कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन एनआरएनको पहल

ENGLISH

NRN GLOBAL

कतारमा अलपत्र कामदारलाई स्वदेश फर्काउन एनआरएनको पहल

16 June, 2016 | Bipin Acharya | 580 Views | comments

shesh-ghaleकतारमा अलपत्र परेका नेपाली श्रमिकहरुको छिटो उद्धारका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले पहल थालेको छ । संघका अध्यक्ष शेष घले नेतृत्वको प्रतिनिधिमण्डलले बुधबार श्रममन्त्री दीपक बोहोरालाई भेटेर अलपत्र श्रमिकहरुलाई तत्काल स्वदेश फिर्ता गराउन ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा मन्त्री बोहोराले श्रम तथा रोजगार सचिव, वैदेशिक रोजगार बिभागका महानिर्देशक तथा काठमाडौं श्रम कार्यालयका प्रमुखलाई छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउन आवश्यक प्रक्रिया चाल्न निर्देशन दिएका छन् ।

भेटका अवसरमा संघका महासचिव डा. बद्री केसीले राष्ट्रिय समन्वय परिषद् कतारले नेपाली दूतावाससँगको सहकार्यमा राहतका समाग्रीहरु उपलब्ध गराइरहेको र अलपत्र परेका १८५ कामदारमध्ये १७ जना नेपाल फर्कन सफल भएको अवगत गराए । पीडितले चाहँदा चाहँदै पनि कतार सरकारको निष्काशन अनुमति बिना फर्किन नसक्ने भएकाले सरकारी तहमै पहलको आबश्यकता रहेको उनले बताए ।

साथै पीडित कामदारहरुको हवाई टिकट तथा न्यायोचित क्षतिपूर्तिको व्यवस्थाको लागि समेत पहल गर्न उनले अनुरोध गरे ।

मन्त्री बोहोराले यस बिषयमा श्रम सहचारीसँग समन्वय भइरहेको र पीडितहरुका केहि अतिआवश्यक विवरणहरु श्रम सहचारीसँग सहकार्य र समन्वय गरी संघका कतारका प्रतिनिधिहरुलाई जति सक्दो चाँडो उपलब्ध गराउन अनुरोध गरे ।

प्राप्त विवरणहरुका आधारमा श्रमिकको वर्गिकरण गरिने र के कसरी फिर्ती हवाई टिकटको व्यवस्था गर्न सकिन्छ त्यसको निर्क्योल गरी छिट्टै स्वदेश फिर्तीको व्यवस्था मिलाउने मन्त्री बोहोराले जानकारी गराए । त्यसपछि उचित क्षतिपूर्तिको लागि पहल गरिने उनको भनाइ छ ।

उनले गैरआवासीय नेपाली संघको तर्फबाट सहजकर्ताको भूमिका खेल्न महासचिवलाई अनुरोध समेत गरेका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति...

विदेश बसेर नेपाललाई गाली होइन लगानी गर्न मन्त्री ज्ञवालीको आग्रह

   परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा...

वैदेशिक रोजगार : २२ महिनामा २ अर्ब ठगी

काठमाडौँ — २०७४ चैत पहिलो साता श्रम, रोजगार तथा...

गैरआवासीय नेपालीलाई नागरिकता मिलाउन कानून निर्माण गर्नुपर्ने

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानमा उल्लेख...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK