कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन

ENGLISH

TRAVEL

कञ्चनजङ्घा हिमालमा यो वर्ष पनि आरोहण भएन

29 May, 2017 | Bhawana Pathak | 1360 Views | comments

विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा आरोहणका लागि यो वर्ष गएको १४ जनाको टोली आरोहण गर्न नसकी फर्किएको छ । आठ हजार ५८६ मिटर अग्लो यो हिमालमा आरोहणका लागि गएको टोली आठ हजार १७५ मिटर उचाइमा पुगेर फर्किएको हो । प्राविधिक समस्याका कारण सो टोली ४११ मिटर तलबाट फर्कन बाध्य भएको हो ।

आरोहणका लागि गएको तीन जना नेपाली महिला र ११ जना विदेशी टोली जेठ ३ गते चौथो बेसक्याम्प पुगेका थिए । उनीहरुले त्यहाँबाट गएर आरोहण प्रयास गरे पनि डोरी नपुगे पछि र त्यही बेला मौसममा खराबी आएपछि आरोहण गर्न नसकेको बताए । आठ हजार मिटरको चौथो क्याम्पमा १२ घन्टासम्म बस्दा पनि सम्भव नभएपछि फर्कनुपरेको आरोहण दलका संयोजक माया शेर्पाले बताउनुभयो ।

उनीहरुलाई लाने शेर्पा पनि त्यहाँ पुगेपछि बिरामी भएका थिए । टोलीले एक महिना बसेर चौथो क्याम्पसम्म डोरी टाँग्ने, क्याम्प बनाउनेलगायतको काम पूरा गरेका थिए । सन् २०१३ र १४ मा लगातार दुर्घटना भएपछि १५ र १६ मा कसैले पनि आरोहणको अनुमति मागेन । ६० वर्षको अवधिमा ११ जनाले मात्रै आरोहण गरेको र त्यही रेकर्ड एकै पटक तोडेर ११ जना आरोहण गर्न चाहेको विदेशीको दाबी थियो ।

आरोहण दलमा इजरायल, भारत, स्वीट्जरल्यान्ड, कोरिया, जापान र चीनका आरोही रहेका थिए । उनीहरु सेभेन समिट ग्रुपबाट गएका हुन् । उनीहरुलाई नुरी शेर्पाले गाईड गरेका थिए । कञ्चनजङ्घाको पूर्वी मोहडाबाट आरोहण प्रयास गरिएको थियो । थप नयाँ रेकर्डका लागि थ्री बुमेन, थ्री टप को नारा लिएर तीन जना नेपाली महिलाले पनि आरोहणको प्रयास गरेका थिए । अभियानमा ओखलढुङ्गाकी माया शेर्पा, सोलुखुम्बुकी दावा याङ्जोम शेर्पा र दोलखाकी पासाङल्हामु शेर्पा संलग्न रहेका थिए ।

उनीहरुले सर्वोच्च शिखर सगरमाथा र दोस्रो अग्लो माउन्ट केटुको यसअघि नै सफल आरोहण गरिसकेका छन् । तेस्रो तथा अन्तिम हिमालको रुपमा कञ्चनजङ्घा चड्ने उनीहरुको योजना थियो । आरोहणसँगै जलवायु परिवर्तनको सन्देश दिने उनीहरुको योजना थियो । कञ्चनजङ्घामा सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा आठ जनाको ज्यान गएको थियो । त्यसपछिका दुई वर्ष कसैले पनि आरोहण प्रयास गरेन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK