कञ्चन रेग्मी प्रकरणः पूर्वपति मोहनले गर्दैछन यस्तो तयारी

ENGLISH

कञ्चन रेग्मी प्रकरणः पूर्वपति मोहनले गर्दैछन यस्तो तयारी

29 January, 2017 | Bhawana Pathak | 985 Views | comments

सञ्चार माध्यममा गलत बोलेर चर्चामा आएकी कञ्चन शर्माका पूर्वपति मोहन रेग्मीले उनलाई ११ लाख रुपैयाँ दिने तयारी गरेको बताएका छन् ।रेग्मीले आफूहरू कानूनी रूपमा पहिलै अलग्गिएको भएतापनि शर्मालाई सहयोगस्वरूप सो रकम उपलब्ध गराउन लागेको जानकारी दिए ।

kanchan-mohah-regmi

डिभोर्सका बेला १० लाख रुपैयाँ दिने भनिएको भएपनि कसलाई दिने भन्ने अन्यौलताका कारण मोहनले कञ्चनलाई रकम दिन सकेका थिएनन् ।टेलिभिजन प्रस्तोता सुमन खरेलको कार्यक्रममा घरपरिवारबाट गलहत्याइएकी पात्रको रूपमा कञ्चन शर्मालाई प्रस्तुत गरेपछि उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भएको थियो ।

कार्यक्रमका सञ्चालकले समेत उक्त अन्तर्वार्तालाई मानवीय त्रुटिको रूपमा रेग्मीसँग माफी मागेका थिए ।‘मैले डिभोर्स हुनेबित्तिकै १० लाख रुपैयाँ दिने वाचा गरेको थिएँ, तर कञ्चन कुलतमा लागेपछि रकम दिन नसकेर दोधार भएको थियो,’ मोहनले भने, ‘अब चाहिँ कञ्चनको आमालाई भएपनि सो रकम दिने अन्तिम तयारी गरेको छु ।’

एक महिनाभित्रमा कानूनी प्रक्रिया मिलाएर ११ लाख रुपैयाँ दिने उनले बताए । दीक्षा चापागाईंको संस्था पवित्र समाज सेवामा बसिरहेकी कञ्चनलाई रेग्मीले रकम दिन नसकेका हुन् ।

दीक्षाले आफूलाई नियोजित रूपमा बेइज्जत गरेकाले उनको संस्थामा पैसा जानेगरी रकम दिन आफू तयार नभएको समेत उनले बताएका छन् । आफूले दिएको पैसा कञ्चनको पालनपोषणमा नै खर्च होस् भन्ने आफूले चाहेको उनले बताए । साथै उनले आफूलाई बदनाम गराउने दीक्षा चापागाईंले सञ्चालन गरेको संस्थाको छानबिन हुनुपर्ने माग पनि गरेका छन् ।

बाजुराका मोहन र ओखलढुंगाकी कञ्चनका बीचमा मागी विवाह भएको थियो । तर कञ्चन कुलतमा फँस्दै गएपछि उनीहरूको घरबार बिग्रिएको थियो ।मोहनबाट अलगिएकी कञ्चनले पवित्र समाज सेवा संस्थामा शरण लिएकी थिइन् । सोही ठाउँबाट खरेलको कार्यक्रममा पुगेकी शर्माले रेग्मी र उनका छोराहरूको बारेमा निकै गलत कुराहरू बताएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बर्लिनमा नेपाली राष्ट्रिय दिवस सम्पन्न

नेपालको संविधान दिवस एवं राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाली राजदूतावास...

डेनमार्कमा संविधान दिवस मनाइयो

डेनमार्कमा संविधान दिवस मनाइयो, विभिन्न देशका उच्च-पदस्थ कुटनीतिज्ञहरुको उपस्थिति

नेपालमा देशभर संविधान सभा दिवस मनाइ रहंदा विदेश स्थिति...

वरिष्ठ नेता पौडेल पोर्चुगलमा

युरोप भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल...

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK