कतारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

ENGLISH

NRN GLOBAL

कतारमा आधारभूत पत्रकारिता तालिम सम्पन्न

20 June, 2016 | Sandeep Bhattarai | 1240 Views | comments

नेपाल पत्रकार महासंघ कतार शाखाको आयोजनामा एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । गत शुक्रबार आयोजीत पत्रकारिता तालिममा कतारमा रहेका पत्रकारहरु साथै यहाँ स्थापित विभिन्न संघसंस्थाहरुका पदाधिकारिहरु सहित १ सय ७० भन्दा बढीको सहभागीता रहेको थियो ।

q

कान्तिपुर पव्लिकेशन अन्र्तगत रहेको इकान्तिपुर अनलाइनका सम्पादक साथै कोशेलीका संयोजक यज्ञशले आधारभूत पत्रकारिता तालिम दिएका थिए । पत्रकारिता तालिममा उपस्थित सहभागीले पत्रकार र पत्रकारिता साथै लेखनशैलीको बारेमा जिज्ञाषा राखे। उनले राजनितीक , सामाजिक लागयतका विषयमा बन्ने समाचारहरु बारे प्रष्ट पारेका थिए। आधारभूत पत्रकारिताका लागी आवश्यक सामाग्रीहरुको बारेमा उनले प्रष्ट पारे ।

त्यस्तै एक दिवसीय नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा कान्तिपुर गल्फ साप्ताहिकका अरव व्युरो होम कार्कीले संघसंस्थाबाट आउने समाचारको बारेमा तालिम दिए । समाचारलाई प्रभावकारिता बनाउन र समाचारको मुख्य आसयलाई प्रस्तुत गर्नु पर्ने शैलीबारे उनले प्रष्ट पारे ।

विशुद्ध भाषणरहित कार्यक्रमा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेश प्रसाद बन्जाडेको सभापतित्वमा सम्पन्न भएको हो । महासंघका सचिव नवराज विकले कार्यक्रमलाई सन्चालन गरेका थिए । नेपाल पत्रकार महासंघ कतार शाखाले आयोजना गरेको नेतृत्व विकाश तथा क्षमता अभिवृद्धि एवंम् आधारभूत पत्रकारिता तालिममा सहभागी भई सफलता पूर्वक तालिम सम्पन्न गर्ने सहभागीहरुलाई प्रमाण पत्र दिईएको थियो ।

q1

‘शान्ती र लोकतन्त्रका लागी पूर्ण प्रेस स्वतन्त्रता’ भन्ने मुलनाराका साथ सन् २००६ मा कतारमा स्थापना भएको नेपाल पत्रकार महासघं कतारशाखाले समय सान्र्धविक विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आईरहेको छ ।

यो पनि हेर्नुस – चारबर्ष पछि साउदीबाट नेपाल फर्कन सफल- हरिकला परियार

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK