ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

ENGLISH

ओली सरकारका मन्त्रीहरु ‘रोडपति’देखि ‘करोडपति’सम्म

– यादब देवकोटा

24 May, 2018 | Sandeep Bhattarai | 8905 Views | comments

- यादब देवकोटायसपटकको मन्त्रिमण्डलका सदस्यहरुका सम्पत्ति विवरण हेर्दा प्रायः सबै करोडपति-लखपति देखिए । अरु त अरु चुनावमा एक एक रुपैयाँ चन्दा लिएको सवर्ग प्रचार गर्ने लालबाबु पण्डित समेत झण्डै झण्डै करोडपति रहेछन् । उनको सम्पत्ति विवरण हेर्दा चकित पार्नेखालको छ । एउटा थोत्रो साइकल अनि ५५ लाख रुपैयाँ बैंक मौज्दात । हो, यस्तै मन्त्रीले हो केही गर्ने । त्यति रकमले असाध्यै रोग लागेन भने जीवन गुजार्न सकिन्छ ।

प्रधानमन्त्री केपी ओली पनि करोडपति हुनुहुँदो रहेछ । करोडपति प्रधानमन्त्रीका मन्त्रीहरु पनि करोडपति नै छानिएछन् । भिखारी बन्न राजनीतिमा आएको हैन भन्नेहरुलाई यो मन्त्रिमण्डलका कतिपय सदस्यले सेठ भएरै राजनीतिमा आएको हुँ भन्ने देखाइदिएका छन् । आफ्नो गरिखानसक्ने हैसियत भएकाहरु राजनीतिमा आउनु राम्रो पक्ष हो । कम्तिमा तिनले भ्रष्टाचार कम गर्लान् भन्ने अपेक्षा हो । विश्वमा यस्तो देखिएको पनि छ । तर उदेकलाग्दो कुरा के हो भने मन्त्रिहरुले आर्जन गरेको सम्पत्तिको स्रोत खुलेको छैन । उनीहरु लामो समयदेखि राजनीतिमा सक्रिय थिए ।

अझ अर्को विडम्बनापूर्ण कुरा अधिकांश मन्त्रीहरुले आफ्नो सम्पत्ति श्रीमतीको नाममा राखेका छन् । अनि त्यो सम्पत्ति दाइजो, पेवाका रुपमा पाएको बताएका छन् । केही मन्त्रीहरु पैतृक सम्पत्तिकै कारण धनी भएका छन् ।

मन्त्रीहरूले आफ्नो धनको स्रोतमा स्वआर्जन, ऋण, श्रीमती तथा बुहारीको दाइजो, पेवा र आफ्नो पारिश्रमिकलाई देखाएका छन् तर मन्त्री नभएका बेला उनीहरूले पारिश्रमिक पाउने कुन काम गरे होलान, पार्टीले पचासौं लाख रुपैयाँ बैंक मौज्दात हुने गरी पारिश्रमिक कसरी दिन सक्यो होला ? उनीहरू कुनै विषयको ज्ञाता पनि होइनन्, वैदेशिक रोजगारीमा पनि गएका छैनन्, कुनै उद्योग पनि खोलेका छैनन् ? फेरि कहाँबाट आयो त्यत्रो धन ? के श्रीमतीको दाइजो वा पेवा, बुहारीसंग आएको दाइजोले करोडौंको जोहो हुन सक्छ ?

लौ सक्छ रे, त्यसो भए सामाजिक विभेद र समतामूलक समाजको निर्माण गर्ने भन्दै नारा लगाउने नेताहरूले बुहारीको दाइजो, पेवा वापत पनि थुप्रो सम्पत्ति लिएको सम्पत्तिको स्रोतमा खुलाउनु नैतिकताले दिन्छ ? त्यो साँचो हो भने नेपाली समाजमा कलंककै रुपमा विकसित हुँदैगएको दाइजोप्रथा निमिट्यान्न पार्नुपर्नेमा समाजका अगुवाहरू नै दाइजो लिन अग्रसर ??

सबैलाई प्रश्न उठाउन सकिंदैन र धनी मन्त्रीहरुको धनमाथि पनि आक्षेप लगाउन मिल्दैन । उदार अर्थनीति अपनाएको मुलुकमा व्यक्तिको धनमाथि प्रश्न उठाउन पाइँदैन तर कुनै पेशा व्यवसाय नगरी दुई छाक जनताको घरमा खाने नेताहरू करोडको मालिक कसरी भए भन्ने प्रश्न चाहिं उठिरहन्छ । मन्त्रीहरुले सम्पत्तिको स्रोत पनि खुलस्त पारिदिए जनता ढुक्का हुने थिए । कम्तिमा हाम्रा धनी मन्त्रीहरुले अब हामीलाई पनि धनी बनाउने काम गर्ने भए भनेर ।

हरेक वर्ष ट्रान्सपेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने प्रतिवेदनमा नेपालमा राजनीतिक दल र तिनका नेता सबैभन्दा भ्रष्ट रहेको भन्छ । यो एउटा पाटो हो अनि अर्को पाटो के पनि हो भने धन भएका सबै मन्त्रीहरूले भ्रष्टाचार गरेका छन् भन्न कदापि सकिन्न । अझ यसपटक धेरै मन्त्री नयाँ छन् । उनीहरु यसअघि त्यस्तो लाभको पदमा पुगेका थिएनन् ।

अब जिज्ञासा के उठेको छ भने– धनी मन्त्रीहरूले गरीबको पीडा बुझेर काम गर्लान् ? अनि गरीब हुँदै धनी बनेका, जो हिजो स्वयं पनि गरीब थिए उनीहरूले पनि धनको लोभ नगरी गरीब नेपालीको जीवनस्तर उठाउने प्रयास गर्लान् ? या धनमाथि धन थुपार्ने मेसोमा लाग्लान् ? चासोको विषय छ ।

हुन त प्रधानमन्त्री ओलीले “आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्न पनि नदिने” प्रतिबद्धता जनाइरहनुभएको छ । यसो भन्नुको कारण उहाँ स्वयं धनी र अधिकांश धनीलाई मन्त्री बनाउनु भएर रहेछ । सर्वहारावर्गको नेतृत्व गर्ने, गरीब, निमुखा, मजदुर, किसानको पार्टीका नेताहरू करोडौंको मालिक रहेको पाउनु खुसीकै कुरा हो । आम जनतालाई पनि त्यस्तै बनाउन उनीहरुले त्यस्तै काम गरे कति जाति ।

के यी सबै प्रपच्ज्ञ आफ्नो धन जोगाउने मेसो मात्र होइन भन्न सकिएला ? धनी हुनु अपराध होइन, धन आर्जन गर्नु पनि अपराध होइन तर फरक के मात्र हो भने त्यो धन कसरी आर्जन गरिएको छ ? यसैमा सबैको ध्यान आकृष्ट हुन्छ । र आशा पनि हुन्छ कि तीन पुस्तालाई पुग्ने सम्पत्ति भएकाहरूले पक्कै पनि जनताका लागि केही गर्लान् ।

त्यसमा पनि अहिले धनी बनेका मन्त्रीहरू भूमिगत कालमा गरीबकै जीवन बिताएका थिए, गरीबको झुपडीमा बास बसेका थिए, उनीहरूसंग मलको डोका बोकेका थिए, हलो जोतेका थिए र मकै, पीठो खाएर प्राण धानेका थिए, राजनीतिलाई अघि बढाएका थिए, निष्ठा र संघर्षको नमूना देखाएका थिए तर अहिले परिस्थिति बदलिएछ । हिजो गरीबको घरमा बास बस्नेहरू आज धनी भएछन् । अब धनी मन्त्रीले गरीब जनताका लागि केही गर्लान् कि ?

ओली क्याबिनेट

यो सरकारको नारा छ “समृद्ध नेपाल समृद्ध नेपाली” । यही नारा पूरा गर्न समृद्धशाली नेताहरुलाई मन्त्री बनाइएको छ । आशा गरौं यी समृद्धहरुले आफ्नो मात्र समृद्धिको सोपान ठड्याउनेतिर नलागेर गरीब जनाको जीवन उकास्नेन काम गरुन् । इतिहासमा अंकित हुने काम गरुन् । हातका मैला सुनका थैलो के गर्नु धनले भन्ने वाणी मनन् गरुन् । सबैको जय होस् !

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘चि मुसि चि

क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक

अमेरिकाको क्यालिफोर्नियामा नेपाली चलचित्र ‘चि मुसि चि’को सुरुवात उत्साहजनक...

बाकस

भद्रशिलाको शव यस कारण अड्कियो साउदीमा छ वर्ष

आफ्ना तीन सन्तानलाई माइतीको जिम्मा लगाई भद्रशिला श्रेष्ठ साउदी...

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK