ओमानमा नेपाली चेली निमा शेर्पा,उद्धार गरिदिन आग्रह

ENGLISH

NRN GLOBAL

ओमानमा नेपाली चेली निमा शेर्पा,उद्धार गरिदिन आग्रह

बिनेश खनाल

6 May, 2017 | Bipin Acharya | 675 Views | comments

वैदेशिक रोजगारीको लागि नेपालबाट ओमान आएकी ताप्लेजुङ माईत भएकी सांवा ५ सोलुखुम्बु की ४५ वर्षीय नेपाली चेली निमा शेर्पा पीडामा परेकी छन् ।

यसअघि ५ वर्ष जति कुवेतमा घरेलु कामदार को रूपमा काम गरेकी उनलाई नेपालबाट पठाउने मेनपावर को नाम थाहा नभए पनि यहाँ आफुलाई यसरी फसाउने एजेन्टको नाम र फोन नम्बर भने थाहा भएको शेर्पाले बताएकी छन् । उनले बताए अनुसार गोपाल ढुंगाना, रबि राई र सोनाम मगरले उनलाई पहिले नेपालबाट दुबईका लागि पठाएका थिए । दुबईमा भएकी दिपा बिक नाम गरेकी एजेन्टसंग केही दिन राखी त्यसपछि उनलाई ओमान ल्याईएको कुरा उनले बताएकी छन् ।

आफूलाई यसरी अलपत्र पार्ने एजेन्टहरुको फोन नम्बर पनि आफूसंग रहेको जानकारी शेर्पाले गराएकी छन् । आवश्यक परेको खण्डमा एजेन्टहरुको मोबाइल फोन नम्बर उपलब्ध गराउने उनले बनाएकी छन् । मलेसियामा रहने उनका १ जना आफ्न्तले फेसबुकमा उनको बारेमा राखेको पोस्टको कारण उनी डिसी नेपाल संवाददाता संगको सम्पर्कमा पुग्न सफल भयकी थिईन् ।

बिगत ८ महिनादेखि ओमान को सुब्री भन्ने ठाउँमा स्थानीय ओमानी नागरिकको घरमा कार्यरत रहेको कुरा उनले बताईन् । १ जना ओमानीको घरमा मात्रै नभई ५-५ जना उसका आफन्तहरुको घरमा उनलाई काममा लगाउने गरेको पीडित शेर्पाले बतायकी छन् ।

५-५ जनाको घरमा काम गर्दा र उनीहरुको परिवारलाई खाना पकाई खुवाउँदादा पनि उनलाई मासिक तलब जम्मा ओमानि रियल ९० मात्रै दिने गरिएको र त्यही पनि समय मै नदिइएको उनले उनले बतायकी छन् ।

तुरुन्तै नेपालस्थित घर फर्कने इच्छा भएपनि घर मालिकले त्यस बापत पैसा बुझाउनु पर्ने भन्ने गरेको दुखेसो उनको रहेको छ । उनले भनिन्- तँलाई हामीले दुबईबाट ओमानी रियाल १६०० किनेर ल्याएको र यदि फर्कन चाहेमा ओमानी रियल १००० हजार तिर्नु पर्छ ।

मोबाइल फोन चलाउन दिए पनि मोबाइलमा रिचार्ड कार्ड हाल्न नदिने भएको हुँदा अहिलेसम्म आफूले ओमानमा रहेका कुनैपनी संघ-संस्थाको सम्पर्कमा आउन नसकेको उनले बताएकी छन् । नेपाली राजदुतावास ओमानको सम्पर्क नम्बर उनले केहि केही दिन अगाडि पाएकी थिइन् ।

कसै- संग फोनमा कुरा गरेर आफ्नो दुख र आफु नेपाल फर्कन चाहेको कुरा बताएको खण्डमा जङ्गल मा लगेर कसैले थाहा नपाउने गरि मारेर फाल्ने धम्की दिएको हुनाले आफ्नो पीडा अरुलाई बताउन नसकेको पनि उनले बताएकी छन् ।

१६ वर्ष पहिले श्रीमान बितेको बताउने उनले ३ छोराहरू भएको र उनीहरुको लालनपालन तथा शिक्षाको लागि आफू बिदेशीन बाध्य भएको बताएकी छन् ।

उद्धार गरी आफूलाई नेपाल फर्काउन नेपाल सरकारलाई पहल गरिदिन उनले अनुरोध गरेकी छन् ।
निजको नम्बर ००९६८९३३१२३२७ रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK