कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित

ENGLISH

NRN GLOBAL

कतारमा आधा दर्जन राष्ट्रिय कलाकार सम्मानित

कुमार “अविरल” पन्थी, कतार

19 January, 2017 | Sandeep Bhattarai | 1125 Views | comments

“प्रवासमा नेपाली कलाकारहरु एक हौऔ, नेपाली कला, सस्कृती र प्रतिभाको सम्मान तथा प्रबर्द्धन गरौ” भन्ने मूल नाराका साथ अगाडी बढि रहेको बसन्त फिल्मस् प्रा.लि.ले विभिन्न विधाका आधा दर्जन राष्ट्रिय कलाकारहरुलाई सम्मान गरेको छ ।

राष्ट्रिय कलाकार सम्मानित

नेपाल तामाङ कलाकार संघ कतारले आयोजना गरेको सांगीतिक कार्यक्रमका लागि कतार आएका कलाकारहरुलाई फिल्मसले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।कतारको मुग्लिनामा अवस्थित वेलकम डाईन रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मसका प्रबन्ध निर्देशक ईश्वर काफ्ले सभापति तथा प्रमुख सल्लाहकार माया के.सी. प्रमुख अतिथि रहेका थिए । तेस्तै व्यवसायी तथा समाज सेवी महल के.सी., राम जी खत्री, समाजसेवी बिमल सुबेदी, नेपाल मगर संघ साखा कतारका महासचिव विजय मगर,नेपाल तामाङ कलाकार संघ कतारका सल्लाहकार अशोक सिङ्गदन तामाङ, व्यवसायी तथा समाज सेवी परशुराम दाहाल,पुनम दाहाल, एभरेष्ट युथ यसोसियसन कतारका अध्यक्ष उत्तम गुरुङ, राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकका पत्रकार दिल कुमार श्रेष्ठ, फेवा सास्कृतिक परिवारका संयोजक विक्की बि.क., समाज सेवी कृष्ण बराल विशेष अतिथि रहेका थिए । साथै गीत संगीत र कलाकारहरुलाई माया गर्नेहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

उक्त सम्मान कार्यक्रम संस्थाका व्यवस्थापक सरद पाण्डेको स्वागत मन्तव्य संगै अघि बढेको थियो । सांगीतिक कार्यक्रमको सिलसिलामा कतार प्रवेश गर्ने हरेक कलाकारहरुलाई समान रुपले सम्मान गर्दै आएको फिल्मसले यस पटक पनि आधा दर्जन कलाकारहरुलाई एकै साथ सम्मान गरेको हो ।

म्हेन्दोमाया गायक मनोज लोप्चन, आधुनिक तथा फिल्मी गायिका दिपा लामा, चर्चित मोडल तथा डान्सर एन्जिला वाईबा तामाङ, तामाङ चलचित्र नायक अमिर दोङ तामाङ , सेलो पप तथा आधुनिक गायक आशुसेन लामा, आधुनिक गायिका – तारा लिम्बू सम्मानित भएका हुन् ।

बसन्त फिल्मसले हाम्रोलाई भन्दा राम्रोलाई समृद्ध कलाकार भन्दा न्यून आए भएका र विशेषत: रेगिस्तानमा दबिएर रहेका प्रतिभालाइ उच्च प्राथमिकता दिने गरेको सस्थाका सदस्य तिलु शर्मा पौडेलले बताए । कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले फिल्मसको खुलेर चर्चा गर्दै सम्पूर्ण कलाकारहरुलाई साँगीतिक यात्रा सफलताको शुभकामना दिएका थिए । फिल्मसकी प्रमुख सल्लाहकार तथा कार्यक्रमकि प्रमुख अतिथि माया केसीले सबै कलाकारलाई सांगीतिक यात्रा सफलताको शुभकामना व्यक्त गरिन ।

कार्यक्रममा बोल्दै कलाकारहरुको तर्फबाट मन्तब्य राख्दै आधुनिक तथा सेलो पप गायक आशुसेनले आफु लगायत ५ जना कलाकारहरुले जुन सम्मान बसन्त फिल्मस् बाट ग्रहण गर्न पाइयो त्यो जिबनमा कहिँ कतै, कसैबाट पनि नपाएको र यो सम्मान आफनो लागि कोशेढुंगा बरबार रहेको बताउदै यसलाई आफु लगायत सबै कलाकारहरुले जिबन्त सम्झी रहने भन्दै बसन्त फिल्मस् प्रा.लि.लाई बिसेष धन्यवाद दिए ।

तेस्तै कलाकारहरुले नेपाल तामाङ कलाकार संघ कतारले अविस्मरणीय अवसर जुराई दिएकोमा धन्यवाद दिए । बसन्त फिल्मस् प्रा.लि.बाट सम्मानित हुन पाउदा आफुहरु निकै भाग्यमानी तथा खुसी भएको बताउदै सम्पूर्ण बसन्त फिल्मस् प्रा.लि. कतार टिम प्रति आभार प्रकट गरे ।

सस्थाका सचिव अबु अलिको संचालन रहेको कार्यक्रमलाई समापन गर्दै सभापति काफ्लेले गित सङ्गीतमा आबद्ध सम्पूर्ण प्रति लक्षित गर्दै एक पटक बसन्त फिल्मस् संग सहकार्यको लागि अनुरोध गर्दै उपस्थित सम्पुर्णलाई धन्यबाद सहित कार्यक्रमको समापन गरेका थिए ।

बसन्त फिल्मसले कलाकारहरुलाई सम्मान मात्र नभएर बिभिन्न म्युजिक भिडियोहरुलाई बजार ब्यबस्थापन तथा बिभिन्न समयमा आपत-विपदमा परेका दिन दुखिहरुलाई आर्थिक सहयोग समेत गर्दै आइरहेको छ ।

कतारमा बसन्त फिल्मस् द्वारा राष्ट्रिय कलाकारहरु सम्मानित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK