कतारमा दुर्घटनामा खुट्टा गुमाएका नेपाली एक बर्षदेखि अलपत्र

ENGLISH

NRN GLOBAL

कतारमा दुर्घटनामा खुट्टा गुमाएका नेपाली एक बर्षदेखि अलपत्र

कतारमा नेपाली एक बर्षदेखि अलपत्र

2 July, 2016 | Bipin Acharya | 1935 Views | comments

puspak-dahalकरिब १५ महिना अघि कामको सिलसिलामा खुट्टा गुमाउन पुगेका नुवाकोट जिलिङ- ३ का २३ बर्षिय पुष्पक दाहाल कतारमा अलपत्र परेका छन् ।

२ बर्ष अघि कतारको अल हसन ट्रान्सपोर्ट कम्पनीमा इस्काभेटर चालकको रुपमा काम सुरु गरेका दाहालको कम्पनीकै एकजना हेल्परलाई तालिम दिने क्रममा देब्रे खुट्टा काटेको हो । उनका अनुसार केहि समयको उपचार पछि घर फर्काउन पटकपटक आग्रह गर्दासमेत कम्पनीले बिभिन्न बहानामा घर पठाउन मानिरहेको छैन् ।

हाल उनी सेलिया १ को अत्यन्तै कष्टकर र असुबिधाजनक अबस्थाको लेबर क्यापमा बसिरहेका छन् । उपचारको क्रममा केही समय कम्पनीले तलब दिएको तर अहिले उनलाई छ महिनादेखि तलब पनि नदिएपछि के खाने के गर्ने र कसरी घर फर्कने तनाबका बीच केही नेपाली साथीहरु र नुवाकोट सेवा समाजको सामान्य सहयोगमा बसिरहेको बताएका छन् ।

कम्पनीले अझै उपचार र कानुनी प्रकृया चलरिहेकोले आफुले उचित क्षतिपूर्ति सहित घर फर्काउन नसक्ने र काम नगरे तलब पनि दिन नसक्ने जनाएपछि उनी बैशाखी टेक्दै कम्पनिले भनेको ठाँउमा केहि दिनदेखि रातको समयमा सुरक्षा गार्डको काममा जान बाध्य भएर गइरहेको बताएका छन् ।

यो सम्बन्धमा कानुनी र अन्य सहयोग पाएर घर फर्कनको लागि चाहदा चाहदै हिड्डुल समेत गर्न नसकेकोले कसलाई भन्ने के गर्ने अबस्थामा बसिरहेका छन् । घरको जेठो छोरो भएकोले बाबू आमा र सानासाना भाई बहिनीको पढाइको जिम्मेवारी रहेकोले उनले यसरी कष्टपुर्ण जीवन बिताएर बसिरहेको बारेमा घरमा समेत राम्रोसँग जानकारी गराउन नसकेको जनाएका छन् ।

उचित क्षतिपूर्ति सहित घर फर्कन सहयोग गरिदिनको लागि उनले कतारमा रहेका कानुनी अधिकारबादी संघसंस्था, दुताबास र नेपाल सरकार समक्ष पनि पहल गरिदिन अनुरोध गरेका छन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK