ओमानबाट नेपाली महिलाको समस्या दिनदिनै बढेको भन्दै सरकारलाई ज्ञापनपत्र

ENGLISH

NRN GLOBAL

ओमानबाट नेपाली महिलाको समस्या दिनदिनै बढेको भन्दै सरकारलाई ज्ञापनपत्र

31 December, 2016 | Bipin Acharya | 700 Views | comments

press-release-325x433ओमानमा स्थापना भएका चार बैचारिक संस्था चार बैचारिक संघसंगठनद्वारा नेपाली एम्बेसी ओमान मार्फत ज्ञापनपत्र बुझाइएको छ ।

नेपाली जनप्रगतिशिल मंच ओमानका अध्यक्ष पदम प्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल प्रवासी नेपाली मञ्च ओमानका अध्यक्ष गगन कार्की र ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतद्वारा संयुक्त हस्ताक्षर गरि उक्त ज्ञापनपत्र बुझाइएको हो ।

सोे ज्ञापन पत्रमा भनिएको छ, ‘नेपाल सरकारले वैदेशिक रोजगारको क्रममा महिलाहरुलाई घरेलु कामदारको रूपमा खाडीमा आउन प्रतिबन्ध लगाएता पनि अवैधानिक बाटो प्रयोग गरि महिलाहरु ओसारपसार गर्ने काम तीब्र रूपमा चलि नै रहेको छ । जसका कारण खाडीमा घरेलु कामदार महिलाहरुको समस्याहरु दिनप्रती दिन बढ्दो छ ।

तसर्थ, ओमानमा स्थापित चार सामाजिक संघसंगठनहरुको साझा मोर्चा संयुक्त बैचारिक सम्यन्त्रद्वारा प्रवासमा घरेलु महिला कामदारहरुको समस्या प्रती नेपाल सरकारको गम्भीरता पुर्वक ध्यानाकर्षण गराउनको लागि नेपाली राजदूतावास मार्फत यो एक बुँदे ज्ञापन(पत्र पेश गरिएको छ ।

१० घरेलु कामदारको रूपमा खाडीमा आएका महिलाहरुको हकमा नेपाल सरकारले जुनसुकै नीति नियमहरु लागू गरेतापनि महिलाहरुको समस्यामा कुनैपनि कमि आएको देखिदैन ।

पछिल्लो समयमा अवैधानिक बाटो हुदै सेटिङमार्फत महिलाहरुलाई दलालहरुले भारत, श्रीलंकाका हुँदै दुबई,कतार र कुवेत पुर्याएर मोटो कमिसनमा ओमानमा समेत बेचबिखन हुँदै आएको छ । यस्को निम्ति सरकारले कडा कदम चाल्न नसक्नाले अहिले महिलाहरुको समस्या र पीडा थप जटिल बन्दै गएको छ ।

कयौं महिलाहरु घर मालिकको अमानवीय यातनाले प्रताडित छन । कतिपय महिलाहरु रातदिन नभनी बिना तलब महिनौंसम्म नै काम गर्न बिवश छन् भने घर मालिकको निर्मम यातनाले मृत्यु भएको घटना समेत घटेको पाईन्छ ।

तसर्थ आगामी दिनमा घरेलु कामदार महिलाहरुलाई सरकारको नै संरक्षकत्वमा सरकारी निकाय मार्फत नै ब्यवस्था भएमा मात्र महिलाहरुको सुरक्षा र समस्याको न्यूनीकरण गर्न सकिन्छ भन्ने हाम्रो ठहर छ ।

त्यसैले यस बिषयमा सरकारले कडाई पुर्वक कदम चाल्दै दलालहरुको यी गैरकानुनी क्रियाकलाप पूर्ण रूपमा नियन्त्रण गर्न र कुनै एजेन्ट, दलाल वा मेनपावर मार्फत नभई सरकार मार्फत मात्र महिलाहरुलाई उचित तलब संरक्षणमा पठाउने ब्यवस्था गर्न यसै ज्ञापन(पत्रमार्फत नेपाल सरकार समक्ष जोड्दार माग गर्दछ ।’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कोरियन साडी

तिज गीत “कोरियन सारी ” सार्वजनिक (भिडियो सहित)

नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको पूर्व सन्ध्यामा गीत...

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

एनसिसि जाम्वियाद्वारा आवास गृहलाई सहयोग

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जाम्वियाले एमटेनडेरे वेस्ट(...

समर पिकनिक

कोलोराडोमा समर पिकनिक सम्पन्न

अमेरीका स्थित कोलोराडोमा रहेका नेपालीहरुबीच भेटघाट र एक आपसमा...

मोना कतारद्वारा स्मार्ट टिभी सहयोग

बेनी, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित पर्यटक सूचना...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK