतकका भाइ गोविन्द थामीले बताए।

‘घटनाको सत्यतथ्य छानबिन गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउन, शव स्वदेश फर्काउन र उचित क्षतिपूर्तिको व्यवस्थाका लागि मेनपावर, वैदेशिक रोजगार विभागलगायतका निकायमा गए पनि कुनै सुनुवाइ भएको छैन’, उनले भने। कोठामा सँगैबस्ने दोलखा सुष्पाक्षमावती माइती घर भई सिन्धुपाल्चोक विवाह गरेकी सुशीला बुढाथोकीको प्रत्यक्ष संलग्नतामा उनको हत्या भएको आफन्तजनको आरोप छ।

आफन्तजनका अनुसार सुशीलासँग गम्भीर विवाद भएको भोलिपल्ट विन्दुलाई मृत भेटिएको हो। मृतकको शव दोहास्थित एक अस्पतालमा रहेको र त्यहाँको प्रहरीले घटनाबारे केही छानबिन गरिरहेको बताइएको छ। मृतकका आफन्तजनले भने एकपक्षीय रुपमा घटनाको छानबिन गराएर घटनालाई आत्महत्या बनाई दोषीलाई उन्मुक्ति दिने र पीडित परिवारलाई क्षतिपूर्ति नदिलाउने चलखेल भइरहेको बताएका छन्।

घटना भएको जानकारी पाएदेखिनै मृतकका आफन्तजन नुन बारेर बसेका छन्। मृतक थामीलाई काठमाडौँ धापासीस्थित एसओएस मेनपावरले क्लिनरको रुपमा डेढ वर्षअघि कतार पठाएको हो।

क्त कम्पनीले कतारबाट प्रहरी रिपोर्ट प्राप्त भएपछि मात्रै अन्य प्रक्रिया अघि बढ्नसक्ने जनाएको छ। असुरक्षित मानिएको खाडीमुलुकमा यसअघि महिला कामदार पठाउन सरकारले प्रतिबन्ध लगाए पनि फुकुवा गरिसकेको छ। रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK