कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

ENGLISH

NRN GLOBAL

कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

होम कार्की

18 November, 2017 | Sandeep Bhattarai | 2370 Views | comments

कतारमा काम गर्नेको न्यूनतम तलब ७५० रियाल : श्रम मन्त्री

नेपाली कामदारको प्रमुख गन्तव्य कतारले विदेशी कामदारको न्यूनतम तलब ७५० रियाल (करिव २१ हजार रुपैयाँ) मात्रै तोकेको छ । यो तलब नेपाल सरकारले निर्धारण गरेको भन्दा १५० रियाल कम हो ।

कतारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री डा. इशाविन साद अल जफैल अल नुएमीले अस्थायी रुपमा ७५० रियाल तोकिएको बताए । ‘अस्थायी रुपमा ७५० रियाल तोकिएको छ,’ श्रम मन्त्री नुएमीले बिहीबार एएफपीसँग भने, ‘कामदारको बसोबास, खाना र स्वास्थ्य सेवा भने रोजगारदाताको दायित्वभित्र पर्छ ।’

करिव ४ लाख नेपाली कार्यरत कतारले दुई साताअघि अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ)को वैठ्कमा कामदारको न्यूनतम तलब तोक्ने प्रतिवद्धता जनाएको थियो । आइएलओले कामदारको आधारभुत अधिकारलाई कतारले लागू गर्ने भएपछि कतारविरुद्धको मुद्धा बन्द गरेको थियो ।

कतारले तोकेको यो तलब नेपाली कामदारले अपेक्षा गरेभन्दा निकै कम हो । सन् २०१३ मै नेपाल सरकारले कतारमा बढ्दो महँगीलाई मध्यनजर गर्दै न्यूनतम तलब ९ सय रियाल तोकेको थियो । वैदेशिक रोजगार विभागले न्यूनतम तलब ९ सय र खाना वापत ३ सय गरी १२ सय रियाल तलब दिन तयार हुने कम्पनीलाई मात्रै कामदार पठाउने गरेको छ ।

‘कतारको निर्णयबाट म एकदमै निरास भएँ,’ १० वर्षदेखि कतारमा निर्माण क्षेत्रमा काम गर्दै आएका खोटाङका भक्त राईले भने, ‘कम्तीमा हाम्रो न्यूनतम तलब १५ सय रियाल हुनुपर्दथ्यो । १२ सय त अहिले नै पाइरहेका छौं । यो कामदारको हितभन्दा कम्पनी वा कतार आफूलाई बढी फाइदा हुने गरी तलब तोक्ने निर्णय भयो ।’

उनका अनुसार खाना बाहेक टेलिफोन, पानी, कोकफेन्टा खाँदा मात्रै मासिक ५ सय रियाल खर्च आउनेछ ।

श्रममन्त्री नुएमीले कम्पनीले पेश गर्ने करारपत्रमा ७५० भन्दा कम भएमा रद्द गर्न थालेको बताए ।‘श्रम मन्त्रालयले यो तलबको विषयमा समीक्षा गर्छ,’ उनले भने, ‘सबै पक्षको विचार गरेर मात्रै थप तलब तोक्ने काम हुन्छ ।’

कान्तिपुरबाट

कतारमा तोकिएको तलव कार्यान्वयन गराउन माग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK