औषधि अभाव हुन नदिन निर्देशन

ENGLISH

POLITICS

औषधि अभाव हुन नदिन निर्देशन

10 January, 2017 | Krishna Adhikari | 1010 Views | comments

download-64

स्वास्थ्यमन्त्री गगनकुमार थापाले काभ्रेपलाञ्चोकमा औषधिको अभाव हुन नदिन कर्मचारीलाई निर्देशन दिनुभएको छ ।जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले धुलिखेलमा आयोजना गरेको पूर्ण खोप सुनिश्चितता कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोक जिल्लाबाट औषधिसम्बन्धी सबैभन्दा बढी उजुरी आएकाले त्यसको व्यवस्थापन स्वास्थ्य कार्यालयले गर्नुपर्ने बताउनुभयो ।

उहाँले जिल्लाको कुनै पनि स्वास्थ्य चौकीमा औषधिका बारेमा उजुरी आउन नहुनेमा जोड दिँदै भन्नुभयो, “कुन स्वास्थ्य चौकीमा औषधिको अभाव भएको हो लेखेर दिनुहोस्, २४ घन्टामा नै औषधिको आपूर्ति गरिने छ ।”

मन्त्री थापाले नेपालमा एक शिशुका लागि रु पाँच हजार बराबरको खोप खर्च भएको बताउँदै अझै थप खोप दिन सकिने जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री थापाले पूर्ण खोप सुनिश्चिताको प्रमाणपत्र काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला र जिल्ला स्वास्थ्य प्रमुख अर्जुन सापकोटालाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK